Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

हुलाकी सडकको स्तरोन्नतीको पुर्वाधार मन्त्रीद्धारा शिलान्यास

सम्वाददाता

सम्वाददाता

हुलाकी सडकको स्तरोन्नतीको पुर्वाधार मन्त्रीद्धारा शिलान्यास
ADVERTISEMENT

नेपालगन्ज २९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनुभएको छ । आज नन्दनी मिल नजिकै नेपालगन्ज गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको जानकारी दिनुभयो । 


यो सडक खण्डको भूगोलमा जोडिएका बाँके बर्दियाका जनप्रतिनिधिहरूको दबाब र घच्घच्याइले यो आयोजना ल्याउन सफलता मिलेको मन्त्री राईको भनाई थियो । वहाँले यो कामको श्रेय पनि आफूले उनै जनप्रतिनिधिहरूलाई दिन चाहेको पनि बताउनुभयो । ‘यसको श्रेय मलाई दिनु पर्दैन । संजय गौतम जी, डम्बर जी, प्रशान्त जी, बढैयातालका प्रमुख सबैले चासो राखेर नै यो काम हुन सकेको हो’, मन्त्री राईले भन्नुभयो, आयोजनालाई द्रुत गति दिन दिनरात नभनि मिहेनत गर्ने भौतिक मन्त्रालयका सचिव, महानिर्देशक, हुलाकी सडक आयोजना प्रमुख, सडक डिभिजनका प्रमुख ज्यूहरूलाई पनि धन्यवाद ।’

भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकास विरोधीहरू अत्तालिएको मन्त्री राईको भनाइ थियो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले बाँकेमा अर्को एक आयोजना ल्याउन लागेको उद्घोष पनि गरे। आफ्ना कामको विरोध गर्नेहरूलाई लक्षित गर्दै मन्त्री राईले व्यङ्ग्यातमकरूपमा भने, ‘नेपालगन्जलाई निर्वाचन क्षेत्र नम्बर १ हुँदै दाङसम्म जोड्ने स्तरीय बाटो पनि चाँडै बन्ने छ । तर तपाईंहरू चिन्ता नगर्नुस्, त्यसबेलासम्म निर्वाचन आचारसंहिता लागि सक्नेछ । शिलान्यास गर्न नमिल्ला । तपाईंहरूले प्रेसरको औषधि खानु पर्दैन, मुटु फुट्दैन ।’

मन्त्री राई खासगरी पूर्वमेयर धवल शमशेर राणा र उनका समर्थकहरूप्रति आक्रामक देखिएका थिए। आफूले गरेको कामलाई उनीहरूले गलतरूपमा अर्थ्याएर भ्रम सृजना गर्न खोजेको मन्त्री राईको भनाइ थियो। ‘शिलान्यास हुन्छ काम हुँदैन रे  म सहरी विकास मन्त्री हुँदा शिलान्यास भएको भेरी अस्पतालमा नयाँ भवन बनेन र रु नेपालगन्जसभा हल बनेन र रु नेपालगन्जमा ३९ र कोहलपुरमा १३ हाइमास्ट लाइट शिलान्यास गर्यौं ।  वाटरपार्क र चिल्ड्रेन पार्क शिलान्यास गरेको,काम भएन र रु न्यूरोडबाट २२ वटा रोड शिलान्यास गर्दा त्यो बाटो बनेन ररु कारकाँदो बाइपास रोड, बीटीएस रोड सम्पन्न भएन र रु सुरक्षित आवासका लागि ३ हजार परिवारले अनुदान पाएनन् र’,  मन्त्री राईले पूर्वमेयर राणाप्रति ब्यङ्ग्य कस्दै भन्नुभयो, ‘लक्ष्य चाहिँ केन्द्रको राख्ने र सोच चाहिँसानो स्तरको राख्ने ।’

राणाले विकासका अनेकन काममा बाधा पुर्यानएको आरोप लगाउँदै मन्त्री राईले शिलान्यास मात्र हुन्छ भन्नेलाई कामले जवाफ दिने बताउनुभयो। ‘शिलान्यास गरिएका सबै काम पूरा हुन्छन्। स्रोत र बजेटको कुरा समय आयो भने प्रमाण पनि देखाउँला’, मन्त्री राईले पूर्वमेयर राणाप्रति आक्रामक हुँदै भन्नुभयो, ‘विगतमाबागेश्वरी मन्दिर बनाउन दिनुभएन। फुलबारी मस्जिद बनाउन दिनुभएन। कोरोनाकालमा अक्सिजन नपाएर तड्पिरहेकाहरूका लागि भनेर छुट्टयाएको डेढ करोड रकम फ्रिज गराइदिनुभयो। तपाईको मानसिकता विकास गर्न नदिने हो र तपाईंको पछुवाहरूको मानसिकता पनि त्यही हो’।

आफू मन्त्री नभएको भए यी आयोजनाहरू नआउने पनि राईको दाबी थियो। खजुरा र गुलरियामा लामोसमयदेखि काम अलपत्र पारेका ठेकेदारहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्न र आवश्यक परे ठेक्का समेत तोड्न भौतिक मन्त्रालयका सचिव र महानिर्देशकलाई निर्देशन पनि दिनुभएको थियो।शिलान्यास कार्यक्रममा बर्दियाका सांसद एवम् पूर्वमन्त्री संजय गौतम लगायत बाँके(बर्दियाका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

यसैबीच मन्त्री राईले आजै नेपालगन्ज(राँझा सडकखण्डमा बन्ने ट्राफिक सिग्नल लाइट जडान कार्यको शिलान्यास पनि गर्नुभएको छ। यी ट्राफिक सिग्नल लाइटहरू गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा जडान गरिँदैछ।


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…