Pairabi logo

असोज २५, २०८३, आइतबार                    

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

डेक्स

डेक्स

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा
ADVERTISEMENT

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिकाका महत्वपूर्ण नीतिगत र वित्तीय निर्णयहरू स्वीकृत भएका छन् ।

कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा बसेको सभामा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, बजेट संशोधन, बेरुजु फछ्यौट र करार कर्मचारीको म्याद थप जस्ता महत्वपूर्ण विषयहरू प्रस्तुत र पारित गरिएको छ ।

सभामा प्रस्तुत पहिलो मुख्य विषय राप्तीसोनारी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, २०८२ थियो । यस विधेयकमार्फत गाउँपालिकाको वित्तीय व्यवस्था प्रणालीलाई थप स्पष्ट र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।

विधेयक अनुसार, गाउँपालिकाले प्रत्येक आर्थिक वर्षको लागि तीन वर्ष अवधिको खर्च प्रक्षेपणसहित मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मध्यमकालीन खर्च संरचनामा गाउँको स्वीकृत सोचपत्र, आवधिक योजना, क्षेत्रगत नीति तथा योजनाका आधारमा आगामी तीन वर्षको वित्तीय खाका, बजेट तथा कार्यक्रमको रूपरेखा तयार गरी सभामा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै प्रस्तावित आयोजना वा कार्यक्रमको क्रियाकलापगत विवरण, प्रति इकाई लागत, सञ्चालनमा लाग्ने अनुमानित समय र सोबाट प्राप्त हुन सक्ने प्रतिफल समेत स्पष्ट पार्नुपर्ने व्यवस्था पनि विधेयकमा समावेश छ । सभामा प्रस्तुत अर्को महत्वपूर्ण विषय राप्ती सोनारी गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ थियो ।

यस नीतिले गाउँपालिकामा महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र अन्य पिछडिएका समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ । नीति अनुसार सबै कार्यक्रम र आयोजना योजनामा सामाजिक समावेशीकरण र लैङ्गिक दृष्टिकोण लागू गर्ने व्यवस्था गरिएको छ । 

त्यसैगरी, गाउँपालिकाको बेरुजु फछ्यौट तथा वडा र शाखागत बजेट संशोधनको विषयमा लेखा र पूर्वाधार समितिका संयोजकले सभामा प्रस्ताव पेश गरेका थिए । समितिले प्रस्तुत गरेका रिपोर्ट र प्रस्ताव सभाबाट पारित भएका छन् । यसले गाउँपालिकाको बजेट व्यवस्थापनमा पारदर्शिता र दक्षता बढाउने विश्वास गरिएको छ ।

सभामा करारमा कार्यरत कर्मचारीहरूको करार म्याद थप सम्बन्धमा सुशासन समितिका संयोजकले प्रस्ताव राखेका थिए । समितिको प्रस्ताव अनुसार, करार कर्मचारीहरूको सेवा निरन्तरता सुनिश्चित गर्न र प्रशासनिक कामकाजमा असर नपर्ने हिसाबले करार म्याद थप गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । सभाले समितिको सिफारिस स्वीकृत गर्दै करार म्याद थप गर्ने निर्णय गरेको छ ।

लेखा समितिले गाउँपालिकाको आर्थिक वर्षको खर्च, राजस्व संकलन र बजेट कार्यान्वयनको समीक्षा गर्दै प्रतिवेदन पेश गरेको थियो । लेखा समिति संयोजक केशवराम दमाईले प्रतिवेदन सभामा प्रस्तुत गर्दै भने, ‘गाउँपालिकाको वित्तीय गतिविधिहरू पारदर्शी र नियमन अनुसार सञ्चालन भइरहेका छन्, तर आगामी वर्षहरूमा अझ प्रभावकारी वित्तीय योजना र बजेट व्यवस्थापनको आवश्यकता छ ।’

लेखा समितिको प्रतिवेदन अनुसार, आगामी आर्थिक वर्षको बजेट र मध्यमकालीन खर्च संरचना तयार गर्दा स्रोतको अनुमान, बजेट सीमा निर्धारण, कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क र दस्तुरको दर निर्धारण गर्नुपर्ने व्यवस्था स्पष्ट गरिएको छ । यसले गाउँपालिकालाई स्थायी र दीगो वित्तीय योजना बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले आर्थिक गतिविधिहरूलाई मात्र होइन, स्थानीय उद्योग र व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जनामा योगदान दिने नीति र कार्यक्रम पनि अघि बढाउने निर्णय गरेको छ । सभामा कार्यपालिकालाई स्थानीय कर नीति निर्माणमा परामर्श दिनु, राजस्व प्रशासन सुधार गर्नु र कर र गैरकर राजस्व, सेवा शुल्क तथा दस्तुरको दर निर्धारण गर्नु जस्ता विषयहरूमा सुझाव दिन आदेश दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिनुभयो । 

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा प्रत्येक आयोजना वा कार्यक्रमको अनुमानित लागत, सञ्चालनमा लाग्ने समय, प्राप्त हुने प्रतिफल र प्राथमिकता निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । यसले नीतिगत योजना र वित्तीय कार्यान्वयनमा स्पष्टता र पारदर्शिता सुनिश्चित गर्नेछ । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…