Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डेक्स

डेक्स

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि
ADVERTISEMENT

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक सेवा प्रवाह र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिममा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सहजीकरण गर्दै स्थानीय सरकारको सबैभन्दा ठूलो शक्ति विश्वास पारदर्शिता, जवाफदेहिता र सकारात्मक सोचबाट मात्र हासिल गर्न सकिने बताउनुभयो । उहाँले समस्या देखाउनेभन्दा समाधान खोज्ने कार्यसंस्कृतिको विकास गर्न सके स्थानीय सरकारको सेवा प्रवाह स्वतः प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभयो । 

पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाले संविधानले स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गरेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षतालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।  उहाँले स्थानीय सरकारको वास्तविक सफलता नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गरेपछि मात्र मापन गर्न सकिने धारणा राख्नुभयो । 

कार्यक्रममा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, नागरिकमैत्री सेवा प्रवाह, सार्वजनिक उत्तरदायित्व, सूचना प्रवाह, नेतृत्व विकास, संस्थागत सुशासन तथा सकारात्मक कार्यसंस्कृतिको विकास लगायतका विषयमा जानकारी गरिएको थियो । 

तालिमका क्रममा स्थानीय सरकार सञ्चालन ऐन, संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकार, सार्वजनिक उत्तरदायित्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, गुनासो सुनुवाइ प्रणाली, कार्यसम्पादन सुधार तथा परिणाममुखी प्रशासनका विषयमा व्यावहारिक उदाहरणसहित प्रस्तुतीकरण गरिएको थियो । 

सहभागीहरूले सेवा प्रवाहका क्रममा देखिएका व्यवहारिक समस्या, स्रोत व्यवस्थापन, नागरिकका बढ्दो अपेक्षा, शाखाबीचको समन्वय, योजना कार्यान्वयन, सार्वजनिक सुनुवाइ तथा संस्थागत सुधारका विषयमा आफ्ना अनुभव राखेका थिए । 

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय, छिटोछरितो र परिणाममुखी बनाउन सबैले प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

डुडुवा गाउँपालिकाको आयोजना तथा बासको सहजीकरणमा भएको कार्यक्रममा बासका अध्यक्ष शिवकुमार बर्माले संचालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्नुभएको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…