Pairabi logo

माघ १३, २०८२, सोमबार                    

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

डेक्स

डेक्स

समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव
ADVERTISEMENT

लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्।

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा र नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरीएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र समावेशीकरण सम्बन्धी तालिमका सहभागीहरूले घरबाट सुरु भएको आवाज समुदायसम्म पुगेर मात्र बलियो र प्रभावकारी बन्न सक्ने बताएका छन्।

कार्यक्रममा सहभागीका अनुसार, “लैंगिक हिंसा बढ्नुपर्ने एउटा मुख्य कारण आवाज दबिनु हो। त्यसैले आफ्नो अधिकार र भोगिरहेका समस्यालाई खुल्ला रुपमा छलफल गर्न आवश्यक छ।” कार्यक्रमका प्रमुख अतिथि तथा यो तालिमका लागि पहलकर्ता लुम्बिनी प्रदेश सांसद मिना कुमारी श्रेष्ठले तालिम उद्घाटन गर्दै भन्नुभयो, “लैंगिक हिंसा निवारणका लागि बनाइएका नीतिहरूलाई व्यवहारमा उतार्न आवश्यक छ। समाजका जटिल समस्यालाई पहिचान गर्दै यो तालिम आयोजना गरिएको हो।”

कार्यक्रमको अध्यक्षता गर्नुभएकी लुम्बिनी प्रदेशका वरिष्ठ महिला विकास अधिकृत सम्झना कुमारी सुवेदीले भन्नुभयो,“महिलाहरूले अधिकार पहिलेको तुलनामा केही मात्रामा पाइसके पनि व्यवहारिक रूपमा अझै चुनौतीहरू छन्। आगामी दिनमा एकअर्कालाई बुझाउँदै अधिकारप्रति सशक्त बनाउनु नै लैंगिक हिंसा निवारणको वास्तविक उपाय हो।”

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरीले भन्नुभयो , “लैंगिक समानता र समावेशीकरण जटिल विषय बन्दै गएको छ। यसमा थप गम्भीरताका साथ काम गरी वर्तमान प्रयासलाई प्रभावकारी बनाउन आवश्यक छ।”

कार्यक्रममा नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक शिवा थापा, र क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तिसोनारी गाउँपालिका गरी ६ वटा पालिकाका ८० महिला सहभागी थिए।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …