Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

विपद् बारेको सचेतनाले स्थानीयको व्यवहारमा परिवर्तन

डेक्स

डेक्स

विपद् बारेको सचेतनाले स्थानीयको व्यवहारमा परिवर्तन
ADVERTISEMENT

नेपालगन्ज । ‘एक दिन म फिल्डको काममा जाँदै थिए, नेपालगन्ज उपममहानगरपालिका वार्ड नं. १९ को बनघुसरा गाउँका एक जनाको घरगोठमा आगो लाग्यो, अनि म अचानक मोटरसाईकल रोकेर आगो नियन्त्रणका लागि नेतृत्व गरे र स्थानीयको सहयोगमा आगो तत्काल निभाउन सके, यो मेरो लागी पहिलो परिक्षा नै सावित भयो ।’ यो भनाई हो, नेपालगन्जका स्वयम्सेवक सुशिल श्रेष्ठको । 

उहाँले भन्नुहुन्छ, ‘आगलागी घटना हुनेवित्तिकै मैले तालिममा सिकेका कुरालाई अवलम्बन गरे र त्यसको नतिजा तत्काल देखियो ।’ पहिला मलाई केही पनि थाह थिएन उहाँले भन्नुभयो, ‘घरमा खाना पकाउने बेला ग्यास सिलिण्डरमा लाग्ने सामान्य आगो समेत निभाउने बारेमा थाह थिएन, तर अहिले यसबारे जानकारी पाएपछि ती कुराहरु म अन्य नागरिकलाई सिकाउन पाउँदा म एक दम खुशी छु, उहाँ बताउनुहुन्छ ।  

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ७ निवासी युवा सुशिल अहिले विपद् बारे मज्जाले सर्वसाधारणलाई बुझाईरहेका छन । उहाँले विपद्का घटना, त्यसले पुरयाउने क्षति, जोखिम न्युनीकरणका लागि अपनाउनुपर्ने सावधानी लगायतका बारेमा आम सर्बसाधारणलाई सचेत बनाउने अभियानमा जुटनु भएको छ । 

छोटो समयमा विपद् क्षेत्रमा उहाँ एउटा अभियन्ताको रुपमा परिचय बनाई सक्नुभएको छ । अहिले नगरका विभिन्न वडामा घरायसी आगलागी नियन्त्रणबारे सचेतनामूलक अभिमुखीकरण तथा प्रर्दशनीमार्फत सचेतना फैलाउने कार्यमा अग्रसर हुनुहुन्छ । 

शहरी विपद् तथा भुकम्पिय पुर्व तयारी परियोजना (सुपर)मार्फत नेपालगन्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारीबारे तालिम लिएपछि उहाँको व्यक्तीगत व्यवहारमा परिवर्तन आएको छ । तालिम पश्चात प्राप्त ज्ञान र सिपले विपद् व्यवस्थापन बारेको सहजीकरणमा सहयोग पुर्याएको उहाँ बताउनुहुन्छ । वडास्तरमा तयार भएका अन्य स्वयम्सेवकहरुले पनि अहिले आगलागी, भुकम्पलगायत विपद्जन्य घटनामा खोज, उद्धार तथा उपचारबारे कृतिम घटना अभ्यासमार्फत चेतना अभिबृद्धि गरिरहेका छन । 

शुसिल जस्तै नेपालगन्जमा करिब ४ सय स्वयम्सेवकहरु रहेका छन । परियोजनामार्फत उनीहरुलाई तालिम दिएर दक्ष बनाइएको छ । उनीहरुले आफ्नो घर परिवार तथा समुदायमा विपद्बारे सचेतना अभिबृद्धिको कार्यमा लागेका छन । 

