Pairabi logo

साउन ११, २०८३, सोमबार                    

पत्रकारको श्रमका पक्षपाति सुशील’दा

डेक्स

डेक्स

पत्रकारको श्रमका पक्षपाति सुशील’दा
ADVERTISEMENT

विचार

विपुल पोख्रेल
काठमाडौँ, २७ माघ : नेपाल पत्रकार महासङ्घको एउटा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभएको थियो– “अब पत्रकारहरु पनि गाडी चढ्न सक्ने हुुनुपर्दछ ।” उहाँको त्यो सम्बोधन हुँदै गर्दा प्रज्ञा–प्रतिष्ठानको हल हाँसो र तालीले गुञ्जायमान भयो । पत्रकारले पारिश्रमिक पाउने र गाडी किन्ने अवस्थाको निर्माण असम्भव जस्तै लाग्थ्यो त्यो बेला । त्यसैले हल हाँसोसहित गुञ्जायमान भएको थियो । तर कोइरालाको त्यो भनाइको अन्तर्य निकै गहन थियो । 

श्रम गर्ने पत्रकारले श्रमको उचित सम्मान नपाउने कुरा एउटा लोकतान्त्रिक नेतृत्वका लागि स्वीकार्य थिएन । उहाँले पत्रकारको यो पीडा राम्रोसँग महसुस गर्नुभएको थियो । कोइरालाले भने झैँ यतिबेला सबै श्रमजीवी पत्रकार गाडी चढ्न नसके पनि सम्पादक गाडी चढ्न थालेका छन् । पत्रकार सम्मेलन गर्नका लागि आयोजकहरुले गाडी सहजरुपमा पार्किङ गर्न सकिने स्थान खोज्न थालेका छन् । 

सुशील कोइराला नेपाली राजनीतिमा एउटा आदर्श, सादगी अनि सहज नेताका रुपमा चिनिनु हुन्छ । उहाँले आफूलाई जीवनपर्यन्त बिपी कोइरालाको एउटा असल अनुयायीका रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुभयो भन्ने गरिन्छ, २०१७ सालको ‘कु’ नभएको भए सुशील कोइराला चलचित्रको नायक बन्नुहुन्थ्यो । नायक हुनु भनेको सृजनशील हुनु हो । 

राजनीतिमा सृजनशीलता सधैँ अपेक्षित हुन्छ । त्यसैले दार्शनिकहरुले भन्ने गरेका छन्, राजनीति कला पनि हो, विज्ञान पनि हो । विज्ञानले परिणाम निकाल्छ, कलाले त्यो परिणाम निकाल्नका लागि भूमिका खेल्छ । त्यसकारण कला अर्थात् सृजनशील पक्षको अभाव भएको नेतृत्वले राजनीतिमा कुनै परिणाम दिन सक्दैन । सृजनशील सुशील कोइरालाले आफ्नो जीवनमा परिणाम मात्र दिनुभयो । उहाँ प्रधानमन्त्री हुँदा असम्भव झँै लाग्ने संविधान नै जारी गर्नुभयो । 

संविधानका पिताको विशेषण आफ्ना नामका अगाडि थपेर उहाँको निधन भयो । उहाँ नायक हुने सपनामा रमाउँदै गर्दा उहाँलाई कसैले पनि राजनीतिमा जम्ला भनेर सोच्नुभएको थिएन तर तानाशाही व्यवस्था प्रारम्भ भएपछि उहाँले आफ्नो व्यक्तिगत चाहनाको क्षेत्र छाडेर लोकतान्त्रिक आन्दोलनको सिपाही हुने निधो गर्नुभयो ।

कोइराला परिवारको व्यवस्थापनका नाममा लोकतान्त्रिक आन्दोलनसँग जोडिनुभयो । उहाँ सबै निजी स्वार्थभन्दा टाढा हुनुहुन्थ्यो । यतिसम्म कि उहाँले विवाहका प्रशस्त सम्भावनालाई नकार्दै एउटा आन्दोलनमा प्रतिबद्ध सिपाहीका रुपमा आफूलाई समर्पित गर्नुभयो । 

लोकतन्त्रकका पक्षमा यसरी समर्पित कोइरालाले नागरिक अधिकारभन्दा ठूलो केही कुरालाई पनि मान्नु भएन । लोकतन्त्रलाई उहाँले संसारको उत्तम शासन व्यवस्था ठान्नुभयो । लोकतान्त्रिक पद्धतिको पक्षमा उहाँले आफूलाई सधँै उभ्याइरहनुभयो । एउटा रोचक सन्दर्भ छ कोइरालाको ।

बाँकेबाट चुनाव लड्दै गर्दा कोइरालासँग स्थानीयले खानेपानीको धाराको अपेक्षा गरे । चुनावको बेलाको अपेक्षालाई उम्मेदवारले ‘हुन्छ’ भन्छन् र भन्नुपर्छ भन्ने आम अपेक्षा थियो । तर कोइरालाले खरो जवाफ दिनुभयो, “धारा देनेका काम म्युनिसिपिलिटीवाले करेङ्गे, मै तो कानुन निर्माण के लिए पार्लियामेन्टके मेम्बरके लिए इलेक्सनमे आया हुँँ, पानी के नल आप लोगोँको मुझसे नहीँ माग्नी चाहिए ।” यो जवाफ कोइरालाका लागि प्रत्युत्पादक भयो ।

