Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

नेपालगन्ज कनक्लेभमा ६ सवालमा बहस

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज कनक्लेभमा ६ सवालमा बहस
ADVERTISEMENT

नेपालगन्ज ८ मसिंर । नेपालगन्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा मदन पुरस्कार २०७९ का विजेता विवेक ओझादेखि राजेश हमालसम्म सहभागी हुनुहुन्थ्यो ।  

खेलकुदसँग शिक्षा र स्वाथ्यको कडी किन टुट्यो ?

कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वाथ्य र खेलकुद्’ मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय सन्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, म्याराथन धाविका सन्तोषी श्रेष्ठ सहभागी थिए । सेसनको मोडेरेसन पत्रकार प्रकाश तिमिल्सेनाले गर्नुभएको थियो । 

नीतिगत रुपमा कहाँ चुक्यौँ ?
कनक्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी शिक्षा, स्वाथ्य र खेलकुद्’ मा बाल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेलले राजतन्त्रपछि खेलकुदमा नीतिगत परिवर्तन त भयो र परिणममूखि बनाउन नसकिएको बताउनुभयो । खेलकुदमा राजनीति हाबी भयो ।

६६ सालमा खेलकुद नीति आएको तर समयसापेक्ष परिमार्जन नभएको उनको भनाइ छ । ‘ऐन त आयो तर कार्यन्वयन फितलो छ । आवश्यक साधन स्रोत र कार्ययोजना छैन । बजेटको अभाव छ । अहिलेपनि खेलकुदमा ०.५ प्रतिशतभन्दा कम छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले पनि खेलकुदलाई शिक्षासँग जोड्ने काम गर्न सकेका छैनन् । बजेटबाट आउटपुट राम्रो निकाल्न सकेका छैनौँ ।’ 

उहाँले आफू खेलकुद क्षेत्रको जिम्मेवारीमा हुँदा पाँच ‘प’ मा केन्द्रत होऔँ भनेर सुरु गरेको बताउनुभयो । ‘पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण, प्रतिभाको खोजी, प्रोत्सानका पक्षमा प्राथमिकता दिन सकेनौँ भने खेलकुदको विकास हुन सक्दैन । यी पाँच प लाई केन्द्रित गरौँ भनेर सुरु गरेका थियौँ । तर स्रोत पाउन सकेनौँ । निजी क्षेत्रलाई पनि आकर्षित गर्न सकेनौँ ।’  

खेलकुदलाई आर्थिक र पर्यटनसँग पनि जोड्न जरुरी रहको उनको भनाई छ । सबभन्दा कमजोर पाटो कार्यान्वयनको भएको भन्दै उहाँले प्रष्ट मार्गदर्शन र कार्यान्वयन नहुँदा खेलकुदले फड्को मार्न नसकेकोमा जोड दिनुभयो । ‘खेलकुदलाई शारीरिक मात्रै होइन, मानसिक, सामाजिक र भावनात्मक विकास गराउँछ । तर, यसलाई हामीले आत्मसात गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।  
उहाँले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मा नेपालगञ्जमा धेरै पूर्वाधार बनेको तर ती पूर्वाधार खण्डहरमा परिणत भएका उल्लेख गर्दै उहाँले प्रतियोगिता र प्रशिक्षण निरन्तर भएमा मात्रै पूर्वाधारको संरक्षण हुने दाबी गर्नुभयो । खेलकुदको विकास गर्ने हो भने जरैबाट लाग्नु पर्छ ।

राष्ट्रपति रनिंग शिल्ड खेलाडी उत्पादनको थलो थियो । तर वर्षमा एउटा प्रतियोगिताले मात्रै पुग्दैन । प्रतियोगिताबाट आएका खेलाडीलाई पनि निरन्तर प्रशिक्षण हुनुपर्छ । ठोस कार्ययोजनासहित तिनै तहका सरकारले प्रतियोगिता गराउन सकेमा पूर्वाधारको संरक्षण हुन्छ,’ उहाँले भन्नुभयो । 
  
