Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

राहत प्रक्रिया सजिलो बनाउन वन्यजन्तु पिडितको माग

सम्वाददाता

सम्वाददाता

राहत प्रक्रिया सजिलो बनाउन वन्यजन्तु पिडितको माग
ADVERTISEMENT

नेपालगन्ज, ९ पुस । वन्यजन्तुबाट पिडीत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका स्थानियले राहत प्रक्रिया सजिलो बनाउन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका हुन । 

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले मंगलबार आयोजना गरेको गोलघर सम्वाद कार्यक्रम युएसएडको सहयोगमा द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान मार्फत आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो माग गरेको आयोजक संस्था सीसीएनले जनाएको छ । 

कार्यक्रममा स्थानिय सिमा केसीले बाख्रा बाघले खाएको लामो समयसम्म पनि राहत पाउन नसकेको बताउनुभयो । उहाँले प्रक्रिया लामो र झन्झटिलो भएकोमा दुखेसो पोख्नुभयो । कार्यक्रममा सिताराम जैसीले बंदेल र बाघले मात्र होइन सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नु परेको बताउनुभयो । 

अर्का स्थानिय पदमी पुनले एलानी जग्गा भएका कारण पनि राहत पाउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानियहरुका समस्या समाधानका लागि यो छलफलले सहयोग पुग्ने बताउनुभयो । 

उहाँले राहत प्रक्रियाका क्रममा भोगेका समस्या समाधानका लागि पहल गरिदिन आयोजक संस्था सीसीएनसँग माग गर्नुभयो । कार्यक्रममा बिषयविज्ञ प्रकाश उपाध्यायले मानव र वन्यजन्तु विचको द्वन्द न्युनिकरण, राहत प्रक्रिया र बिमा प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुर स्थित हरलाफाटा सामुदायिक वन उपभोक्ता समुहको भवनमा सम्पन्न भएको थियो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…