उहाँले २०५१ सालको चुनाव हार्नुभयो । विसं २०६४ को चुनाव पनि कोइरालाले हार्नुभयो । तर उहाँले आफ्नो अभिव्यक्तिलाई कहिल्यै गलत ठान्नुभएन । कोइराला भन्नुहुन्थ्यो, “लोकतन्त्र गतिशील भयो भने आवश्यकताअनुसारको विकास अनिवार्य हुन्छ ।” उहाँको यो आदर्श नेपालको सन्दर्भमा कहिले कार्यान्वयन हुने हो वा होइन रु यो कुराको जवाफ समयले देला । तर कोइरालाको यो पवित्र सोच नेपालका सबै राजनीतिक नेतृत्वमा देखियो भने अवस्था परिवर्तन हुन कुनै समय लाग्ने छैन । 

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन प्रारम्भ भएपछि कोइराला नेपालगञ्जको प्रहरी कार्यालयमा कैदी हुनुभयो । संयोगले भेट्ने अवसर पाइयो । लामो कुराकानी पछि उहाँले भन्नुभयो, “गणतन्त्रको पक्षमा तपाईंहरु ९पत्रकारहरु०ले जनमत बनाई दिनूस्, अनि कुरा गरम्ला ।”

उहाँको यो अभिव्यक्तिसँगै कोइराला बसेको कोठाको माथि टाँगिएका राजारानीको फोटो देखाउँदै मैले भने, ‘सुशील‘दा त्यो फोटोको ठाउँमा म राष्ट्रपति सुशील कोइरालाको फोटो हेर्न चाहन्छु ।” मैले यसो भन्दा उहाँले आँसु झार्नुभयो । पत्रकार महासङ्घका तत्कालीन सभापति तारानाथ दाहाल, सदस्य विनोद ढुङ्ेल, पोषण केसी र नेपालगञ्जका पत्रकार कृष्ण अधिकारी यो संवादका साक्षी थिए । 

कोइरालाको आँसुमा मैले गणतन्त्रको चित्र देखेँ । जनमत निर्माणमा लागियो । अनी उहाँकै नेतृत्वमा गणतान्त्रिक संविधान बन्यो । मिडियासँगको यो ढङ्गको अपेक्षा र विश्वास कमै राजनीतिक नेतृत्वले गरेका हुन्छन् । सुशील कोइरालामा त्यो तहको विश्वास थियो । उहाँ प्रधानमन्त्री हुँदा संविधानका विषयमा छलफल हुँदा पत्रकारिताका सन्दर्भमा छलफल हुँदा उहाँले सधैँ ‘पत्रकार महासङ्घले के भन्छ यो विषयमा रु’ भनेर सोध्ने गर्नुहुन्थ्यो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बिपी कोइराला अनि गिरिजाप्रसाद कोइरालाको जस्तै प्रस्ट दृष्टिकोण थियो सुशील कोइरालाको । लोकतन्त्रको निरन्तर अभ्यासको कडा पक्षपाति कोइरालाले मिडियालाई लोकतन्त्रको निरन्तर अभ्यासका लागि ‘मोविल’को सङ्ज्ञा दिनुहुन्थ्यो । 

मिडियाको महत्वलाई यसरी बुझ्न सक्ने राजनीतिक नेतृत्व हुने हो भने नेपाली मिडियाका धेरै समस्याको समाधानका लागि राज्य सहयोगी हुन्थ्यो होला । उहाँ पत्रकारिताका पक्षपातीमात्र नभएर नेपाली राजनीतिका असल पात्र हुनुहुन्थ्यो । त्यही असल बाटो हो, जुन यात्राले उहाँलाई नेपाली जनतामाझ लोकप्रिय बनायो र राजनीतिमा सफल पनि गरायो । कोइराला   राजनीतिलाई असल मार्ग हिँडाउन खोज्नुहुन्थ्यो । कम बोल्ने, तर मीठो बोल्ने उहाँको स्वभाव, व्यवहार र सरलताको प्रत्यक्ष साक्षी भएका कारण पनि यो अनुभव भएको हो ।

दोस्रो निर्वाचित संविधानसभाले संविधान बनायो । प्रधानमन्त्री कोइरालाले सबैको योगदानलाई समेटेर संविधान जारी गर्ने सफल वातावरणलाई नेतृत्व दिन सके आन्तरिक तनाव र बाह्य दबाबका कारण बनेर संविधान आउने, नआउने वा कहिले आउने अनिश्चयका बीच सहमति, सहकार्य, एकता र मेलमिलाप सूत्र पढाएर उहाँले त्यो सफलता नेपाली राजनीतिलाई दिन सक्नुभएको हो । राजनीतिलाई स्वच्छ नैतिक दायित्व मान्ने उहाँले आफ्नो जीवनको अन्तिम ध्येय संविधान बनाउन निश्चित गर्नुभएको थियो ।

नेपाली राजनीतिका ती मूर्धन्य पात्र एवं राष्ट्रिय ध्येयमा समर्पित राजनीतिज्ञ सुशील कोइराला बित्नुभएको नवौँ वर्ष प्रवेश गरेको छ । नवौँ स्मृति दिवसमा उहाँप्रति भावभिनीश्रद्धा, श्रद्धाञ्जलि । (लेखक नेपाल पत्रकार महासङ्घका सभापति हुनुहुन्छ )

ताजा

सबै

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगञ्ज, । बाँकेको डुडुवा गाउँपालिका६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका…

लोकप्रिय

सबै

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण

नेपालगन्ज ६ साउन । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वम…

नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो …

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…

यो पनि

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…