Pairabi logo

साउन १५, २०८३, शुक्रबार                    

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

डेक्स

डेक्स

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्
ADVERTISEMENT

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । अब्बल राजनीतिक संस्कारमा हुर्किएका शुधान्सु मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए ।

नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो-बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् । 

बुवा स्वर्गीय डा. अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसले आमाबुवा दुबैले बाँके कांग्रेसको नेतृत्व गरेको हेरे, अनुभूत गरे र त्यही पदचापलाई पछ्याउँदै राजनीतिक रुपमा अघि बढे । बैंकका जागिरे कोइराला पारिवारिक राजनीतिक लय समाउँदै 'पूर्णकालीन राजनीतिक' मैदानमा होमिएका हुन् ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको सरकारको नेतृत्व तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले सम्हालेपछि उनी सचिवालयमा खटिए । त्यहीँबाट राजनीतिक उडान भरेका कोइराला निरन्तर अघि बढिरहेका छन् । सुरुमा तरुण दलमा आबद्ध कोइरालाको लोकप्रियता १३औं महाधिवेशनमा मापन भयो, जसबाट उनी सर्वाधिक लोकप्रिय मतका साथ जिल्ला कार्यसमितिमा प्रवेश भए ।

जिल्ला सदस्य भएपछि नेता कार्यकर्तासंगको सम्बन्ध र सम्पर्कलाई मूल मन्त्र बनाएर अघि बढेका कोइराला १४औं महाधिवेशनमा सचिव निर्वाचित भए । त्यसपछि उनको राजनीतिक एवम् सांगठनिक गति अझ तेज बनेर गयो । 

तरुण दलको पार्षद बनेर अघि बढेका शुधान्सु अब नेपालगञ्ज र डुडुवाको स्वर्णीम भविष्य कोर्न जनप्रतिनिधि बन्ने हुटहुटीका साथ प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ अनुहारका रुमपा उनी आएका छन् ।

नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित सुधारिएर आएपछि कोइराला जस्ता थुप्रै युवा नेताहरुले पनि अवसर पाएका छन् । अग्रजलाई सम्मान र अनुजलाई प्रेमभाव प्रकट गर्न सिपालु कोइराला नेपालगञ्ज क्षेत्रका सम्भावना बोकेका जुझारु नेता हुन् ।

बेदाग कोइराला संस्कारी त छन् नै, आत्मविश्वासी पनि छन् । समाजशास्त्रमा स्नातकोत्तर कोइराला संसदीय राजनीतिको अनुभव बटुल्दै जनसेवाको दायरालाई फराकिलो बनाउन जनतामाझ छन् । वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेका अध्यक्ष समेत रहेका कोइराला नेपालगञ्ज र डुडुवाको विकास र समृद्धिमा आफ्नो राजनीतिक भविष्य देख्छन् । 

जनतालाई जनार्दन ठान्ने कोइराला जनताको सुखदुःखमा सधैं संगसंगै हुन्छन् । "मलाई विश्वास छ, मतदाताले मलाई रोज्नुहुन्छ, मलाई रोज्दा उहाँहरुलाई पछुतो हुनेछैन, जनताको विश्वास र भरोसा टुट्न दिँदैन" ।

उन्नत लोकतन्त्र र संविधानका लागि साढे सात दशकदेखि निरन्तर लड्दै आएको ऐतिहासिक र जिम्मेवार पार्टीको एक सदस्य हुन पाउँदा आफू गौरबान्वित भएको कोइराला बताउँछन् । स्वर्गीय सुशील कोइरालाको निष्ठा र इमानयुक्त राजनीतिक पुँजीले सिञ्चित परिवारको सदस्य हुनुमा पनि उनी गौरब गर्छन् ।

शुधान्सु भन्छन्, "सुशील बुवाको निर्वाचन क्षेत्रमा चुनाव लडेर जनताको सेवक बन्ने अवसर पाएको छु, आम मतदातालाई किञ्चित निराश बनाउँदैन ।" सामाजिक र सांस्कृतिक क्रियाकलापहरुमा सहजै सरिक हुने कोइराला क्षेत्र नम्बर २ बासीका लागि नयाँ नाम होइन ।

ताजा

सबै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदी (बाँके) १३ साउन । राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज ९बाँके०, १३ साउनः बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जना…

दुई संस्थाविच उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक

बर्दिया साउन १२ । बाँके युनेस्को क्लब, राधाकृष्ण जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल ने…

लोकप्रिय

सबै

डुडुवामा भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य सुरु

डुडुवा (बाँके), ११ साउन । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुक…

राप्ती नदी सिधनियाघाटमा २४औँ संस्करण गंगा महाआरतीको तयारी

डुडुवा (बाँके) १२ साउन । बाँकेको राप्ती नदी सिधनियाघाटमा भोली बुधबार २४औँ संस्करण…

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदी (बाँके) १३ साउन । राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको…

दुई संस्थाविच उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक

बर्दिया साउन १२ । बाँके युनेस्को क्लब, राधाकृष्ण जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल ने…

यो पनि

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण …

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा…

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । …