Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो

सम्वाददाता

सम्वाददाता

बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो
ADVERTISEMENT

नेपालगन्ज ३१ भदौ । बाँके जिल्लामा अधिकांस खानेपानी आयोजना अधुरो रहेको छ । निर्माणाधिन आयोजना मध्ये ४÷५ वटा आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ । 
    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख तिलक न्यौपानेका अनुसार यसवर्षको अन्तिमसम्म कम्तिमा ८÷१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । उपभोक्ताको मागको आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरु थपिँदा समस्या भएको उहाँले भन्नुभयो । 
    धेरै वर्षदेखि खानेपानीमा काम गरेपनि बाँकेमा थुप्रै चुनौतीहरु रहेकाले यी आयोजनाहरुले पूर्णता पाउन नसकेको भन्दै प्रमुअ न्यौपानेले भन्नुभयो,–‘वर्षेनी बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनमा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ । माग बढ्दो छ, यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्याउने लक्ष्य पुरा हुन गाह्रो छ ।’ 
    आफूहरुले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए । योजनाको संख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधिन रहेको छ ।


    जिल्लामा १५ प्रतिशत घरधुरीले पाईप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका अनुसार, जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् । बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्याण्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन् । सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्याउने दीगो विकास लक्ष्य राखिएको छ । बाँकेमा त्यो लक्ष्य समयमा पूरा हुनेमा आशंका बढेको छ । 
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जले जिल्लामा ७५ वटा खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ । गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भयो । योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तीले समयमा काम हुन सकेको छैन ।
–––
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…