Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु

डेक्स

डेक्स

मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु
ADVERTISEMENT

नेपालगञ्ज । संसदबाट दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गर्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुने सत्ता साझेदार दलहरुले बताएका छन् । मन्त्रालय भागवण्डामा केन्द्रीत बनेका सत्ता साझेदार दलहरुले अब केही दिन भित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

संसद्‍मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ ।

सत्ता गठबन्धनमा धेरै दल रहेकाले सहजताका लागि प्रधानमन्त्रीले उनीहरुको संसद्मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव गर्नुभएको हो । आजदेखि सुरु हुने सत्ता साझेदार दलको बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पनि दुई चार दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा नयाँ राजनीतिक समिकरण बनेसंगै एमाले र राप्रपा सरकार वाट बाहिरिएका थिए । सरकार बनेको दुई महिनामै गठबन्धन भत्किएपछि प्रधानमन्त्रीलाई मन्त्रलायको भार थपिएको थियो । एमाले र राप्रपा सरकारबाट बाहिरीएसंगै उनीहरुले नेृतत्व गरेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आउनुभएको छ ।

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…