Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

नेपालगन्जका डेरी उद्योगको अनुगमन

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका डेरी उद्योगको अनुगमन
ADVERTISEMENT

बाँके, १० मङ्सिर : नेपालगन्जमा अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेवलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको विक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो ।

नेपालगन्ज नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ । नगरका विभिन्न ५ वटा डेरी उद्योग÷पसलहरुमा अनुगमन गरिएको अनुगमन शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । 

अनुगमनका क्रममा लेवलिङ नगरिएका दुध र दुग्धजन्य पदार्थ भेटिएका छन् । यस्तै उद्योग÷पसलहरुमा सरसफाईको अवस्था कमजोर देखिनुका साथै आवश्यक कागजपत्र देखिने गरी नराखेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवम् प्रतिनिधिसहितको अनुगमन टोलीले अखाद्य बस्तु नष्ट गरेको छ । खजुरारोडस्थित जनता दुग्ध डेरी उद्योगमा लेवल विनाको आधा÷आधा लिटरको ६ पोका दही नष्ट गरिएको रानाले जानकारी दिनुभयो । 

यस्तै गणेशपुरस्थित अम्बे डेरी उद्योगमा लेवलिङ नगरिएका चार पोका डुनट नष्ट गरिएको छ । डिएसपीरोडस्थित कान्हा डेरी उद्योगमा थुप्रै अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । म्याद गुज्रिएका कोकाकोला, फ्याण्टा, ४ प्याकेट ब्रेड लगायत बस्तु अनुगमन टोलीले नष्ट गरेको छ ।

यस्तै गुणस्तर विश्लेषणका लागि जनता डुग्ध डेरीबाट पनिर, अम्बेबाट घ्यु र रियासत डेरी पसल डिएसपी रोडबाट दुधको नमुना ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताउनुभयो । 

खजुरारोडस्थित खनाल डेरीमा पनि केही दुग्धजन्य बस्तु लेवलिङ नगरेको पाइएको छ । अनुगमनका क्रममा उद्योग÷पसल संचालकहरुलाई सचेत बनाइएको छ ।

उपप्रमुख राईले उपभोक्ताको असल स्वास्थ्यका लागि खाद्य बस्तुहरुको निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । राईले पछिल्लो समय डेरी पसलहरुको गुनासो बढेपछि निगरानी बढाइएको जानकारी दिनुभयो । 

अनुगमन टोलीमा उपप्रमुख राई, कार्यपालिका सदस्य वसन्त कनौजिया, नेपालगन्ज उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख अमित भूषण सुमन, खाद्य अनुसन्धान अधिकृत बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम लगायत सहभागी हुनुहुन्थ्यो ।
––––
 
ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…