नेपालगन्जका स्वयम्सेवक कैकसा अन्सारी, डानियल अन्सारी, दिपा सुनार लगायतका स्वयम्सेवकले अहिले समुदायमा विपद्का घटना तथा त्यसको जोखिमबाट बच्ने उपाय र गर्नुपर्ने पुर्व तयारी बारे टोलका स्थानीयलाई सचेतना अभिबृद्धिको कार्य गरिरहेका छन । 
पहिला विपद्बारे सामान्य बुझाई थियो तर अहिले यसबारे बुझीसकेपछि यो त ठुलो जाखिम रहेको थाह भएको बताउनुहुन्छ स्वयम्सेवक अन्सारी । उहाँ भन्नुहुन्छ, पहिला हामीलाई यसबारे कुनै चासो नै थिएन, जुनदिनदेखि तालिम लियौ त्यसदिनदेखि हाम्रो आँखा नै खुलेको छ र हामी यस अभियानमा लागेका छौ ।’ उहाँको भनाई छ । 

सुपर परियोजना नेपालगन्जमा सञ्चालन भएपछि यस अन्र्तगत भएका विभिन्न क्रियाकलापले समुदाय सचेत भएको नेपाल रेडक्रस सोसाईटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘नेपालगन्जबासी र विशेष महिलाहरु विपदका घटना बारे राम्रोसंग बुझेका छन, घरभित्र भान्सा कोठामा ग्यास सिलिण्डरमार्फत हुने आगलागी आफै निभाउन सिकेका छन ।’ घर परिवारमा विपद्को जोखिम तथा पुर्व तयारीका बारेमा सबैले थाहा पाउनु यो सकारात्मक कुरा भएको मन्त्री सिद्दिकीको भनाई छ । 

विपद् व्यवस्थापनका लागि नेपालगन्जमा रहेका परम्परागत इनारलाई संरक्षण गरिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ बताउनुहुन्छ । आगजनीका घटनालाई नियन्त्रण गर्न नगरका अरु वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,–“प्रयोगमा आउन छाडेपछि पुरिएका कुवाको पुनःनिर्माण गरेका छौँ, स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य इनारको मर्मतसम्भार गर्ने योजना छ ।”

सुपर परियोजना नेपालगन्जमा सञ्चालन भएको करिब दुई वर्षको अवधीमा नगरमा विपद्बारेको जनचेतना फैलिएको छ भने नेपालगन्ज उपमहानगरपालिकाले नीतिगत रुपमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले विपद्का लागि स्वयम्सेवक परिचालन कार्यविधी २०८०, विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक, विपद् विमा जस्ता थुप्रै क्रियाकलापहरु संचालन गरेको छ । 

उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०८१/०८२को वार्षिक नीति तथा कार्यक्रममा विपद्को क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने नेपालगन्ज उपमहानगरले नीति लिएको छ । 

नगरको विपद् व्यवस्थापनका लागि स्थानीय आपतकालीन कार्यसंचालन केन्द्रलाई स्तरोन्नति गरी अन्तरपालिका समन्वयलाई थप प्रभावकारी बनाउदै आपतकालिन सेवा संचालनमा समन्वय तथा सहकार्यलाई प्राथमिकतामा राखिने, वारुणयन्त्र शाखाको संस्थागत सुदृढिकरण गर्न आवश्यक उपकरणहरुको व्यवस्था गर्नुको साथै कर्मचारीहरुको मनोवल वृद्धिका लागि आवश्यक पहल गरिने, विपद् जोखिम विमा तथा चालु आ.ब. बाट संञ्चालित भएको निर्जिवन घर विमा कार्यक्रमलाई विस्तार गरिने नीति लिएको नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । 

नेपालगन्जका विभिन्न वडाहरुले समेत विपद्लाई प्राथमिकतामा राखेका छन । नेपालगन्जको वडा नं. ६, ८ र ११ ले घरायसी आगलागी नियन्त्रणबारे सचेतनामुलक प्रर्दशनी गरेका छन भने आगामी दिनमा विपद्बारे प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता गरेको नेपालगन्ज ११ नं. वडा अध्यक्ष नन्दकिशोर कश्यप बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विपद् जुनसुकै समयमा आउने भएकाले यस बारे हामी सचेत र चनाखौ हुनुपर्छ ।’ 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …