Pairabi logo

माघ १३, २०८२, सोमबार                    

विपदमा सूचना व्यवस्थापनको कार्य गर्नुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

विपदमा सूचना व्यवस्थापनको कार्य गर्नुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, ४ जेठ : विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहयोगमा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा नेपालगन्जमा आज आयोजित ‘विपद् पुर्व तयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ कार्याशालाका सहभागिहरुले विपद् क्षेत्र बढी संबेदनशिल भएकाले यसको जोखिम न्युनीकरण गर्न स्थानीय समुदायस्तरसम्म सचेतना र पुर्व तयारीको सयन्त्रको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

कार्यशालाका सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि बनेका ऐन, कार्यविधीको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै विपदबाट जोगिन २४सैं घण्टा पुर्व तयारीमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । 

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर जाजरकोट र रुकुमपश्चिममा गत कार्तिकमा गएको भुकम्पपछि पश्चिम क्षेत्र उच्च जोखिम भएकाले विपद् न्युनीकरण र पुर्व तयारीका लागि स्थानीय सरकार बढी सर्तक हुनुपर्ने लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धी बनेका ऐन तथा निर्देशिकालाई संशोधन गर्ने कार्य गरिरहेको छ, विपद् उद्धार खोज, राहत वितरण सम्वन्धीको कार्यविधी र निर्देशिका निमार्ण गरिरहेको छ, भन्नुभयो । विपद सम्वन्धीको ऐन, कानून, कार्यविधीले विपत व्यवस्थापन तथा पुर्व तयारीमा उल्लेख्य सहयोग पुर्याउने उहाँको विश्वास थियो ।

त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विकास निमार्णको काम भन्दा पनि विपद् व्यवस्थापनको मुख्य कुरा भएकाले यसप्रति हामी सबैको चासो र ध्यान जान जरुरी रहेको भन्दै विपद् पुर्व तयारीका लागि स्थानीय तहको भुमिका अझ बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विपद् सम्वन्धी विभिन्न ऐन, कार्यविधी र निर्देशिका निमार्ण गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको भन्दै पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्जमा विपद व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने जोड दिनुभयो । 

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत जिल्ला प्रशासन कार्यालयका विपत फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधी, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको थियो । 
–––
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …