Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित

डेक्स

डेक्स

तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित
ADVERTISEMENT

डुडुवा (बाँके), १८ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन । 


गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत कार्यरत सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका छन । आज एक कार्यक्रमका विच कर्मचारीको तर्फबाट स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा गाउसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई चरणबद्ध दबाबका कार्यक्रमसंगै ज्ञापन पत्र बुझाउनुभयो । 


तलब भत्ताको व्यवस्था नभएपछि उनीहरुले यही मसिंर २२ गतेदेखि २३ गतेसम्म आकस्मिक सेवा बाहेक अन्य सेवा ओपिडी बन्द गर्ने र मसिंर २४ गतेदेखि आकस्मिक सेवा बाहेक पुर्ण रुपमा स्वास्थ्य सस्था वन्द गरि गाउँपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम ज्ञापनपत्रमा उल्लेख गरेका छन । करिब ८४ जना स्वास्थ्यकर्मीहरुद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझदै सदस्य सचिव पौडेलले गाउँसभा संचालन नभएर सेवा सुविधा ठप्प भएको स्वीकारदै सम्पुर्ण कर्मचारीहरुको काम गरेवापतको सुविधा पाउने अधिकार रहेको भन्दै यो विषयमा जनप्रतिनिधीहरुले गम्भीरका साथ लिनुपर्नेमा जोड दिदै यो विषयलाई गाउँसभा अध्यक्षमार्फत पेश गर्ने बताउनुभयो । 


चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो । 


कर्मचारीहरुले तलब नपाउदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारी हेमन्त शर्माले बताउनुभयो । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन । केही दिन अघि शिक्षकहरुको समुहले ध्यानाकषर्ण गराएको छ । नेपाल शिक्षक महासंघ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता तथा छात्रवृत्ती, दिवाखाजा जस्ता नियमित वजेट विद्यालयमा २०७९ श्रावण महिनादेखि निकाशा नभएको र सो को कारण शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलव नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिति सृजना भएकोले सोको पहलका लागि आग्रह गरिएको छ । 


गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उहाँले भन्नुभयो “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन, निकास नदिंदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन, स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन यसको जिम्मेवारी कसले लिने ।” जनताका सेवा गर्ने प्रतिबद्धताका साथ निर्वाचित जनप्रतिनिधीहरु अहिले आएर बहुमतको दम्भ देखाएर गाउँसभा नै गर्न नदिएको यो कहासम्मको नैतिकता भएको उहाँले प्रश्न गनुभयो ? अध्यक्ष चौधरीले आफु अनुकुल र कानून विपरितको निर्णय गर्न लगाउने कार्य गलत भएकोले र जनताको विपक्षमा गएर कहिले पनि गलत निर्णय नलिने स्पष्ट पार्नुभयो । 


समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डरप्रक्रिया समेत अवरुद्ध हुदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थितभएर छलफल प्रक्रियामै सहभागि नभएकाले सभा अन्यौलमा परेको छ ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…