Pairabi logo

असोज २६, २०८३, सोमबार                    

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

डेक्स

डेक्स

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव
ADVERTISEMENT

लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्।

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा र नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरीएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र समावेशीकरण सम्बन्धी तालिमका सहभागीहरूले घरबाट सुरु भएको आवाज समुदायसम्म पुगेर मात्र बलियो र प्रभावकारी बन्न सक्ने बताएका छन्।

कार्यक्रममा सहभागीका अनुसार, “लैंगिक हिंसा बढ्नुपर्ने एउटा मुख्य कारण आवाज दबिनु हो। त्यसैले आफ्नो अधिकार र भोगिरहेका समस्यालाई खुल्ला रुपमा छलफल गर्न आवश्यक छ।” कार्यक्रमका प्रमुख अतिथि तथा यो तालिमका लागि पहलकर्ता लुम्बिनी प्रदेश सांसद मिना कुमारी श्रेष्ठले तालिम उद्घाटन गर्दै भन्नुभयो, “लैंगिक हिंसा निवारणका लागि बनाइएका नीतिहरूलाई व्यवहारमा उतार्न आवश्यक छ। समाजका जटिल समस्यालाई पहिचान गर्दै यो तालिम आयोजना गरिएको हो।”

कार्यक्रमको अध्यक्षता गर्नुभएकी लुम्बिनी प्रदेशका वरिष्ठ महिला विकास अधिकृत सम्झना कुमारी सुवेदीले भन्नुभयो,“महिलाहरूले अधिकार पहिलेको तुलनामा केही मात्रामा पाइसके पनि व्यवहारिक रूपमा अझै चुनौतीहरू छन्। आगामी दिनमा एकअर्कालाई बुझाउँदै अधिकारप्रति सशक्त बनाउनु नै लैंगिक हिंसा निवारणको वास्तविक उपाय हो।”

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरीले भन्नुभयो , “लैंगिक समानता र समावेशीकरण जटिल विषय बन्दै गएको छ। यसमा थप गम्भीरताका साथ काम गरी वर्तमान प्रयासलाई प्रभावकारी बनाउन आवश्यक छ।”

कार्यक्रममा नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक शिवा थापा, र क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तिसोनारी गाउँपालिका गरी ६ वटा पालिकाका ८० महिला सहभागी थिए।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…