Pairabi logo

असोज २१, २०८३, बुधबार                    

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

डेक्स

डेक्स

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट
ADVERTISEMENT

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग गर्न लागेको छ । ग्राहकको सन्तुष्टि, सफा, स्वच्छ, गुणस्तरिय र हाइजनिक फुडलाई ब्रान्डिङ्गका रुपमा स्थापना गर्न थालिएको छ । 

शनिबार एक कार्यक्रमका विच रेष्टुरेण्टको आठौ बार्षिक साधारणसभाको उद्घाटन गर्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम प्रसाद कंडेलले होटल रेष्टुरेण्टमा कर्मचारीको भुमिका महत्वपुर्ण रहेकाले उनीहरुलाई तालिम, र सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले होटलहरुमा विशेष गरी किचनको सरसफाई, स्टोरमा रहेका खाद्यबस्तुको म्याद, लगायत गुणस्तरियतामा विशेष ध्यान दिन आग्रह गर्दै ग्राहकको चाहना बमोजिम सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

प्रालिका अध्यक्ष पवित्र प्रकाश शर्माले सुनाखरीको पहिचान बढदै गएकोले सेवाको गुणस्तरियता र ब्रान्डिङ्गमा विशेष ध्यान दिने भन्दै यसको लगानी बढाएर विभिन्न शाखाहरु समेत संचालन गर्ने तयारी भएको जानकारी दिनुभयो । 

रेण्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सुनाखरीलाई ब्रान्डिङ्गका रुपमा स्थापना गरि ग्राहकको चाहना अनुसारको सेवा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । उहाँले पछिल्ला केही वर्षदेखि सामाजिक उत्तरदायित्वको कार्य समेत गर्दै आएको र यो वर्षदेखि संस्थामा कार्यरत कर्मचारीहरुको बृत्ति विकासका लागि सामाजिक सुरक्षा कोष लागु गर्न लागिएको बताउनुभयो । 

प्रबन्ध निर्देशक शर्माले कर्मचारीहरुको विमालगायतका थप सुविधा बृद्धि गरी क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गर्ने बताउनुभयो । 

सभामा रेष्टुरेन्टका प्रेस सल्लाहकार राकेशकुमार मिश्रले सबैको रोजाई सुनाखरी बनेकोले यहाँको स्थानीय खानाका परिकारलाई पनि सुनाखरीको मेनुमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले यहाँको स्थानीय अवधी, थारु र मुस्लिम समुदायका परम्परागत अग्यार्निक खानाका परिकार पस्किनुपर्ने भन्दै फुड फेष्टिबलमार्फत स्थानीय खानाको प्रचार प्रसारसंगै बजरीकरण हुने विश्वास व्यक्त गर्नुभयो । 

सभामा कानुनी सल्लाहकार अधिबक्ता बसन्त गौतमले उपभोक्तालाई सफा, स्वच्छ र हाइजिनिक खाना दिनुपर्ने भन्दै होटल व्यवसायीले आफ्नो गुणस्तरियतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

प्रालिका शेयर सदस्य कृष्ण प्रसाद खनालले सुनाखरीका अन्य शाखामा पनि लगानी बढाएर शाखा विस्तार गरि सेवा दिन लागेको जानकारी दिनुभयो । 

सभाको उदघाटन कार्यक्रममा शेयर सदस्य हर्कबहादुर बोहरा, रेष्टुरेन्टका एफएनबी म्यानेजर रविन्द्र चौलागाई लगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

त्यस अवसरमा सुनाखरीले ६ जना उत्कृष्ट कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो । रेष्टुरेन्टका कर्मचारीहरु खिम लाल शर्मा, रविन्द्र चौलागाई, सञ्जय चौधरी, निराक रोकाय, संगम पुनमगर, हेमन्त डाँगीलाई पुरस्कृत गरिएको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…