Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै

डेक्स

डेक्स

जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । 
तेस्रो मुलुकबाट नेपाल भित्रने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना भएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा काम विहीन भएको हो । 
अहिले उक्त कार्यालयले पर्यटन प्रर्वद्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना अधिकारी कान्ता भण्डारीले जानकारी दिनुभयो । 
उहाँले होम स्टे (घरबास) सञ्चालन लगायतका विषयमा तालिम दिइएको उल्लेख गर्दै कोरोनाकालपछि पर्यटकहरु भारतबाट नेपाल र नेपालबाट भारत जान बन्द भएको बताउनुभयो । 
“कहिलेकाही झुक्किएर आउनुभएको छ तर उहाँहरुलाई हामीले सबै विषय जानकारी दिएर काठमाण्डौं समेत पठाएका छौ ” उहाँले भन्नुभयो । 
भण्डारीले केही दिन अघि मात्रै जर्मनका पर्यटक आएर फर्केको जानकारी दिँदै सूचना केन्द्र सञ्चालनमा नआउदा पर्यटकहरु अलमल परेपछि उनीहरुलाई सहजीकरण गर्ने काम गरिएको बताउनुभयो । 
पर्यटन विकास परिषद रुपन्देहीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन सूचना केन्द्र अब छिट्टै सञ्चालनको तयारीमा रहेको उल्लेख गर्दै पर्यटन सम्वन्धी डिजिटल र होडिङ् बोर्ड राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । 
“केही समयपछि त्यसलाई मर्मत, संहार गरेर नयाँ स्वरुपमा वैशाखको दोस्रो साताबाट नै सञ्चालनमा आउछ” उहाँले भन्नुभयो । अहिले दैनिक ज्यालादारीमा रहेका दुई कर्मचारीबाट मात्रै सो कार्यालय सञ्चालन भइरहेको छ । पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद अन्र्तगत पर्छ । 
नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउदा बाँकको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दवाव आवश्यक भएको बताउनुभयो । 
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…