Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

उपसचिव हिरादेवी पौडेलको सीडीओसम्मको यात्रा

डेक्स

डेक्स

उपसचिव हिरादेवी पौडेलको सीडीओसम्मको यात्रा
ADVERTISEMENT

तारा वाग्ले 

घर गरेर खाने तथा सासूससुरालाई सघाउने जिम्मेवारी सहित मध्यमवर्गीय परिवारमा बेहुली बनेर भित्रिनु भएकी उपसचिव हिरादेवी पौडेल अन्तत सरकारको कर्मचारी बनेर नागरिकको सेवामा खटिनुभएको छ। घरमा काम गर्न बुहारीको आवश्यकता पर्‍यो भन्दै माग्न आएपछि बिहे गर्नुपरेको बताउँदै पौडेल भन्नुहुन्छ –‘तर पढाइ पूरा गर्न पाउनुपर्ने  शर्तमा बिहे गरेकोले घरमै सीमित हुन भने परेन।‘’  लमजुङबाट एसएलसी सकेपछि बिहे गर्नुभएकी पौडेललाई केही समय भने घरायसी काममा नै अल्झिनु पर्‍यो। ढिकी जाँतो र मेलापात गर्दागर्दै बचेको समय लुकिलुकी पढाईमा लगाउनुभएकी हिराले अन्तत आफ्नो लक्ष्य पाएरै छोड्नुभयो।  हाल राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिवका रुपमा कार्यरत हिरादेवी पौडेलले २०६३ सालमा खुला प्रतियोगिताबाट शाखा अधिकृत हुनुभएको थियो। निजामती सेवामा प्रवेश गरेपछि कम्प्युटर अपरेटर देखि सीडीओ सम्मका अनुभव सँगाल्नुभएको छ हिराले। यस क्रममा समेटेका अनुभवहरू उहाँकै शब्दमाः

काम गरिरहेको बेला लुकिलुकी पढेँ

जन्मघर र कर्मघर दुवै लमजुङ हो मेरो। मैले एसएलसी सम्मको पढाई लमजुङबाटै गरेको हो। त्यसपछि त बिहे भयो। त्यसबेला छोरीलाई धेरै पढाउने चलन थिएन। घर धान्ने मान्छे चाहियो भन्दै बिहे गर्न चाहानेहरू धेरै नै हुन्थे। मलाई  पनि काम गरेर घर धान्ने बुहारी चाहिएको छ भन्दै माग्न आए। मलाई मेरो बुबाले पढ्न दिनुपर्ने शर्त राखेर बिहे गरिदिनुभयो। बिहेपछि बुबाले नै पढाउनुभयो। पढाइप्रति सानैदेखि रुचि भएकोले पढाइका लागि सबै बन्दोबस्त  मिलाउथेँ। बिरेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेँ। घरमा त मैले काम मात्र गर्नुपर्ने बाध्यता थियो। श्रीमानको जागिर काठमाडौँमा भएकोले बिहेपछि काठमाडौँ नै फर्किनुभयो। म भने घरको जिम्मेवारीका कारण काठमाडौँ आउन पाइन।  म घरको जेठी बुहारी। जिम्मेवारी पनि धेरै नै थियो। जसको कारण केही समय घरमै रुमल्लिनु परे पनि पढ्ने र केही गर्ने रहर मार्न सकिन। पछि नियमित कलेज नगईकन बिए सम्मको पढाइ पूरा गरेँ। श्रीमान काठमाडौँबाट घर आउँदा मेलै पढ्ने किताब तथा गाइड ल्याइदिनुहुन्थ्यो। सानोमा मलाई नर्सिङ पढ्ने रहर थियो। पढ्न भनेर निकै कोशिस गरेँ तर मिलेन। त्यतिबेला छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्श भन्ने प्रवृति थियो।  नर्सिङ पढ्न नपाएपनि गणित र अर्थशास्त्र लिएर पढेँ।  जनप्रशासनमा स्नातकोत्तर गरेँ।

