Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

सम्वाददाता

सम्वाददाता

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला
ADVERTISEMENT

नेपालगन्ज, १७ चैत : बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ ९सफारीका लागि बाटो० खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको बताउँदै निकुञ्जभित्र अहिले वनपथ चालु अवस्थामा रहेको जानकारी दिनुभयो । 

“निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ पुगेको छ । आहारा प्रजातिको सङ्ख्या पनि बढेको छ”, उहाँले भन्नुभयो, “गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन चालु आर्थिक वर्षमा थप दुईवटा पोखरी निर्माण गर्न लागेका छौँ ।”

निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेल्न सक्ने योजनामा निकुञ्ज रहेको संरक्षण अधिकृत शाहको भनाइ छ । “हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “यसअघि कुनै पनि आर्थिक वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको तथ्याङ्कमा उल्लेख छैन । चालु आवमा कम्तीमा पनि दुई हजारभन्दा बढी पर्यटकको सङ्ख्या पु¥याउने प्रयासमा छौँ ।” 

प्रमुख संरक्षण अधिकृत शाहले पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसेमैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो । स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनको कामलाई केन्द्रमा राखिएको उहाँको भनाइ छ । 

दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

    पर्यटन प्रवर्द्धनका लागि समन्वयमा जोड 

बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय हुनुपर्नेमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् । शुक्रबार निकुञ्ज परिसरमा गरिएको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायतले एकापसमा समन्वय गर्न जोड दिएका हुन् । 

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले आन्तरिक तथा बाह्य पर्यटकका लागि एयरपोर्ट र होटेल बसाइका लागि बर्दियाभन्दा बाँके राष्ट्रिय निकुञ्ज नै सबैभन्दा नजिक र पायक पर्ने स्थानमा भएको हुँदा बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । 

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताउनुभएको थियो । पर्यटन प्रवर्द्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि केन्द्रीय सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताउनुभयो । प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भए पनि खासै सहकार्य हुन नसकेको उहाँको भनाइ थियो । “निकुञ्जले ठोस पहल कदमी लिन सक्यो भने हामीले आंशिक रुपले सफलता प्राप्त गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “हामीसँग धेरै नै महत्वकाङ्क्षी योजना छन् ।” 

कार्यक्रममा फ्रेन्ड फर वाइल्डलाइफ कन्जरभेसनका राष्ट्रिय अध्यक्ष आशीष चौधरीले घरबासमा अग्र्यानिक कुरा प्रत्युत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । “निकुञ्ज भ्रमण गर्न आउने पर्यटक घरबासमा बस्न रुचाउँछन् । उनीहरुका लागि रैथाने र अग्र्यानिक परिकारले आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पर्यटनहरु भित्रने नेपालगञ्जको सीमानाका र एयरपोर्टलगायत ठाउँमा निकुञ्जको प्रचारप्रसारमा कमी भएको हुनाले यसको प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ ।” 

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले निकुञ्जमा अझै पनि पूर्वाधार कमी रहेको बताउनुभएको थियो । “निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसेमैदान, पोखरी छैनन्”, उहाँले भन्नुभयो, “चुरेको फेदीमा प्रशस्त पानी छ । त्यो पानीलाई व्यवस्थित गरेर त्यहाँसम्म बाटो पु¥याउन सकियो भने पर्यटकका लागि त्यो अत्ति नै आकर्षक र मनमोहक बन्न सक्छ ।”

रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताउनुभएको थियो । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्नेमा उहाँले सुझाव दिनुभएको थियो । 

कार्यक्रममा बाँकेका घरबास व्यवसायी, होटल व्यवसायी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति उज्ज्वल थापा, विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वन समुहका पदाधिकारी, निकुञ्जका कर्मचारी, संरक्षणकर्मीलगायतको सहभागिता थियो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …