Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड

डेक्स

डेक्स

मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड
ADVERTISEMENT

बर्दिया ।  बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो । 

कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो ।  

कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी शोभा शर्माले गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाकी प्रमुख इन्द्रा चुनाराले नगरपालिकाले अहिलेसम्म गरेका प्रमुख उपलब्धिहरूको प्रस्तुतिका साथै सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय सरकारहरूको भूमिका विषयक छलफल चलाउनु भएको थियो । 

उहाँले मानव बेचबिखन के हो रु किन मानव बेचबिखन हुन्छ रु मानव बेचबिखन र ओसारपसारका कारणहरू, मानव बेचबिखन न्यूनीकरणमा जिम्मेवार निकायहरूको भूमिका, घटना व्यवस्थापनका लागि आवश्यक आधारभूत तत्वहरू, घटना व्यवस्थापनका विशेषता र सिद्धान्तहरू र घटना व्यवस्थापन प्रक्रियाका बारेमा बिस्तृत जानकारी गराउनुभएको थियो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भट्टले कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।  

ताजा

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…