Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी

सम्वाददाता

सम्वाददाता

विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी
ADVERTISEMENT

नेपालगन्ज, ३ जेठ : लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धीका घटनाहरु बढी रहेकाले त्यसको व्यवस्थापन तथा पुर्व तयारीका लागि नीतिगत रुपमा सुधार गर्ने बताउनुभएको छ । 

नेपालगन्जमा आजदेखि शुरु भएको ‘विपद् पुर्वतयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ दुईदिने कार्याशालाको उद्घाटन गर्दै मन्त्री पन्थीले विपद् व्यवस्थापन तथा न्युनीकरण र पुर्व तयारीका लागि सूचना व्यवस्थापन प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री पन्थीले प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धी बनेका ऐन तथा निर्देशिकालाई संशोधन गर्ने कार्य गरिरहेको भन्दै विपद् उद्धार खोज, राहत वितरण सम्वन्धीको कार्यविधी र निर्देशिका निमार्ण गरिरहेको जानकारी दिनुभयो । उहाँले विपद सम्वन्धीको ऐन, कानून, कार्यविधीले विपत व्यवस्थापन तथा न्युनीकरणमा उल्लेख्य सहयोग पुरयाउने विश्वास लिनुभयो । 

विपद व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना प्रविधी बढी प्रभावकारी हुने भएकाले त्यसको प्रयोग गरि उच्च प्रविधीको जडान तथा प्रयोगको कार्य जिल्ला तथा स्थानीयस्तरसम्म कार्यन्वयन गर्ने तयारी भईरहेको मन्त्री पन्थीले भन्नुभयो, –‘त्यसका लागि जिल्ला र स्थानीय तहसंगको सहयोग र समन्वय लिइने छ, विपद् आउनुभन्दा पहिले पुर्व तयारीका लागि हामी सबै जना सर्तक रहौ ।’ 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विकास निमार्णको काम भन्दा पनि विपद् व्यवस्थापनको मुख्य कुरा भएकाले यसप्रति हामी सबैको चासो र ध्यान जान जरुरी रहेको भन्दै विपद् पुर्व तयारीका लागि स्थानीय तहको भुमिका अझ बढाउनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख विष्टले नागरिकको सुरक्षाका लागि नीतिगत रुपमा नै कार्ययोजना निमार्ण गरि कार्य गरिरहेको भन्दै नेपालगन्जमा भुकम्प पुर्व तयारी परियोजनाले राम्रो अभ्यासको सुरुवात गरेको बताउनुभयो । 

उहाँले विपद् सम्वन्धी विभिन्न ऐन, कार्यविधी र निर्देशिका निमार्ण गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको भन्दै पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्जमा विपद व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने जोड दिनुभयो । 

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत जिल्ला प्रशासन कार्यालयका विपत फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधी, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको छ ।

दुई दिने कार्यशालामा विपद् पुर्वतयारी र प्रतिकार्यका लागि आपतकालिन कार्यसञ्चालन केन्द्रको संस्थागतका लागि विषेश छलफल गरि आवश्यक रणनीति निमार्ण गरिने जनाइएको छ ।  

लुम्विन्ी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा युएनडिपीका सुधिर कुमारले कार्यक्रमको उद्देश्यमाथी प्रकाशन पार्नुभएको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…