Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

डेक्स

डेक्स

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा
ADVERTISEMENT

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा प्रदान गर्नुभएका सहायक प्रशासकीय अधिकृत लक्ष्मीकान्त मिश्राको बर्दियास्थित बढैयाताल गाउँपालिकामा सरुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको मिति २०८३ भाद्र ३१ गतेको निर्णयअनुसार उहाँको सरुवा गरिएको हो।

​नरैनापुरमा रहँदा उहाँले वडा नं। १, २, ३ र ४ को वडा सचिव, प्रशासन शाखा प्रमुख, सहकारी शाखा प्रमुख, विपद् व्यवस्थापन शाखा प्रमुख, जिन्सी शाखा प्रमुख तथा कार्यालयको सूचना अधिकारीजस्ता थुप्रै महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ। उहाँको साहसी कार्यशैली, कर्तव्यनिष्ठा र जनमुखी सेवाभाव कै कारण उहाँले सर्वसाधारण नागरिक, जनप्रतिनिधि तथा सहकर्मी कर्मचारीहरूको अपार विश्वास र मन जित्न सफल हुनुभएको थियो।

​हालै मात्र १५ दिनअघि नरैनापुरबाटै मालपोत, नापी तथा भूमि सुधारसम्बन्धी सेवा सहजरूपमा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन शाखा स्थापना गर्न मिश्राले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो। उक्त शाखाको प्रमुखको जिम्मेवारी पाएसँगै उहाँले सेवा प्रवाहलाई तीव्र गतिमा अघि बढाउनुभएको थियो।

​लुम्बिनी प्रदेश सरकारद्वारा जारी अन्तरपालिका सरुवा मापदण्डबमोजिम नयाँ भौगोलिक वातावरणमा अनुभव बटुल्दै आफ्नो वृत्ति विकास गर्ने र नयाँ ऊर्जाका साथ सेवा दिने उद्देश्यले उहाँ स्वयंले गत असार महिनामा सरुवाका लागि निवेदन दिनुभएको थियो।

मिश्र सूचना अधिकारीको रुपमा कार्य गर्दा कार्यालयमा पारदर्शिता तथा सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भुमिका निर्वाह गर्नुभएको थियो । सुशासनको क्षेत्रमा उहाँ इमानदारीपुर्वक कार्य गर्नेमा उत्कृष्ठ कर्मचारीको रुपमा पनि परिचित हुनुहुन्छ । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…