Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

डेक्स

डेक्स

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
ADVERTISEMENT

नेपालगन्ज, ३१ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रुपान्तरणका लागि सकारात्मक सूचना सम्प्रेषण आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । 

कोहलपुरबाट नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको २९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशमा लोकतान्त्रिक शासन व्यवस्था प्रारम्भ भएपछि देशमा विकास–निर्माणका  केही काम भएनन् भन्ने नकारात्मक भाष्य चिर्न सञ्चार क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो “हामीले चौथो अङ्गको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौँ तर सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति बढेको छ । मिडियाले सत्यतथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ,” प्रदेश सरकाले सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री आर्चायले भन्नुभयो । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेशमा भएका विकास–निर्माणका गतिविधिलाई सञ्चारमाध्यमले जनसमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै आफूहरू सञ्चार क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यहरू सञ्जु चौधरी, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, पूर्वमन्त्री दुर्गाप्रसाद चौधरी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले व्यावसाियक पत्रकारितालाई केन्द्रमा राखेर आफू नेतृत्वको संस्थाले काम गरिरहेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…