Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

‘जनताले मलाई मात्र होइन, कांग्रेसलाई नै जिताउँछन्’ हमाल

डेक्स

डेक्स

‘जनताले मलाई मात्र होइन, कांग्रेसलाई नै जिताउँछन्’ हमाल
ADVERTISEMENT

खेलकुद र राजनीतिलाई सँगसँगै अगाडी बढाएका नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर हमाल बाँकेको प्रदेशसभा–२ (२) बाट यतिबेला चुनावी मैदानमा होमिएका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका उनी मन्त्रीको जिम्मेवारी सम्म पुगे । सांसद र मन्त्री भएर आफ्नो क्षेत्रको विकासमा हमालले थुप्रै कामहरु पनिगरे । आफुले गरेका कामको आधार र अबगर्न बाँकी रहेका कामलाई पूरा गर्न अहिले पुनःउम्मेदवार बनेको बताउने हमालसँग गरिएको संवाद ः–

तपाई थुप्रै ठाउँमा पुगेर मतदातालाई भेंट्नु भयो, कस्तो प्रतिक्रिया पाउनु भयो ?
राम्रो प्रतिक्रिया पाएँ । मतदाताहरुले नेपाली कांग्रेसप्रति राम्रो प्रतिक्रिया दिरहनु भएको छ । आउने सरकार पनिअब नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनकै बन्ने हो । त्यसैले गठबन्धनलाई नै जिताउनु पर्छ भन्ने आम जनताको धारणा मैले बुझेको छु । 

मतदाताको सुझाव र प्रतिक्रियाले तपाईंलाई कस्तो अनुभूति भयो ?
म एकदमै उत्साहित छु । मतदाता आफैले त्यत्रो सिटमा कांग्रेस लडेको छ, देशभरी कांग्रेसको संगठन छ ।चुनावत तपाईंले जित्नुहुन्छ भनेर सुनाउने कुराले हामी नेपाली कांग्रेसका सबै उम्मेदवार उत्साहित छौं । 

के–कस्ता एजेण्डा लिएर जनतामाझ जानु भएको छ ?
हाम्रो एजेण्डा संकल्प–पत्रमार्फत् सार्वजनिक भइसकेको छ । शिक्षा, स्वास्थ्य, आम नागरिकका जीवनस्तर सुधार, विकास–निर्माण, पर्यटन, खेलकुद लगायत सबै क्षेत्रलाई समेटेर गर्ने कामबारे सम्भवहुने कुरा नै गरेका छौँ । बोलेका वाचा पूरा गर्नु पनि पर्छ । 

२०७४ सालमा तपाईंले चुनाव जित्नु भएको थियो । सांसद र मन्त्री हुँदा के–के काम गर्नुभयो ?
मैले गरेका कामहरु मैले सार्वजनिक गरिसकेको छु । सडक, नाली, निर्माण र मर्मत सुधार, सिंचाइ, हाइमास्ट, ट्राफिक लाइट जडान आदि मार्फत् बजेट विनियोजन भएको छ । जे–जति बजेट आफ्नो क्षेत्रमा ल्याएर खर्च गरेको छु, इमान्दारीसाथ सार्वजनिक गरेको छु । जनताले पुनःअवसर दिएमा आफ्नो क्षेत्रमा नागरिकसँग प्रत्यक्ष भेंटी आवश्यकता लाई प्राथमिकीकरण गर्दै निर्माण–विकास र अन्यपक्षमा काम गर्न अग्रसर रहनेछु ।

तपाईले पुनःचुनाव जित्ने आधार के हो ?
मैले चुनाव जित्ने आधार भनेको म माथि कुनै त्यस्तो आर्थिक अनियमितताको आरोप लागेको छैन । कसैसँग एक पैसा घुस खाएको छैन । सबैको काम गर्ने प्रयत्न गरेको छु । सबैको जनप्रतिनिधी भएर काम गरेको छु । त्यसकारण जनताको रोजाइँमा म पर्नेछु भन्ने मलाई पूर्ण विश्वास छ ।

आफ्नो क्षेत्रका आम मतदातालाई थप केही भन्न चाहनु हुन्छ ?
सम्पूर्ण मतदाताहरु कहाँ म घरदैलो गर्दा जसरी उहाँहरुको म लगायत नेपाली कांग्रेस माथि अगाध स्नेह र विश्वास राखेको पाएको छु, एक पटक फेरि उहाँहरुले मतदान गरेर अत्यधिकमतले विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । 
 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…