Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

राज्यप्रति किन असुन्तष्ट नागरिक ?

सम्वाददाता

सम्वाददाता

राज्यप्रति किन असुन्तष्ट नागरिक  ?
ADVERTISEMENT

रविन्द्र ज्ञवाली 
नेपालगन्ज । नेपालगन्जमा पनि दुर्गा प्रसाइका समर्थन भन्दा पनि अहिलेको व्यवस्थाप्रति असन्तुष्टी व्यक्त गर्दै नागरिकहरु दबाब सृजना गरेका छन । आज साँझ नेपालगन्जको त्रिभुवन चोकमा नेपाली झण्डा बोकेर आफ्ना पिडा पोख्दै देखिए । 

किन विस्तारै आक्रोशित हुने आम नागरिकहरुको संख्या बढ्दै गरेको छ ? के असर देला त यस्तो परिस्थिति ले ?
वास्तविक नागरिकहरु वास्तव मै दिक्क भैसकेका छन अहिलेको राज्य व्यवस्थाप्रति । कतै श्रीलंका जस्तै हालत त हुने होइन ? भन्ने सोच समेत वेलाबखत उठ्ने गर्छ अहिले सबैजसो आम नागरिकहरुमा !

जनताले राजनितिक दललाई पालै पालो मौका न दिएको त होइन तर सबका सब उही एकै ड्याँङको मूला भने जस्तै !! किन विश्लेषण गर्दैनन यि राजनितिक दलका प्रमुखहरुले ? के पाक्ने गर्छ यि दल प्रमुखहरुको  मगजमा ? के नै गरौला भनेर सोच राखेका होलान् अहिले २१औं शताब्दीको जनताको अगाडी ?

मान्नै पर्छ हाम्रा नेपालका दाजुभाइ दिदी बहिनिहरुलाई सहनशीलताको हदसम्म पनि आशा गर्दै बसेका छन कि “भोली त सुधार हुन्छ कि ?“ भन्ने आशा मनमा बोकेर !

तर कुनै पनि कुराको सहनशक्तीको एउटा सीमा हुने गर्छ ! 
शायद नागरिकहरुमा अहिले त्यो सहनशक्तीको सीमा भरिएको हो कि ??? 
म एक नागरिक.. सरकारलाई सबै नेपाली नागरिकहरुको तर्फबाट भन्न चाहन्छु 

“ हे सरकार ..अहिले सम्म जे भयो..भयो..! अब ठीक यसै वेला देखी नै तिमि जनता सँग एक पटक माफी माग..नेपाली जनताको दिल निकै ठूलो छ ..अझपनि एक पटक माफ गर्नेछन जनताले  तर ..सरकार अब तिमि सुध्र ..अब विधिको शासनलाई आत्मसात गर.. !

राष्ट्रको लागी के कदम उठाउनपर्छ ..एकपटक सबै जनतासँग सल्लाह लेउ (इन्टरनेट, सामाजिक संजाल प्रयोग गर) र उनीहरु के चाहन्छन बुझ.. राष्ट्रको हीतमा के हुन सक्छ त्यही गर ..अनावश्यक खर्चहरु काट... राज्यका सबै महत्वपुर्ण अंगहरु, आयोग , नियोग, सुरक्षा संयन्त्र , न्याय प्रणाली र तहहरुलाइ आदेश देउ कि सबैले संविधानले व्यवस्था गरेअनुसार काम गर्न... न हिच्किचाउ .. !

सरकार..तिमि भनिदेउ तिनिहरुलाइ “ कुनै दलको डर मान्न पर्दैन, अब जे हुन पर्छ (विधिको शासनअनुसार) त्यही गर “ हामी छौ (सरकार) .. पुरानो गल्ती अब सरकार ले यसरी नै सुधार्छ ..!! 

सरकार यहाँ धेरै जानकार विज्ञहरु पनि छन राज्यको आर्थिक स्थिति सुधार गरेर जनमुखी तथा जिम्मेदार सरकार बन तिमि ! जनताले तिमिलाइ काँधमा बोकेर जयजयकार गर्ने छन...सरकार !!! अझ पनि केही विग्रिएको छैन लडखडाएको मात्र हो !
सवै नेपालीको जय होस !!

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…