जाँतो दल्दै पढ्दै गर्दा सासुको मन पग्लियो

काम गरिरहेकाको बेला लुकिलुकी पढ्ने हुँदा मैले पढेको कुरा घरमा कसैलाई थाहा थिएन। एक दिन राती कौशीमा जाँतोमा मकै पिनिरहेको थिएँ। एक हातले जाँतो घुमाउँदै अर्को हातमा किताब लिइ पढिरहेकी थिएँ। त्यसैबेला मेरी सासूआमा कौशीमा किन उज्यालो छ भनेर हेर्न आउनुभएको रहेछ। पछाडिबाट मैले जाँतो दल्दै पढ्दै गरेको देखेपछि ससुरासँग सल्लाह गरी मेरो पढ्ने रहर अनुसार मलाई काठमाडौँ पढ्न पठाउने निर्णय गर्नु भएछ।  घरमा काम सघाउन माइली बुहारी ल्याउने र मलाई काठमाडौँ  पढ्न पठाउने सासूससुराको निर्णयपछि म पनि काठमाडौँ आएर पढ्न पाएँ। काठमाडौँ आएपछि मेरो पढाइ मात्र होइन निजामती सेवातर्फको यात्रा पनि शुरु भयो। मैले कम्प्युटरको तालिम लिएर अपरेटरको पदबाट निजामती सेवामा प्रवेश गरेँ।

बच्चालाई पर्याप्त समय दिन सकिन

म काठमाडौँ आएर पढ्न थालेपछि श्रीमानको मात्र कमाइले परिवार चलाउन कठिन नै हुन्थ्यो। आर्थिक रुपमा सबल हुन मैले पनि मैले पनि जागिर नखाई हुँदैन भन्ने सोचेर आफूलाई सीपयुक्त बनाउन कम्प्युटरको तालिम लिन गएँ। त्यतिबेला मेरो बच्चा ४ वर्षको थियो। हेरविचार गर्ने कोही थिएन। मैले पनि तालिम लिएर जागिर खोज्नु निकै खाँचो थियो। बच्चालाई पर्याप्त समय पनि दिन पाउँथिन्। यस्ता संघर्ष र बाध्याताहरूका  बिच ३ महिनासम्मको तालिम लिएपछि कम्प्युटर अपरेटर भएकी थिएँ। एकल परिवारमा बस्ने तथा परिवारको सहयोग नपाउने महिलाले कार्यालयको जिम्मेवारी पूरा गर्न जाँदा पनि बच्चालाई कि त सँगै लग्नुपर्ने कि त अरुको भरमा वा एक्लै छोड्नुपर्ने अवस्था छ। महिलालाई हरेक क्षेत्रको उच्च तहसम्म पुर्याउन परिवारको सहयोग निकै जरुरी हुन्छ। मैले परिवार तथा श्रीमानको सहयोग पाएकै कारण अनेकन चुनौति भएपनि लोकसेवा आयोगको तयारी पनि जारी राखेँ। फलस्वरुप २०६३ सालमा शाखा अधिकृत भएँ। त्यसपछि मुस्ताङको जिल्ला निर्वाचन कार्यालयमै गएर सेवा गरेँ। त्यसपछि ३ वर्ष दुबईमा श्रम सहचारीको जिम्मेवारी निर्वाह गरेँ।

 महिला सीडीओको यात्रा

दश वर्ष अधिकृतको रुपमा विभिन्न निकायमा रहेर कार्य गरेपछि २०७३ सालमा मेरो उपसचिवमा बढुवा भयो। रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकृतको रुपमा ५ महिना रसुवामा  काम गरेपछि  सीडीओ कै रुपमा भोजपुर सरुवा भयो। १ वर्ष त्यहाँ कार्यरत रहेपछि फेरि मुस्ताङमा पनि सीडीओ कै जिम्मेवारी पाएँ। ५ महिनासम्म मुस्ताङमा सेवा गरेपछि सरुवा भएर राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छु।  एक महिलाको लागि दोहोरो तेहरो जिम्मेवारी पूरा गरेर सफल हुन निकै संघर्ष गर्नुपर्छ। पुरुषलाई जति सजिलो छैन। पहिले त आफ्नो करियर बनाउन र वृत्तिविकास गर्न नै विभिन्न समस्यासँग जुध्नुपर्छ। घरायसी दायित्व महिलाकै काँधमा हुने भएकोले वृति विकास तथा अवसरमा पनि महिलाहरू पछाडि पर्छन्।

आफ्नो क्षमता र योग्यता सिद्ध गरेर कुनै नीति निर्माणको तहमा स्थापित भैसकेपछि पनि सेवाग्राहीबाट विश्वास पाउन र आफू माथिल्लो तहलाई क्षमता प्रमाणित गर्न पनि उत्तिकै गाह्रो हुन्छ।  एउटा उदाहरण- म रसुवाको सीडीओ भएको बेला कार्यालयतर्फ जाँदै थिएँ। बाटोमा केही युवाहरूले मलाई सरकारी गाडीमा देखेर दंग परेका थिए।  को आएर भनेर हेरेका थिए। सीडीओ हो भन्ने चिनेपछि महिला पनि कतै सीडीओ हुन्छन् भनेर आपसमा बहस गरिरहेका थिए। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…