Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जमा ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’
ADVERTISEMENT

नेपालगन्ज ४ पुस । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ । 

पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ । घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो ।

सडकमा जथाभावी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । 

जिल्ला प्रशासन, वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाई अभियन्ता, नगर प्रहरीसहित आज (बुधबार) देखि सडकमै उत्रिएर नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ । “नगरबासीलाई सचेत बनाउन हिंडेका छौं, पटक पटक यो कुरा भन्दै आएका छौं, अब यो अन्तिम पटक हो, भोलिदेखि जथाभावी फोहोर फालेमा कारबाही गर्छौं, हाम्रो ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ,” नगर प्रमुख विष्टले भन्नुभयो ।

अटेर गरे पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिइएको छ । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको हो । नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि सचेतनासंगै कारबाहीको नीति अख्तियार गर्नुपरेको उहाँको भनाई छ । 

घरदैलोमा उपस्थित हुनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताउनुभयो । यो अभियानमा स्थानीय प्रशासनको दरिलो साथ रहेको पोखरेलको भनाई छ ।

पहिलो चरणमा स्याम्पलिंगको रुपमा चारबाहिनीदेखि कल्पत्रुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । “अब हामी अन्तिम पटक सचेत बनाउँछौं, पम्प्लेट वितरण गरेका छौं, माइकिंग गरिरहेका छौं, अब पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछौं,” डिसीले भन्नुभयो ।

‘आफ्नो फोहोर आफ्नै डस्टविनमा’ अभियान सुरु गरेर नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यमा हातेमालो गरिरहनुभएका सरसफाई अभियन्ता गोपाल गिरीले अटेर गरे अब तत्काल जरिवाना लगाउनुपर्ने बताउनुभयो । “सचेतीकरण धेरै भइसक्यो, अब एक्सनमा जानुपर्दछ, फोहोर गर्ने अधिकार कसैलाई छैन, नगरबासीहरु गैरजिम्मेवार बन्न मिल्दैन,” गिरीले भन्नुभयो ।

घरदैलो अभियानमा वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सहभागी हुनुभएको थियो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …