Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

सम्वाददाता

सम्वाददाता

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता
ADVERTISEMENT


नेपालगञ्ज, बैशाख २६ गते– नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो  प्रतिवद्धता व्यक्त गरेका हुन् । 
विभिन्न राजनीतिक दलबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका  प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनानै अन्तिम विकल्प भएको स्वीकार्दै प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।  विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धामा हुनुहुन्छ । 


मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मी लगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने बाचा गर्दै सामुहिक खवरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए । 
राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नन्दलाल वैश्यले आचार संहिता पालनाको प्रयास भइरहेको भन्दै कहीं कतै उल्लघंन भएको पाइए सचेत गराउन पनि निर्वाचन आयोगलाई आग्रह गर्नु भयो । आचार संहिता उल्लघंन नगर्ने            प्रतिवद्धता व्यक्त गर्दै उहाँले अनुगमनसँगै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि जोड दिनु भयो । 
राप्रपा नेपालबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार अभय वस्नेतले व्यानर, झण्डा, स्टीकरको प्रयोग गरेर आचार संहिता उल्लघंन भइरहेपनि कानूनी दायरामा ल्याउन कन्जुस्याई भइरहेको दावी गर्नु भयो । उहाँले आफु र आफनो पार्टीले आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता दोह¥याउनु भयो ।

यस्तै नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुखका उम्मेदवार शान्ति ढकालले आचार संहिता उल्लघंन गर्नेले गरिरहेकै भएपनि आफुहरुले कहीं कतै नगरेको यदि त्यस्तो पाइएमा कानूनी कारवाही भोग्न पनि तयार रहेको उदघोष गर्नु भयो । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागु गर्नु पर्ने भन्दै तडक भडक प्रचार गरेर जीतीन्छ भन्ने मानशिकता त्याग्न उम्मेदवारलाई आहवान गर्नु भयो । आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्धारा पनि दण्डीत गर्ने दावी गर्दै उहाँले प्रमाणसहित उजुरी आएमा कानूनी कारवाही गरिने स्पष्ट पार्नु भयो । कार्यक्रममा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उम्मेदवार विन्दु चर्तीमगर, अधिवक्ता लोक बहादुर शाह लगायतले आचारसंहिता पालनाबारे बोल्नु भएको थियो । 
संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिता बारे प्रकाश पार्नु भएको थियो । संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…