Pairabi logo

असार ०७, २०८३, आइतबार                    

बाँकेमा लोपोन्मुख पुतका मौरीको संरक्षण हुँदै

डेक्स

डेक्स

बाँकेमा लोपोन्मुख पुतका मौरीको संरक्षण हुँदै
ADVERTISEMENT

नेपालगन्ज । लामो समय मौरी पालन व्यवसायमा लाग्नुभएका बाँकेको कोहलपुर—११ का पुरमुल बस्नेत आजकल लोपोन्मुख पुत्का मौरीको संरक्षण र सम्वद्र्धनमा लाग्नुभएको छ । 
उहाँले पुत्का जातको रैथाने मौरी संकटमा भएको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा व्यक्त गर्नुभयो । 
‘मौरी पालक कृषकले जति आम्दानीको लागी मिहिनेत गरेको हुन्छ, जैविक विविधता संरक्षणमा पनि उसको दायित्व हुन्छ’ बस्नेतले भन्नुभयो । लोप हुने अवस्थामा रहेको पुत्का जातको सो मौरीलाई थारु भाषामा ‘मगरासा’र अग्रेजीमा ‘मेलिपोना’ भनेर चिनिन्छ । विश्वभर ४०० प्रजाती रहेको उक्त मौरी नेपालमा कति छ भन्ने विषयमा अनुसन्धान नभएको बताइएको छ । यसलाई खिलरहित मौरीको रुपमा समेत चिनिन्छ । रैथाने जातको सो मौरीबाट महको उत्पादन गरिएको छैन त्यसलाई बचाउनका लागि मात्रै काम भएको उहाँले बताउनुभयो । काठका मुडा र आधुनिक ३० घारमा उनीहरुको बासस्थान निर्माण गरिएको छ । ‘यो एउटा अध्ययनको विषय भएको छ र गाभर भ्यालीमा रैथाने प्रकृतिका घर बनाउनुका साथै सामुदायिक जिन बैंक स्थापना गरेर एग्रो टुरिजमको काम भएको छ’ बस्नेतले भन्नुभयो । 
यसको संरक्षणसँगै उहाँले भमरा पनि लोप हुन लागेको भन्दै त्यसको संरक्षण गर्न सुरु गर्नुभएको छ । जैविक विविधताका लागि भमरा बाहेक परागशेचन नहुने तर्क गर्दै बस्नेतले अन्य धेरै रैथाने जातका किट जोखिममा रहेको औल्याउनुभयो । उहाँ भन्नुहुन्छ ‘एउटा सेतो पाटे भमरा र अर्को कालो भमराको घार बनाएर संरक्षण गरेको छु । 
बस्नेतले भन्नुभयो—‘लोपोन्मुख मौरीको र भमराका लागि किट पाठशाला बनाउन आवश्यक छ तर त्यसको विकास भएको छैन । ’ उहाँले खाग प्रजातीको मौरीको पनि संरक्षण आवश्यक भएकोमा जोड दिदै रैथाने प्रजाती धेरै किटको बासस्थान नासिएकोमा चिन्ता व्यक्त गर्नुभयो । 
‘पहिले रैथाने हाम्रा घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिए त्यही भएर पनि यसको संरक्षण जरुरी भयो’उहाँले भन्नुभयो । 
जिल्लाको कोहलपुरका विभिन्न विद्यालयमा किटको बासस्थान बनाउन काम गरेको जानकारी दिदै वि.स २०७८ सालमा पहिलो पटक नेपाल सरकारले ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामाकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु भएको उहाँको भनाई छ । उहाँलाई नार्कको पनि साथ र सहयोग रहेको छ । नार्कले प्राविधिक रुपमा सहयोग गरिरहेको छ । यस बाहेक बर्दियामा रैथाने पशुको जीन संरक्षण गर्ने र त्सबाट मल कारखाना सुरु गर्ने तयारी समेत भएको जानकारी दिदै बस्नेतले नार्क र माटो विभागले त्यसमा सहयोग पु¥याइरहेको छ । 

हाम्रा आहारविहार र क्रियाकलापले वातावरणीय सन्तुलन बिग्रदा त्यसको असर मौरीमा पनि परेकोले जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको भएको उहाँले बताउनुभयो । वि.स २०६७ सालदेखि मौरी पालन व्यवसायमा लाग्नुभएका बस्नेतले मेलिफेरा नामक उन्नत जातको मौरी पालन गरेको जानकारी दिदै दुई घारबाट सुरु भएको मौरीपालन व्यवसाय ९० घारको हाराहारीमा पुगेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘एउटा घारबाट मात्रै करिव २० देखि २५ किलो महको उत्पादन हुन्छ ।’ 
तराईमा चल्ने शितलहर र तरकारी खेती र तोरी खेतीमा अत्यधिक बिषादीको प्रयोगले मौरी प्रभावित भएको उल्लेख गर्दै बस्नेतले हाईब्रिड उत्पादन भन्दा रैथाने जातका बालीबाट महको उत्पादन अर्गानिक र गुणस्तरिय हुने बताउनुभयो । व्वयसायिक रुपमा मौरी पालन गर्नुभएका उहाँ मौरी पालनमा प्रचुर सम्भावना भएको उल्लेख गर्दै आयआर्जनका लागि पनि सहज भएको बताउनुभयो । 
मौरीपालक कृषक समूह, बाँकेका अध्यक्ष समेत रहनुभएका बस्नेतले मौरी पालनबाट आयआर्जनको काम गरेको र करिव ९० घार मौरी पालनमा करिव १० लाख लगानी भएको र त्यसबाट वार्षिक रु. ५ लाख आयआर्जन भएको उल्लेख गर्नुभयो । 
उहाँले मौरी चराउन बाँके र बर्दियाका विभिन्न स्थानमा घार नै बोकेर जानुपर्ने बाध्यता भएको जानकारी दिदै पहिले मौरी चराउनयोग्य भएको वा नभएको भन्ने विषयमा अध्ययन हुने बताउनुभयो । 
‘अहिले मौरी चराउने भनेको तोरी बारीमा हो, यसको सिजन छ’ बस्नेत भन्नुहुन्छ ।  बाँकेमा केही कृषक मात्रै मौरी पालन व्ववसायमा हुनुहुन्छ । जिल्लालाई मौरीको चरन क्षेत्रका हिसाबले उत्कृष्ट मानिएपनि बढी जाडो र बढी गर्मी हुने भएकाले मौरी पालनका हिसावले राम्रो नभएको कृषकहरु बताउछन । 
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सकिल अहमद यस बर्ष मौरी पालनको कार्यक्रम जिल्लामा नरहेको उल्लेख गर्दै किसानको माग नआएको बताउनुभयो । 

 

ताजा

सबै

गोपाल नीना फाउण्डेसनमा ४९ जनाले गरे रक्तदान

पवन जायसवाल नेपालगन्ज /गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान…

बैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुंदे कार्ययोजना निर्माण

बैजनाथ (बाँके) ६ असार । बाँके बैजनाथ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सामाजिक परि…

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् प…

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार निय…

लोकप्रिय

सबै

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बना…

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

बर्दिया, ३ असार। युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत बर्दिया जिल्…

यो पनि

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् प…

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार निय…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्…