Pairabi logo

माघ १३, २०८२, सोमबार                    

विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी

सम्वाददाता

सम्वाददाता

विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी
ADVERTISEMENT

नेपालगन्ज, ३ जेठ : लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धीका घटनाहरु बढी रहेकाले त्यसको व्यवस्थापन तथा पुर्व तयारीका लागि नीतिगत रुपमा सुधार गर्ने बताउनुभएको छ । 

नेपालगन्जमा आजदेखि शुरु भएको ‘विपद् पुर्वतयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ दुईदिने कार्याशालाको उद्घाटन गर्दै मन्त्री पन्थीले विपद् व्यवस्थापन तथा न्युनीकरण र पुर्व तयारीका लागि सूचना व्यवस्थापन प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री पन्थीले प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धी बनेका ऐन तथा निर्देशिकालाई संशोधन गर्ने कार्य गरिरहेको भन्दै विपद् उद्धार खोज, राहत वितरण सम्वन्धीको कार्यविधी र निर्देशिका निमार्ण गरिरहेको जानकारी दिनुभयो । उहाँले विपद सम्वन्धीको ऐन, कानून, कार्यविधीले विपत व्यवस्थापन तथा न्युनीकरणमा उल्लेख्य सहयोग पुरयाउने विश्वास लिनुभयो । 

विपद व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना प्रविधी बढी प्रभावकारी हुने भएकाले त्यसको प्रयोग गरि उच्च प्रविधीको जडान तथा प्रयोगको कार्य जिल्ला तथा स्थानीयस्तरसम्म कार्यन्वयन गर्ने तयारी भईरहेको मन्त्री पन्थीले भन्नुभयो, –‘त्यसका लागि जिल्ला र स्थानीय तहसंगको सहयोग र समन्वय लिइने छ, विपद् आउनुभन्दा पहिले पुर्व तयारीका लागि हामी सबै जना सर्तक रहौ ।’ 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विकास निमार्णको काम भन्दा पनि विपद् व्यवस्थापनको मुख्य कुरा भएकाले यसप्रति हामी सबैको चासो र ध्यान जान जरुरी रहेको भन्दै विपद् पुर्व तयारीका लागि स्थानीय तहको भुमिका अझ बढाउनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख विष्टले नागरिकको सुरक्षाका लागि नीतिगत रुपमा नै कार्ययोजना निमार्ण गरि कार्य गरिरहेको भन्दै नेपालगन्जमा भुकम्प पुर्व तयारी परियोजनाले राम्रो अभ्यासको सुरुवात गरेको बताउनुभयो । 

उहाँले विपद् सम्वन्धी विभिन्न ऐन, कार्यविधी र निर्देशिका निमार्ण गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको भन्दै पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्जमा विपद व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने जोड दिनुभयो । 

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत जिल्ला प्रशासन कार्यालयका विपत फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधी, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको छ ।

दुई दिने कार्यशालामा विपद् पुर्वतयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतका लागि विषेश छलफल गरि आवश्यक रणनीति निमार्ण गरिने जनाइएको छ ।  

लुम्विन्ी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा युएनडिपीका सुधिर कुमारले कार्यक्रमको उद्देश्यमाथी प्रकाशन पार्नुभएको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …