Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

राज्यप्रति किन असुन्तष्ट नागरिक ?

सम्वाददाता

सम्वाददाता

राज्यप्रति किन असुन्तष्ट नागरिक  ?
ADVERTISEMENT

रविन्द्र ज्ञवाली 
नेपालगन्ज । नेपालगन्जमा पनि दुर्गा प्रसाइका समर्थन भन्दा पनि अहिलेको व्यवस्थाप्रति असन्तुष्टी व्यक्त गर्दै नागरिकहरु दबाब सृजना गरेका छन । आज साँझ नेपालगन्जको त्रिभुवन चोकमा नेपाली झण्डा बोकेर आफ्ना पिडा पोख्दै देखिए । 

किन विस्तारै आक्रोशित हुने आम नागरिकहरुको संख्या बढ्दै गरेको छ ? के असर देला त यस्तो परिस्थिति ले ?
वास्तविक नागरिकहरु वास्तव मै दिक्क भैसकेका छन अहिलेको राज्य व्यवस्थाप्रति । कतै श्रीलंका जस्तै हालत त हुने होइन ? भन्ने सोच समेत वेलाबखत उठ्ने गर्छ अहिले सबैजसो आम नागरिकहरुमा !

जनताले राजनितिक दललाई पालै पालो मौका न दिएको त होइन तर सबका सब उही एकै ड्याँङको मूला भने जस्तै !! किन विश्लेषण गर्दैनन यि राजनितिक दलका प्रमुखहरुले ? के पाक्ने गर्छ यि दल प्रमुखहरुको  मगजमा ? के नै गरौला भनेर सोच राखेका होलान् अहिले २१औं शताब्दीको जनताको अगाडी ?

मान्नै पर्छ हाम्रा नेपालका दाजुभाइ दिदी बहिनिहरुलाई सहनशीलताको हदसम्म पनि आशा गर्दै बसेका छन कि “भोली त सुधार हुन्छ कि ?“ भन्ने आशा मनमा बोकेर !

तर कुनै पनि कुराको सहनशक्तीको एउटा सीमा हुने गर्छ ! 
शायद नागरिकहरुमा अहिले त्यो सहनशक्तीको सीमा भरिएको हो कि ??? 
म एक नागरिक.. सरकारलाई सबै नेपाली नागरिकहरुको तर्फबाट भन्न चाहन्छु 

“ हे सरकार ..अहिले सम्म जे भयो..भयो..! अब ठीक यसै वेला देखी नै तिमि जनता सँग एक पटक माफी माग..नेपाली जनताको दिल निकै ठूलो छ ..अझपनि एक पटक माफ गर्नेछन जनताले  तर ..सरकार अब तिमि सुध्र ..अब विधिको शासनलाई आत्मसात गर.. !

राष्ट्रको लागी के कदम उठाउनपर्छ ..एकपटक सबै जनतासँग सल्लाह लेउ (इन्टरनेट, सामाजिक संजाल प्रयोग गर) र उनीहरु के चाहन्छन बुझ.. राष्ट्रको हीतमा के हुन सक्छ त्यही गर ..अनावश्यक खर्चहरु काट... राज्यका सबै महत्वपुर्ण अंगहरु, आयोग , नियोग, सुरक्षा संयन्त्र , न्याय प्रणाली र तहहरुलाइ आदेश देउ कि सबैले संविधानले व्यवस्था गरेअनुसार काम गर्न... न हिच्किचाउ .. !

सरकार..तिमि भनिदेउ तिनिहरुलाइ “ कुनै दलको डर मान्न पर्दैन, अब जे हुन पर्छ (विधिको शासनअनुसार) त्यही गर “ हामी छौ (सरकार) .. पुरानो गल्ती अब सरकार ले यसरी नै सुधार्छ ..!! 

सरकार यहाँ धेरै जानकार विज्ञहरु पनि छन राज्यको आर्थिक स्थिति सुधार गरेर जनमुखी तथा जिम्मेदार सरकार बन तिमि ! जनताले तिमिलाइ काँधमा बोकेर जयजयकार गर्ने छन...सरकार !!! अझ पनि केही विग्रिएको छैन लडखडाएको मात्र हो !
सवै नेपालीको जय होस !!

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…