Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

‘जनताले मलाई मात्र होइन, कांग्रेसलाई नै जिताउँछन्’ हमाल

डेक्स

डेक्स

‘जनताले मलाई मात्र होइन, कांग्रेसलाई नै जिताउँछन्’ हमाल
ADVERTISEMENT

खेलकुद र राजनीतिलाई सँगसँगै अगाडी बढाएका नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर हमाल बाँकेको प्रदेशसभा–२ (२) बाट यतिबेला चुनावी मैदानमा होमिएका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका उनी मन्त्रीको जिम्मेवारी सम्म पुगे । सांसद र मन्त्री भएर आफ्नो क्षेत्रको विकासमा हमालले थुप्रै कामहरु पनिगरे । आफुले गरेका कामको आधार र अबगर्न बाँकी रहेका कामलाई पूरा गर्न अहिले पुनःउम्मेदवार बनेको बताउने हमालसँग गरिएको संवाद ः–

तपाई थुप्रै ठाउँमा पुगेर मतदातालाई भेंट्नु भयो, कस्तो प्रतिक्रिया पाउनु भयो ?
राम्रो प्रतिक्रिया पाएँ । मतदाताहरुले नेपाली कांग्रेसप्रति राम्रो प्रतिक्रिया दिरहनु भएको छ । आउने सरकार पनिअब नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनकै बन्ने हो । त्यसैले गठबन्धनलाई नै जिताउनु पर्छ भन्ने आम जनताको धारणा मैले बुझेको छु । 

मतदाताको सुझाव र प्रतिक्रियाले तपाईंलाई कस्तो अनुभूति भयो ?
म एकदमै उत्साहित छु । मतदाता आफैले त्यत्रो सिटमा कांग्रेस लडेको छ, देशभरी कांग्रेसको संगठन छ ।चुनावत तपाईंले जित्नुहुन्छ भनेर सुनाउने कुराले हामी नेपाली कांग्रेसका सबै उम्मेदवार उत्साहित छौं । 

के–कस्ता एजेण्डा लिएर जनतामाझ जानु भएको छ ?
हाम्रो एजेण्डा संकल्प–पत्रमार्फत् सार्वजनिक भइसकेको छ । शिक्षा, स्वास्थ्य, आम नागरिकका जीवनस्तर सुधार, विकास–निर्माण, पर्यटन, खेलकुद लगायत सबै क्षेत्रलाई समेटेर गर्ने कामबारे सम्भवहुने कुरा नै गरेका छौँ । बोलेका वाचा पूरा गर्नु पनि पर्छ । 

२०७४ सालमा तपाईंले चुनाव जित्नु भएको थियो । सांसद र मन्त्री हुँदा के–के काम गर्नुभयो ?
मैले गरेका कामहरु मैले सार्वजनिक गरिसकेको छु । सडक, नाली, निर्माण र मर्मत सुधार, सिंचाइ, हाइमास्ट, ट्राफिक लाइट जडान आदि मार्फत् बजेट विनियोजन भएको छ । जे–जति बजेट आफ्नो क्षेत्रमा ल्याएर खर्च गरेको छु, इमान्दारीसाथ सार्वजनिक गरेको छु । जनताले पुनःअवसर दिएमा आफ्नो क्षेत्रमा नागरिकसँग प्रत्यक्ष भेंटी आवश्यकता लाई प्राथमिकीकरण गर्दै निर्माण–विकास र अन्यपक्षमा काम गर्न अग्रसर रहनेछु ।

तपाईले पुनःचुनाव जित्ने आधार के हो ?
मैले चुनाव जित्ने आधार भनेको म माथि कुनै त्यस्तो आर्थिक अनियमितताको आरोप लागेको छैन । कसैसँग एक पैसा घुस खाएको छैन । सबैको काम गर्ने प्रयत्न गरेको छु । सबैको जनप्रतिनिधी भएर काम गरेको छु । त्यसकारण जनताको रोजाइँमा म पर्नेछु भन्ने मलाई पूर्ण विश्वास छ ।

आफ्नो क्षेत्रका आम मतदातालाई थप केही भन्न चाहनु हुन्छ ?
सम्पूर्ण मतदाताहरु कहाँ म घरदैलो गर्दा जसरी उहाँहरुको म लगायत नेपाली कांग्रेस माथि अगाध स्नेह र विश्वास राखेको पाएको छु, एक पटक फेरि उहाँहरुले मतदान गरेर अत्यधिकमतले विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…