Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

डेक्स

डेक्स

परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक
ADVERTISEMENT

नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । 
बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । 
खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नु भएको थियो । 
कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेद प्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा वली चौधरी र झलक विश्वकर्माको पनि सहभागिता रहेको थियो । 
उक्त समन्वय बैठकमा सबै वडा अध्यक्षहरु, पालिकाका सबै शाखाका प्रमुखहरु, नागरिक समाज संजालका अध्यक्ष तथा पदाधिकारीहरु, दलित महिला नागरिक सञ्जालका सदस्यहरु र अन्य संघ संस्थाहरुका प्रतिनिधीको सहभागीता रहेको थियो । 
सो अवसरमा बाँके युनेस्को क्लब, साथी संस्था, बीग्रुप, स्याक नेपाल र थारु महिलाउत्थान केन्द्रले आ।व। ०७८÷०७९ मा संचालन गरेका परियोजनाको प्रगती, सिकाई, चुनौंतीहरु र आगामी कार्यक्रम तथा बजेट सहित प्रस्तुती गरेका थिए । 
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…