Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डेक्स

डेक्स

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि
ADVERTISEMENT

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक सेवा प्रवाह र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिममा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सहजीकरण गर्दै स्थानीय सरकारको सबैभन्दा ठूलो शक्ति विश्वास पारदर्शिता, जवाफदेहिता र सकारात्मक सोचबाट मात्र हासिल गर्न सकिने बताउनुभयो । उहाँले समस्या देखाउनेभन्दा समाधान खोज्ने कार्यसंस्कृतिको विकास गर्न सके स्थानीय सरकारको सेवा प्रवाह स्वतः प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभयो । 

पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाले संविधानले स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गरेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षतालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।  उहाँले स्थानीय सरकारको वास्तविक सफलता नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गरेपछि मात्र मापन गर्न सकिने धारणा राख्नुभयो । 

कार्यक्रममा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, नागरिकमैत्री सेवा प्रवाह, सार्वजनिक उत्तरदायित्व, सूचना प्रवाह, नेतृत्व विकास, संस्थागत सुशासन तथा सकारात्मक कार्यसंस्कृतिको विकास लगायतका विषयमा जानकारी गरिएको थियो । 

तालिमका क्रममा स्थानीय सरकार सञ्चालन ऐन, संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकार, सार्वजनिक उत्तरदायित्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, गुनासो सुनुवाइ प्रणाली, कार्यसम्पादन सुधार तथा परिणाममुखी प्रशासनका विषयमा व्यावहारिक उदाहरणसहित प्रस्तुतीकरण गरिएको थियो । 

सहभागीहरूले सेवा प्रवाहका क्रममा देखिएका व्यवहारिक समस्या, स्रोत व्यवस्थापन, नागरिकका बढ्दो अपेक्षा, शाखाबीचको समन्वय, योजना कार्यान्वयन, सार्वजनिक सुनुवाइ तथा संस्थागत सुधारका विषयमा आफ्ना अनुभव राखेका थिए । 

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय, छिटोछरितो र परिणाममुखी बनाउन सबैले प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

डुडुवा गाउँपालिकाको आयोजना तथा बासको सहजीकरणमा भएको कार्यक्रममा बासका अध्यक्ष शिवकुमार बर्माले संचालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्नुभएको थियो । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…