Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

नेपालगन्जमा विपद्को क्षेत्रमा सुपरको प्रभाव

डेक्स

डेक्स

नेपालगन्जमा विपद्को क्षेत्रमा सुपरको प्रभाव
ADVERTISEMENT

नेपालगन्ज ३० असार । विपद् व्यवस्थापन तथा पुर्ब तयारीको कार्यमा सुपर परियोजनाले समुदायमा प्रत्यक्ष प्रभाव पारेको छ । नगरमा विपद्बारेमा सचेतना, तथा जोखिम न्युनीकरण र पुर्वतयारीका बारेमा स्थानीय सचेत भएको पाइएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र युएन ओमेनको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गरेको शहरी विपद् तथा भुकम्पिय पुर्व तयारी परियोजना (सुपर)को समिक्षा बैठकका सहभागीहरुले विपद्को क्षेत्रमा परियोजनाले उल्लेख्य काम गरेको बताएका थिए । 

बैठकमा नेपालगन्जमा सचेतना अभियान, स्थानीय तथा विभिन्न सरोकारवालाको क्षमता अभिबृद्धि र उपमहानगरपालिकामा नीति, योजना निमार्णको कार्यमा प्राविधिक सहयोग गरिएको छ । समिक्षा बैठकमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले परियोजनाको उपलब्धीसहितको कार्यप्रगतिको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

परियोजनाले अवासिय घर विमा कार्यक्रम, व्यवसाय निरन्तरता योजना, फायर वाइक सेवा प्रारम्भ, तथा दमकल सेवा चुस्त र प्रभावकारी, निजी क्षेत्रको सहभागिता तथा साझेदारी, वडास्तरमा विपद् पुर्व तयारीमा लगानी, अन्तरपालिकासंगको समन्वय र साझेदारी बढाएको व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार नेपालगन्जमा सामुदायिक आपतकालिन प्रतिकार्य टोली निर्माण गरी ४०० जना स्वयम्सेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्वन्धी तालिम दिई समुदायमा कृतिम घटना अभ्यासमा संलग्न गराइएको छ । घरायसी आगलागी नियन्त्रणबारे सचेतनामुलक प्रर्दशनी मार्फत जानकारी पनि गराइएको छ । 

महेन्द्र माविमा बृहत्तर विद्यालय सुरक्षा योजना कार्यान्वयन, परम्परागत इनारको मर्मत गरी अग्नी नियन्त्रणसंग जोडिएको, साँघुरा गल्लीमा अग्नी समक यन्त्रको स्थापना, विद्यालयको प्रवलीकरण, साँघुरा गल्लीको नक्सांक्न गरि आपतकालिन मार्गको पहिचान, नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिई दक्ष बनाइएको छ । 

बैठकमा नेपालगन्जका कार्यबाहक मेयर कमरुद्दिन राईले नगरमा संचालित विपद्को कार्यक्रमले ठुलो सहयोग पुगेको भन्दै उपमहानगरपालिकाले आगामी दिनमा विपद्को क्षेत्रमा प्रभावकारी कार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी बाँके सभापति गोबद्र्धनसिंह सम्झना, विपद समितिका संयोजक समिरप्रताप सिंह, वडा नं. ३ का वडाअध्यक्ष मो. आयुब सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, वाताबरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी, लगायतले परियोजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…