Pairabi logo

माघ ०१, २०८२, बुधबार                    

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य

डेक्स

डेक्स

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य
ADVERTISEMENT

नेपालगन्ज ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ ।

देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सर्वजनिक गर्दै चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको हो । आर्थिक वर्ष २०८०र८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको आंकलन छ ।

त्यस्तै उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ ।

देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९र०८० असोजको मूल्यवृद्धि ७।५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो । तर, मौद्रिक नीतिले लिएको ६।५ प्रतिशतको लक्ष्यभन्दा केही बढी रहेको छ । खासगरी खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ । २०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८।४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६।८ प्रतिशत रहेको छ ।

बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको छ जनाइएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १।७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३।८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि ३।३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधान्तर बचत २०८० असोजसम्म ९९ अर्ब रुपैयाँ कायम भएको छ । २०७९ असोजसम्म ८ करोड रुपैयाँ जति विदेशी लगानी आएकोमा चालू आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको देखाएको छ ।

शोधान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चिती बढ्दै गई २०८० असोजमा १६ खर्ब ४३ अर्ब अर्थात १२।३ अर्ब अमेरिकी डलर पुगेको छ । उक्त सञ्चितीले १०।३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालू आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५।३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८।२ प्रतिशतले बढेकोमा चालू वर्ष १४।९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको छ । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आ्रकलन गरिएको छ ।

ताजा

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

लोकप्रिय

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…