Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

बाँकेमा लोपोन्मुख पुतका मौरीको संरक्षण हुँदै

डेक्स

डेक्स

बाँकेमा लोपोन्मुख पुतका मौरीको संरक्षण हुँदै
ADVERTISEMENT

नेपालगन्ज । लामो समय मौरी पालन व्यवसायमा लाग्नुभएका बाँकेको कोहलपुर—११ का पुरमुल बस्नेत आजकल लोपोन्मुख पुत्का मौरीको संरक्षण र सम्वद्र्धनमा लाग्नुभएको छ । 
उहाँले पुत्का जातको रैथाने मौरी संकटमा भएको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा व्यक्त गर्नुभयो । 
‘मौरी पालक कृषकले जति आम्दानीको लागी मिहिनेत गरेको हुन्छ, जैविक विविधता संरक्षणमा पनि उसको दायित्व हुन्छ’ बस्नेतले भन्नुभयो । लोप हुने अवस्थामा रहेको पुत्का जातको सो मौरीलाई थारु भाषामा ‘मगरासा’र अग्रेजीमा ‘मेलिपोना’ भनेर चिनिन्छ । विश्वभर ४०० प्रजाती रहेको उक्त मौरी नेपालमा कति छ भन्ने विषयमा अनुसन्धान नभएको बताइएको छ । यसलाई खिलरहित मौरीको रुपमा समेत चिनिन्छ । रैथाने जातको सो मौरीबाट महको उत्पादन गरिएको छैन त्यसलाई बचाउनका लागि मात्रै काम भएको उहाँले बताउनुभयो । काठका मुडा र आधुनिक ३० घारमा उनीहरुको बासस्थान निर्माण गरिएको छ । ‘यो एउटा अध्ययनको विषय भएको छ र गाभर भ्यालीमा रैथाने प्रकृतिका घर बनाउनुका साथै सामुदायिक जिन बैंक स्थापना गरेर एग्रो टुरिजमको काम भएको छ’ बस्नेतले भन्नुभयो । 
यसको संरक्षणसँगै उहाँले भमरा पनि लोप हुन लागेको भन्दै त्यसको संरक्षण गर्न सुरु गर्नुभएको छ । जैविक विविधताका लागि भमरा बाहेक परागशेचन नहुने तर्क गर्दै बस्नेतले अन्य धेरै रैथाने जातका किट जोखिममा रहेको औल्याउनुभयो । उहाँ भन्नुहुन्छ ‘एउटा सेतो पाटे भमरा र अर्को कालो भमराको घार बनाएर संरक्षण गरेको छु । 
बस्नेतले भन्नुभयो—‘लोपोन्मुख मौरीको र भमराका लागि किट पाठशाला बनाउन आवश्यक छ तर त्यसको विकास भएको छैन । ’ उहाँले खाग प्रजातीको मौरीको पनि संरक्षण आवश्यक भएकोमा जोड दिदै रैथाने प्रजाती धेरै किटको बासस्थान नासिएकोमा चिन्ता व्यक्त गर्नुभयो । 
‘पहिले रैथाने हाम्रा घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिए त्यही भएर पनि यसको संरक्षण जरुरी भयो’उहाँले भन्नुभयो । 
जिल्लाको कोहलपुरका विभिन्न विद्यालयमा किटको बासस्थान बनाउन काम गरेको जानकारी दिदै वि.स २०७८ सालमा पहिलो पटक नेपाल सरकारले ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामाकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु भएको उहाँको भनाई छ । उहाँलाई नार्कको पनि साथ र सहयोग रहेको छ । नार्कले प्राविधिक रुपमा सहयोग गरिरहेको छ । यस बाहेक बर्दियामा रैथाने पशुको जीन संरक्षण गर्ने र त्सबाट मल कारखाना सुरु गर्ने तयारी समेत भएको जानकारी दिदै बस्नेतले नार्क र माटो विभागले त्यसमा सहयोग पु¥याइरहेको छ । 

हाम्रा आहारविहार र क्रियाकलापले वातावरणीय सन्तुलन बिग्रदा त्यसको असर मौरीमा पनि परेकोले जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको भएको उहाँले बताउनुभयो । वि.स २०६७ सालदेखि मौरी पालन व्यवसायमा लाग्नुभएका बस्नेतले मेलिफेरा नामक उन्नत जातको मौरी पालन गरेको जानकारी दिदै दुई घारबाट सुरु भएको मौरीपालन व्यवसाय ९० घारको हाराहारीमा पुगेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘एउटा घारबाट मात्रै करिव २० देखि २५ किलो महको उत्पादन हुन्छ ।’ 
तराईमा चल्ने शितलहर र तरकारी खेती र तोरी खेतीमा अत्यधिक बिषादीको प्रयोगले मौरी प्रभावित भएको उल्लेख गर्दै बस्नेतले हाईब्रिड उत्पादन भन्दा रैथाने जातका बालीबाट महको उत्पादन अर्गानिक र गुणस्तरिय हुने बताउनुभयो । व्वयसायिक रुपमा मौरी पालन गर्नुभएका उहाँ मौरी पालनमा प्रचुर सम्भावना भएको उल्लेख गर्दै आयआर्जनका लागि पनि सहज भएको बताउनुभयो । 
मौरीपालक कृषक समूह, बाँकेका अध्यक्ष समेत रहनुभएका बस्नेतले मौरी पालनबाट आयआर्जनको काम गरेको र करिव ९० घार मौरी पालनमा करिव १० लाख लगानी भएको र त्यसबाट वार्षिक रु. ५ लाख आयआर्जन भएको उल्लेख गर्नुभयो । 
उहाँले मौरी चराउन बाँके र बर्दियाका विभिन्न स्थानमा घार नै बोकेर जानुपर्ने बाध्यता भएको जानकारी दिदै पहिले मौरी चराउनयोग्य भएको वा नभएको भन्ने विषयमा अध्ययन हुने बताउनुभयो । 
‘अहिले मौरी चराउने भनेको तोरी बारीमा हो, यसको सिजन छ’ बस्नेत भन्नुहुन्छ ।  बाँकेमा केही कृषक मात्रै मौरी पालन व्ववसायमा हुनुहुन्छ । जिल्लालाई मौरीको चरन क्षेत्रका हिसाबले उत्कृष्ट मानिएपनि बढी जाडो र बढी गर्मी हुने भएकाले मौरी पालनका हिसावले राम्रो नभएको कृषकहरु बताउछन । 
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सकिल अहमद यस बर्ष मौरी पालनको कार्यक्रम जिल्लामा नरहेको उल्लेख गर्दै किसानको माग नआएको बताउनुभयो । 

 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …