Pairabi logo

असोज २५, २०८३, आइतबार                    

भ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिको अब्बल ‘टिप्स’

सम्वाददाता

सम्वाददाता

भ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिको अब्बल ‘टिप्स’
ADVERTISEMENT

नेपालगञ्ज २६ बैशाख ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्न दौडधुप गरिरहेका उम्मेदवारहरुले विभिन्न बुँदा र शीर्षकमा आ–आफ्ना रणनीति, टिप्स र आश्वासनहरु बाँडिरहेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका विषयमा पनि उम्मेदवारका आ–आफ्ना धारणा बाहिर आएका छन् । कसैले कसम खाएर भ्रष्टाचार नगर्ने र नियन्त्रण गर्ने बताइरहेका छन् भने कसैले भ्रष्टाचार नियन्त्रणका लागि गर्नुपर्ने कामहरु सार्वजनिक गरेका छन् ।
उम्मेदवारसँगको ‘टक सो’हरुमा भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा जोडले उठ्ने गरेको हो । उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता पत्रमा पनि यस विषयलाई समेटेका छन् । यस मुद्दाले समग्र विकास र शासन पद्धतिमा असर पार्ने भएकाले उम्मेदवारलाई सचेत र जिम्मेवारीबोध गराउने काम भइरहेका छन् ।
नेपालगञ्जमा भएका विभिन्न कार्यक्रमहरुमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट, एमालेका पशुपतिदयाल मिश्र र राप्रपाका नन्दलाल बैश्यले भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा आफ्ना धारणा राख्ने गरेका छन् । नेपालगञ्जको भावी मेयर यी तीन जनाको कुरा सुन्दा एमालेका उम्मेदवार मिश्रको भनाई सटिक र विश्वासिलो देखिन्छ ।
कांग्रेसका उम्मेदवार विष्ट रराप्रपाका उम्मेदवार बैश्यले भ्रष्टाचार नियन्त्रण र सुशासन गर्न यो–यो काम गर्नु पर्छ भन्न सकेका छैनन् । उनीहरु कसममा विश्वास गर्दै हिडेका छन् । राप्रपाका उम्मेदवार बैश्यले भ्रष्टाचार गर्नु आमाको रगत खानुजस्तै भएकाले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । कांग्रेसका उम्मेदवार विष्टले भ्रष्टाचार नियन्त्रण गर्न देश र नेपालगञ्जको मायाको भावना जागृत गराउनु पर्ने तर्क राख्छन् । उनले एक दिन सबै मरेर जाने भएकाले मरेपछि कसैले पैसा बोकेर लान नमिल्ने भएकाले भ्रष्टाचार गर्नु हुदैन भन्ने दावी गर्छन् ।
एमालेका उम्मेदवार मिश्रले डिजिटल माध्यमबाट भ्रष्टाचार नियन्त्रण गर्ने योजना अघि सारेका छन् । कामलाई जानीजानी ढिलो गरेर भ्रष्टाचार गरिने प्रवृत्ति रहेकाले एप्समार्फत निवेदन दिएर निश्चित समयमा काम सम्पन्न हुने वातावरण सिर्जना गर्दा भ्रष्टाचार स्वतः कम हुने मिश्रको तर्क थियो । यदि नगरपालिकाको कार्यालयमा पुग्नुपर्ने र त्यहाँका कर्मचारीलाई भेटेर कुरा गर्नुपर्र्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरी केही काम घरमा बसी अनलाइन माध्यमबाट गर्न सकियो भने भ्रष्टाचार सजिलै नियन्त्रणमा आउने मिश्रको भनाई थियो ।
मतदाताले अहिले नै कुन उम्मेदवार राम्रा योजनाहरु लिएर अघि बढेको छ भन्ने छुट्याउन सक्नु पर्छ । भिजन भएका, परिपक्क, विकास गर्न सक्ने, सबैलाई मिलाएर लैजान सक्ने, केन्द्र र प्रदेशबाट बजेट ल्याउन सक्ने व्यक्तिलाई अगाडि सार्दा नगरको विकासमा फड्को मार्न सकिन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा आन्तरिक खर्चले कर्मचारीलाई तलव खुवाउन ठिक्क छ । समग्र विकास गर्नका लागि केन्द्र र प्रदेशबाट ठूलो बजेट ल्याउनु पर्छ । केन्द्र र प्रदेशबाट ठूलो बजेट ल्याउन सक्ने र पारदर्शी रुपमा काम गराउन सक्ने परिपक्क मेयर चाहिएको छ । अहिले मैदानमा देखिएका तीन जनामध्ये पशुपतिदयाल मिश्र त्यसका लागि योग्य रहेको बुद्धिजीवी वर्गको धारणा आइरहेका छन् । नेपालगञ्जवासीले अहिले नै होस पु¥याउन सकेनन् र राम्रो मान्छे छान्न सकेनन् भने पाँच वर्षसम्म पछुताउनुको विकल्प छैन । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…