Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

डेक्स

डेक्स

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी
ADVERTISEMENT

कपिलबस्तु, १४ असोज । लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने र नागरिकलाई सशक्त बनाउने महत्वपूर्ण साधन भएको बताउनु भएको छ । 

कपिलवस्तुको चन्द्रौटामा आजदेखि सुरु भएको सूचनाको हक सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै सांसद केसीले सूचनाको हकको बारेमा सार्वजनिक निकाय अझै जानकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, मैले पनि सूचनाको हकको बारेमा पछि थाह पाएको छु, बल्ल थाहा पाए यो एउटा शक्ति हो भन्ने पनि बुझे, यसबारे आमनागरिकलाई सचेत बनाई ऐनको कार्यान्वयनमा जोड दिनुभयो । 

सूचनाको हकको लागि राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तारा भण्डारीले सूचनाको हकलाई प्रभावकारी बनाउन सञ्चारकर्मी र सरोकारवालाहरूको जिम्मेवारी महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

सूचनाको हकका अभियन्ता अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले सुशासन र पादरदर्शिताका लागि सूचनाको हक प्रमुख साधन भएकाले यसको प्रयोग व्यापक बनाउनुपर्ने भन्दै सूचनाको हकको बारेमा चेतना अभिबृद्धि गरि स्थानीयस्तरमा सूचना अभियन्ताहरु तयार पार्नमा सरकारको भुमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

तालिमको उद्घाटन कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सूचनाको पहुँचले नागरिकलाई सचेत बनाउनुका साथै सरकारी कामकाजमा पारदर्शिता ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका सूचना अधिकारी बिपिन खनाल, राष्ट्रिय सूचना महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राधा बस्नेत, र पत्रकार महासंघ प्रदेश सदस्य चिन्ता परियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रम राष्ट्रिय सूचना महासंघ कपिलवस्तुका अध्यक्ष बसन्त बन्जाडेको अध्यक्षतामा, प्रदेश सदस्य अर्जुन बेल्वासेको स्वागत मन्तव्य र अभियन्ता सनिउल्ला धोबीको संचालनमा सम्पन्न भएको थियो ।

सूचनाको हकका लागि राष्टिय महासंघद्धारा आयोजित तालिममा सूचनाको हक, सूचनाको हक सम्वन्धी ऐन, कार्यविधी, निर्देशिका, सूचनाको हकमा जेसी, सूचना माग्ने प्रक्रिया र अभ्यास, राष्टिय सूचना आयोगको काम कर्तव्य, अधिकार, सुशासन ऐनलगायतका बारेमा राकेशकुमार मिश्र, सनिउल्ला धोबी, अम्बिका परियार, हिरामोती चौधरीले प्रशिक्षण दिनुभएको छ । 

तालिममा कपिलबस्तु जिल्लाका १० वटै स्थानीय तहका करिब ४० जना स्थानीय युवा युवतीहरुको सहभागिता रहेको छ ।

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…