Pairabi logo

असोज २१, २०८३, बुधबार                    

आयोगसहितको टोली बाल सुधारगृहको अनुगमनमा

डेक्स

डेक्स

आयोगसहितको टोली बाल सुधारगृहको अनुगमनमा
ADVERTISEMENT

नेपालगन्ज ३ साउन । पटक (पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । 

बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बनिया, इन्सेका प्रदेश संयोजक भोला महत, द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष एकमाया विक सहितको टोलीले बाल सुधारगृहको स्थलगत अनुगमन गरी विभिन्न पक्षसँग छलफल गरेको छ । 

करिब डेढ वर्षको अवधिमा चार पटक सुधारगृहमा रहेका दुई समूहबिचमा आपसी झडप भइसकेको छ । पछिल्लो पटक असार अन्तिम साता दुई पटक सुधारगृहमा रहेका व्यक्तिहरूबिच झडप भएको छ । द्विपक्षीय झडपमा ५० बढी सम्पर्कविहीन भएकोमा उनीहरूमध्ये अधिकांश पक्राउ परिसकेका छन् । 

तीमध्ये दुई जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । पुनः पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाह र नौवस्तास्थित सुधार गृहमा राखिएको छ । थापा नेतृत्वको अधिकारकर्मी सहितको टोलीले पटक(पटकको झडप, असुरक्षा, व्यवस्थापकीय कमजोरीको बारेमा स्पष्ट पहिचान गरी सरकारलाई समस्याको दीर्घकालीन समाधानका लागि सिफारिस गर्ने इन्सेका लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिनुभयो । अधिकारकर्मी महतले भन्नुभयो, ‘बाँके सहित देशभर रहेका ९ वटै वाल सुधारगृहको अवस्था अध्ययन गरिसरकारलाई वाल अधिकार परिषद्ले आवश्यक सुझाव दिनेछ ।’ 

बालिग भएपनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ । यसअघि गत असोजमा बाल सुधार गृहमा झडप भएपछि राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संस्थाका स्थलगत अनुगमन गरी भविष्यमा झडप लगायतका अन्य घटना हुन नदिन मापदण्ड अनुसार बालसुधार गृह सञ्चालन गर्नुपर्ने, उचित भौतिक पूर्वाधार निर्माण हुनुपर्ने, पोषणयुक्त खाना, शिक्षा तथा सिप विकास तालिमको व्यवस्था गर्नुपर्ने, मनोसामाजिक परामर्शको व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

उक्त सुझावमा उमेर समूह अनुसार बालबालिकालाई छुट्टाछुटै राख्नु पर्ने, कानुनी व्यवस्था अनुसार उमेर वर्गीकरण गरी बालबालिकालाई छुट्टै सुधार गृहमा राख्नुपर्ने, बालसुधार गृहहरूमा भएका समस्याहरूको पहिचान गरी यथाशीघ्र समाधानको पहल थाल्नुपर्ने, सुरक्षाकर्मी र बालसुधार गृह व्यवस्थापनको संरक्षणमा रहेका बालबालिकाहरू असुरक्षित रहनु विडम्बनाको विषय भएकाले सुरक्षाकर्मीको सङ्ख्या बढाउन र सुधार गृहमा रहेका बालकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाई बाल न्याय अनुकूलको न्याय सम्पादन गर्नुपर्ने सुझाव दिएको इन्सेकका संयोजक महतले बताउनुभयो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…