Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु

डेक्स

डेक्स

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु
ADVERTISEMENT

नेपालगञ्ज ५ साउनः पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरमा आजदेखि पूजाआजा शुभारम्भ भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुङ्गे (खडेश्वर) महादेव मूर्तिको प्राणप्रतिष्ठा भएपछि पूजाआजा गर्न सुरु भएको हो । 

प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणा, उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले महादेव मूर्तिको प्राणप्रतिष्ठा गर्दै संयुक्त रुपमा पूजाआजा गर्नुभयो । 

धार्मिक विधिअनुसार पूजाआजा अहिले पनि जारी रहेको उल्लेख गर्दै गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले विधिपूर्वक पूजाआजा सकिएपछि सर्वसाधरणका लागि खुला गरिने जानकारी दिनुभयो । उहाँले मूर्ति प्राणप्रतिष्ठा पं जयराम आर्चायको नेतृत्वमा ११ सदस्यीय पण्डितहरुले मन्त्रोच्चारण गरेर गरेको जानकारी दिँदै बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउनुभयो । 

उपमहानगरपालिका–२ मा रहेको सो मन्दिर परिसरमा रु १५ लाखको लागतमा निर्माण गरिएको जुङ्गे महादेवको मूर्ति मर्मतसम्भारको काम दुई वर्षअघिदेखि गरिएको थियो ।

नगर प्रमुख विष्टले २००७ सालमा बनेको पुरानो संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता महसुस गरिएको तथा महादेवको मूर्ति प्राणप्रतिष्ठा गरिएको उल्लेख गर्दै नजिकै १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…