Pairabi logo

असोज ११, २०८३, आइतबार                    

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

डेक्स

डेक्स

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य
ADVERTISEMENT

लमही दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पार्नुभयो । 

सरकार खुला किताब बनेर अघि बढ्छ । ढुक्क हुनुस, सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छन उहाँले भन्नुभयो, सुशासन कायम भएमा भष्ट्राचार घट्दै जान्छ । यो दिशामा सरकारले आफ्नो काम अघि बढाएको छ । समाज रुपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाको हक कार्यान्वयन जरुरी छ ।

प्रदेश सरकारले कर्मचारी तहमा १४ बुदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य तोक्ने, तस्बिरसहित फोन नम्बर राख्न, वेवसाइडमा पनि सुचना राख्न भनिसकेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नु भयो ।

सूचना प्राप्त गर्न सक्नु भएन भने सिधै मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी संग सम्पर्क गर्नुस, उहाँले भन्नुभयो, सूचनामा सबैको समान पहुँच पुर्‍याउन हामी जिम्मेवार छौं । सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँने भनाइ उहाँको छ ।

सरकार नागरिक प्रति उत्तरदायि छ । संवैधानिक र कानुनी रूपमा प्राप्त नागरिकको यो अधिकारलाई जति धेरै प्रयोगमा ल्याउन सकिन्छ, त्यति नै राज्य तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउछ, उहाँले भन्नुभयो, सूचनाको हकसम्बन्धी कानुन मात्र यस्तो कानुन हो, जसले सुशासनलाई जरैदेखि बलियो बनाउन मद्दत गर्छ ।

लुम्बिनी प्रदेश सरकार सूचनाको हक कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जानकारी दिदै उहाँले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागी पाँच बर्षे रणनीतिक योजनामा पनि सूचनाको हक कार्यान्वयनलाई प्राथमिकितामा राखेको बताउनु भयो ।

सूचनाको हक राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमिद बाग्चन्दले सूचनाको हक कार्यान्वयनले राज्य संग नागरिकलाई नजिक बनाउने भएकाले यसको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो । उहाँले सुशासन कायम गर्दै भष्ट्राचार निवारण गर्न सूचनाको हक प्रयोगले टेवा पुर्‍याउने बताउनुभयो । सरकारले हरेक तीन तीन महिनामा स्वतः प्रकाशन गर्ने सूचना प्रकाशनमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका संस्थापक प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सूचनाको हकको पूर्ण कार्यान्वयनले सबै पक्षलाई जिम्मेवार बनाउने बताउनु भयो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सही र सत्य सूचना संप्रेषणमा ध्यान दिनुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले सूचना नदिने प्रवृत्ति बढिरहेको भन्दै ध्यानाकर्षण गराउनु भयो ।

सूचनाको हक राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष बृजराज कुश्वाहले सुचनाको हक कार्यान्वन गर्न तीन तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । सूचनाको हक राष्ट्रिय महासंघ लुम्बिनीका संयोजक हेमन्त कर्मचार्यको स्वागत मन्तव्यबाट सुरु भएको शिविरको सहजिकरण बरिस्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले गर्नु भएको थियो । शिबिरमा लुम्बिनी प्रदेशका सबै जिल्लाका सूचनाको हक अभियान्ताहरुको सहभागीता छ ।

कार्यक्रमको दोस्रो सत्रमा भएको प्यानल छलफलमा नागरिकको सूचनामा पहुच र कार्यान्वयनको अवस्था र जटिलताका विषयमा छलफल भएको थियो । भने तेस्रो सत्रमा सूचनाको हकको अभियान र सुरक्षाको विषयमा छलफल भएको थियो ।

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…