Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन

डेक्स

डेक्स

बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन
ADVERTISEMENT


नेपालगञ्ज । बाँकेको विभिन्न १२ सामुदायिक वनमा दिगो वन व्यवस्थापन सुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम सुरु भएको छ ।

जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ। वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने छ ।

वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । विसं २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको दिगो वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।

वन व्वस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम सुरु भएको छ । जय दुर्गा भवानी सामुदायिक वनमा तीन सय ७४ रुख कटान हुने र १५ हजार चार सय २७ दशमलव छ क्युफिट काठ र ४५ दशमलव ७८, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिमा तीन सय २५ रुख कटान हुने र १५ हजार छ सय ९२ दशमलव ३२ काठ र ४९ दशमलव ९९ क्युफिट काठको व्यवस्थापन हुनेछ ।

हरलाफाँटा सामुदायिक वनमा ९४ रुख कटान हुने तीन हजार ९७६ दशमलव ६१ क्युफिट काठ र ११ दशमलव ६२ क्युफिट, सिद्धसाई कुमारी समुदायिक वनमा एक सय ३८ रुख कटान हुने छ हजार ३५ दशमलव ५२ क्युफिट काठ र १७ दशमलव सात क्युफिट तथा जनकल्याण सामुदायिक वनको एक सय ३९ रुख कटान हुने आठ हजार २५१ दशमलव ६० क्युफिट काठ र ३० दशमलव ३० क्युफिट दाउरा निस्कने बताइएको छ ।

यस्तै लालीगुराँस सामुदायिक वनको दुई सय १८ रुखको कटान हुने ११ हजार एक सय दुई दशमलव २२ क्युफिट काठ र ३६।६३ दाउरा, मधुवन सामुदायिक वनको एक सय ६० रुख कटान हुने छ हजार पाँच सय ४० दशमलव ३३ क्युफिट काठ र २० दशमलव २२ क्युफिट दाउरा, त्रिशक्ति सामुदायिन वनको दुई सय दुई रुख कटान हुने र आठ हजार पाँच सय ९५ दशमलव ९२ क्युफिट काठ र २८ दशमवल ६९ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । अशोक सामुदायिक वनको तीन सय १५ रुख कटान हुने १४ हजार एक सय २९ क्युफिट काठ र ३५ दशमलव ३० क्युफिट दाउरा निस्कनेछ ।

जनमुखी सामुदायिक वनको दुई सय ९७ रुख कटान हुने २२ हजार ८३ दशमलव ७६ क्युफिट काठ र ७३ दशमलव ५१ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । हरियाली सामुदायिक वनमा दुई सय ३४ रुख कटान हुने १३ हजार नौ सय ८४ दशमलव ९० क्युफिट काठ र ४१ दशमलव ९७ क्युफिट दाउरा उत्पादन हुनेछ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार दिगो  वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…