Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नसर्ने रोगको जोखिम बढ्दै

डेक्स

डेक्स

नसर्ने रोगको जोखिम बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज  । सुर्तिजन्य पदार्थको सेवन र अस्वस्थ्य खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । 
मुटु तथा रक्तनली, श्वासप्रश्वास, मधुमेह, मानसिक स्वास्थ्य, क्यान्सर लगायतका नसर्ने रोगका ९० प्रतिशत विरामी उपचारका लागि अस्पताल पुग्ने गरेको सरोकार भएकाले जनाएका छन । 
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा आज यहाँ आयोजना गरिएको ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ कार्यशाला गोष्ठीमा नेपालमा नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुजन जोशीले नसर्ने रोगबाट हुने मृत्यु ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको जानकारी दिनुभयो । मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने बताइएको छ ।  
सो कार्यक्रममा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयावह बन्दै गइरहेको भन्दै ती रोगहरुको रोकथामका लागि सरकारले अभियानका रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  हरेक नागरिकले आफ्नो खानपान र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उहाँले बार्षिकरुपमा आफ्नो स्वास्थ्य परीक्षणका लागि प्रतिबद्ध हुनुपनमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोगको उपचारका लागि सिफारिस लिन आउने मानिसहरु बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।  स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका समग्र स्वास्थ्य सूचकांकहरु तथा नसर्ने रोगको बढ्दो जोखिम र अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा गत आर्थिक बर्षमा ६ र यस आर्थिक बर्षमा हालसम्म ३ जना गर्भवती महिलाको ज्यान जानुमा प्रमुख कारक नसर्ने रोग रहेको नेपालगन्ज उपमहानगरका स्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले बताउनुभयो ।  

कार्यशाला गोष्ठीमा उपप्रमुख कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. दिनेशकुमार चौधरी, सुरक्षित मातृत्व सञ्जाल महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोग मानव र समाज विकासका लागि ठूलो चुनौति भएको बताए । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …