Pairabi logo

माघ १८, २०८२, शनिबार                    

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

डेक्स

डेक्स

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट
ADVERTISEMENT

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग गर्न लागेको छ । ग्राहकको सन्तुष्टि, सफा, स्वच्छ, गुणस्तरिय र हाइजनिक फुडलाई ब्रान्डिङ्गका रुपमा स्थापना गर्न थालिएको छ । 

शनिबार एक कार्यक्रमका विच रेष्टुरेण्टको आठौ बार्षिक साधारणसभाको उद्घाटन गर्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम प्रसाद कंडेलले होटल रेष्टुरेण्टमा कर्मचारीको भुमिका महत्वपुर्ण रहेकाले उनीहरुलाई तालिम, र सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले होटलहरुमा विशेष गरी किचनको सरसफाई, स्टोरमा रहेका खाद्यबस्तुको म्याद, लगायत गुणस्तरियतामा विशेष ध्यान दिन आग्रह गर्दै ग्राहकको चाहना बमोजिम सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

प्रालिका अध्यक्ष पवित्र प्रकाश शर्माले सुनाखरीको पहिचान बढदै गएकोले सेवाको गुणस्तरियता र ब्रान्डिङ्गमा विशेष ध्यान दिने भन्दै यसको लगानी बढाएर विभिन्न शाखाहरु समेत संचालन गर्ने तयारी भएको जानकारी दिनुभयो । 

रेण्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सुनाखरीलाई ब्रान्डिङ्गका रुपमा स्थापना गरि ग्राहकको चाहना अनुसारको सेवा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । उहाँले पछिल्ला केही वर्षदेखि सामाजिक उत्तरदायित्वको कार्य समेत गर्दै आएको र यो वर्षदेखि संस्थामा कार्यरत कर्मचारीहरुको बृत्ति विकासका लागि सामाजिक सुरक्षा कोष लागु गर्न लागिएको बताउनुभयो । 

प्रबन्ध निर्देशक शर्माले कर्मचारीहरुको विमालगायतका थप सुविधा बृद्धि गरी क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गर्ने बताउनुभयो । 

सभामा रेष्टुरेन्टका प्रेस सल्लाहकार राकेशकुमार मिश्रले सबैको रोजाई सुनाखरी बनेकोले यहाँको स्थानीय खानाका परिकारलाई पनि सुनाखरीको मेनुमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले यहाँको स्थानीय अवधी, थारु र मुस्लिम समुदायका परम्परागत अग्यार्निक खानाका परिकार पस्किनुपर्ने भन्दै फुड फेष्टिबलमार्फत स्थानीय खानाको प्रचार प्रसारसंगै बजरीकरण हुने विश्वास व्यक्त गर्नुभयो । 

सभामा कानुनी सल्लाहकार अधिबक्ता बसन्त गौतमले उपभोक्तालाई सफा, स्वच्छ र हाइजिनिक खाना दिनुपर्ने भन्दै होटल व्यवसायीले आफ्नो गुणस्तरियतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

प्रालिका शेयर सदस्य कृष्ण प्रसाद खनालले सुनाखरीका अन्य शाखामा पनि लगानी बढाएर शाखा विस्तार गरि सेवा दिन लागेको जानकारी दिनुभयो । 

सभाको उदघाटन कार्यक्रममा शेयर सदस्य हर्कबहादुर बोहरा, रेष्टुरेन्टका एफएनबी म्यानेजर रविन्द्र चौलागाई लगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

त्यस अवसरमा सुनाखरीले ६ जना उत्कृष्ट कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो । रेष्टुरेन्टका कर्मचारीहरु खिम लाल शर्मा, रविन्द्र चौलागाई, सञ्जय चौधरी, निराक रोकाय, संगम पुनमगर, हेमन्त डाँगीलाई पुरस्कृत गरिएको थियो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …