Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विपदमा सूचना व्यवस्थापनको कार्य गर्नुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

विपदमा सूचना व्यवस्थापनको कार्य गर्नुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, ४ जेठ : विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहयोगमा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा नेपालगन्जमा आज आयोजित ‘विपद् पुर्व तयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ कार्याशालाका सहभागिहरुले विपद् क्षेत्र बढी संबेदनशिल भएकाले यसको जोखिम न्युनीकरण गर्न स्थानीय समुदायस्तरसम्म सचेतना र पुर्व तयारीको सयन्त्रको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

कार्यशालाका सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि बनेका ऐन, कार्यविधीको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै विपदबाट जोगिन २४सैं घण्टा पुर्व तयारीमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । 

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर जाजरकोट र रुकुमपश्चिममा गत कार्तिकमा गएको भुकम्पपछि पश्चिम क्षेत्र उच्च जोखिम भएकाले विपद् न्युनीकरण र पुर्व तयारीका लागि स्थानीय सरकार बढी सर्तक हुनुपर्ने लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धी बनेका ऐन तथा निर्देशिकालाई संशोधन गर्ने कार्य गरिरहेको छ, विपद् उद्धार खोज, राहत वितरण सम्वन्धीको कार्यविधी र निर्देशिका निमार्ण गरिरहेको छ, भन्नुभयो । विपद सम्वन्धीको ऐन, कानून, कार्यविधीले विपत व्यवस्थापन तथा पुर्व तयारीमा उल्लेख्य सहयोग पुर्याउने उहाँको विश्वास थियो ।

त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विकास निमार्णको काम भन्दा पनि विपद् व्यवस्थापनको मुख्य कुरा भएकाले यसप्रति हामी सबैको चासो र ध्यान जान जरुरी रहेको भन्दै विपद् पुर्व तयारीका लागि स्थानीय तहको भुमिका अझ बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विपद् सम्वन्धी विभिन्न ऐन, कार्यविधी र निर्देशिका निमार्ण गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको भन्दै पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्जमा विपद व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने जोड दिनुभयो । 

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत जिल्ला प्रशासन कार्यालयका विपत फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधी, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको थियो । 
–––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…