Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै

डेक्स

डेक्स

जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । 
तेस्रो मुलुकबाट नेपाल भित्रने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना भएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा काम विहीन भएको हो । 
अहिले उक्त कार्यालयले पर्यटन प्रर्वद्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना अधिकारी कान्ता भण्डारीले जानकारी दिनुभयो । 
उहाँले होम स्टे (घरबास) सञ्चालन लगायतका विषयमा तालिम दिइएको उल्लेख गर्दै कोरोनाकालपछि पर्यटकहरु भारतबाट नेपाल र नेपालबाट भारत जान बन्द भएको बताउनुभयो । 
“कहिलेकाही झुक्किएर आउनुभएको छ तर उहाँहरुलाई हामीले सबै विषय जानकारी दिएर काठमाण्डौं समेत पठाएका छौ ” उहाँले भन्नुभयो । 
भण्डारीले केही दिन अघि मात्रै जर्मनका पर्यटक आएर फर्केको जानकारी दिँदै सूचना केन्द्र सञ्चालनमा नआउदा पर्यटकहरु अलमल परेपछि उनीहरुलाई सहजीकरण गर्ने काम गरिएको बताउनुभयो । 
पर्यटन विकास परिषद रुपन्देहीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन सूचना केन्द्र अब छिट्टै सञ्चालनको तयारीमा रहेको उल्लेख गर्दै पर्यटन सम्वन्धी डिजिटल र होडिङ् बोर्ड राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । 
“केही समयपछि त्यसलाई मर्मत, संहार गरेर नयाँ स्वरुपमा वैशाखको दोस्रो साताबाट नै सञ्चालनमा आउछ” उहाँले भन्नुभयो । अहिले दैनिक ज्यालादारीमा रहेका दुई कर्मचारीबाट मात्रै सो कार्यालय सञ्चालन भइरहेको छ । पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद अन्र्तगत पर्छ । 
नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउदा बाँकको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दवाव आवश्यक भएको बताउनुभयो । 
 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…