Pairabi logo

असोज १८, २०८३, आइतबार                    

बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो

सम्वाददाता

सम्वाददाता

बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो
ADVERTISEMENT

नेपालगन्ज ३१ भदौ । बाँके जिल्लामा अधिकांस खानेपानी आयोजना अधुरो रहेको छ । निर्माणाधिन आयोजना मध्ये ४÷५ वटा आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ । 
    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख तिलक न्यौपानेका अनुसार यसवर्षको अन्तिमसम्म कम्तिमा ८÷१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । उपभोक्ताको मागको आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरु थपिँदा समस्या भएको उहाँले भन्नुभयो । 
    धेरै वर्षदेखि खानेपानीमा काम गरेपनि बाँकेमा थुप्रै चुनौतीहरु रहेकाले यी आयोजनाहरुले पूर्णता पाउन नसकेको भन्दै प्रमुअ न्यौपानेले भन्नुभयो,–‘वर्षेनी बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनमा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ । माग बढ्दो छ, यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्याउने लक्ष्य पुरा हुन गाह्रो छ ।’ 
    आफूहरुले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए । योजनाको संख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधिन रहेको छ ।

    जिल्लामा १५ प्रतिशत घरधुरीले पाईप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका अनुसार, जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् । बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्याण्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन् । सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्याउने दीगो विकास लक्ष्य राखिएको छ । बाँकेमा त्यो लक्ष्य समयमा पूरा हुनेमा आशंका बढेको छ । 
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जले जिल्लामा ७५ वटा खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ । गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भयो । योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तीले समयमा काम हुन सकेको छैन ।
–––
 
ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…