Pairabi logo

कात्तिक ०७, २०८३, शुक्रबार                    

मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवास्तरबाट पहल हुनुपर्नेमा जोड

डेक्स

डेक्स

मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवास्तरबाट पहल हुनुपर्नेमा जोड
ADVERTISEMENT

बर्दिया, ६ पुस । मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाटै वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रकृया लगायतका विषयमा सचेतना अभियान र वकालत हुनुपर्नेमा जोड दिइएको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा नं। २ वरपरको क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको र जसका कारण समुदायका युवाहरु तथा तिनका परिवारका सदस्यहरुलाई वन्यजन्तुले आक्रमण गर्न सक्ने कुरालाई लिएर यूवाहरु चिन्तित बनेका छन् ।

समुदायमा बस्ने यूवाहरु घाँसदाउराका लागि जंगल जाने भएकाले उनीहरु वन्यजन्तुको जोखिम भएको सगुन युवा क्लबका सदस्य मनित कुश्मीले बताउनुभयो । “समुदायका यूवाहरु वन्यजन्तुको आनीबानी सँग परिचित छैनन् र उनीहरु वा उनीहरुको परिवारलाई कुनैपनि किसिमको क्षति भएमा राहत माग गर्ने प्रकृयाका बारेमा समेत जानकारी छैन”, उहाँले अगाडि थप्नुभयो ।

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आज शनिबार मधुवन नगरपालिका वडा नं। २ सुन्दरपुरमा आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी’ कार्यक्रममा सहभागीहरुले मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सगुन यूवा क्लबका सदस्यहरु, स्थानिय यूवा र किशोर किशोरीहरुले यूवाहरुबिच र समुदायमा सचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव दिएका हुन । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा क्लब चौतारी गरिएको सीसीएनले जनाएको छ ।

क्लब चौतारीको सहजीकरण गर्दै विषय विज्ञ रमेश थापाले वातावरणीय न्याय, निकुञ्ज प्रभावित क्षेत्रका युवाहरुको चुनौती तथा अधिकार र मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे प्रस्तुती गर्नुभएको थियो । उहाँले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागिसँग छलफल गर्नु भएको थियो ।

सगुन यूवा क्लबका अध्यक्ष मनिराम चौधरीले क्लब चौतारीले वातावरणीय न्याय र जवाफदेहिताका लागि सरोकारवाला निकायहरुसँगको बहसमा सहयोग पुग्ने र यूवाहबाट उनीहरुको परिवार तथा समुदायमा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण अभियानको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ५३ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ ।

ताजा

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…