खेलकुद र शिक्षालाई कसरी जोड्ने ?
विद्यालय सन्चालक शशी स्वारले सरकारी र संस्थागत दुवै विसिमका विद्यालयमा खेलकुद शिक्षकको योग्यताको मापदण्ड पालना नभएको र अनुगमन पनि नहुने गरेको बताउनुभयो । खेलमा बालबालिकालाई प्रोत्सान गर्ने बित्तिकै अभिभावकहरु पढाईमा असर पर्छ भन्छन् ।

अभिभावकहरु खेललाई लिएर नकारात्मक धारण राख्छन् । नपढ्ने विद्यार्थीले मात्रै खेल्ने हो, बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन् । चार्म छैन भनेर हो कि ? एक दुईटा कारणमात्रै होइन धेरै कारणले खेलकुदलाई प्राथमिकता दिन सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।   
अभिभावकले खेलेर के हुन्छ ? भन्ने प्रश्न गर्ने गरेको बताउँदै खेलकुदले बालबालिकाको सर्वांगिण विकास हुने र खेलमा पाइने सम्मान र खेलेर व्यक्तिले पाउने जीवउपयोगी ज्ञानका बारेमा अभिभावकहरुलाई बुझाउन जरुरी रहेको बताउनुभयो ।  

खेलकुद र स्वास्थ्यको सम्बन्ध 
मुटुरोड विशेषज्ञ डा. विकास नेपालले स्वास्थ्यलाई ठिक राख्नका लागि र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताउनुभयो । अस्वस्थ व्यवहारले लाग्छन् । नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो,’ उहाँले भन्नुभयो । बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उहाँको भनाइ छ । 

कम्तिामा हप्ताको पाँच दिन प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी रहेको उनको भनाइ छ । ‘हिडेर पुग्न सकिने ठाउँमा गाडीको प्रयोग नगरौँ । बरु साइकल चढौँ । रातो र बोसोयुक्त मासु कम खानु पर्छ । पानी धेरै खानु पर्छ । धुम्रपान गर्नु हुँदैन । मुुटुजन्य रोग ५० वर्षमाथिकालाई हुन्छ भन्ने थियो, अहिले १८ वर्षकालाई पनि हार्टअट्याक भइरहेका छन्,’ उहाँले औँल्याउनुभयो । 

विद्यालयमा खेलकुद कति जरुरी ?
म्याराथन धाविका सन्तोषी श्रेष्ठले आपजीवन जिउनलाई नै विद्यालय जीवनको खेलकुदले भूमिका खेलेको बताउनुभयो । ‘विद्यालयमा खेलकुद खेल्न नपाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन । सोच्ने क्षमतामा पनि विद्यालय जीवनको खेलकुदले ठूलो सहयोग गर्छ,’ उहाँले भन्नुभयो ।  

खेलकुदमा बालबालिकालाई प्रोत्साहन गर्न अभिभावको भूमिका प्रमुख रहेको उनको बुझाई छ । अभिभावकले सहयोग नगर्दा विद्यालयलाई पनि खेलकुदमा प्राथमिकता दिन नसकिरहेकामा उहाँले पनि सही थप्नुभयो् । उहाँले भन्नुभयो, ‘मलाई पनि अभिभावकले पढाईमा ट्यालेन्ट भएकोले पढ्दैन भन्नुहुन्थ्यो ।

मैले चाहीँ यसलाई गलत साबित गर्छुं भनेर लागें । तर सबै बालबालिकाले यस्तो गर्न सक्दैनन् । त्यसकारण अभिभावकले बालबालिकालाई निरुत्साहित नगरौँ ।’ खेलकुदलाई आर्थिक पाटोबाट मात्रै नहेरी बालबालिकाको भावनात्मक सबलता, समाज र देशका लागि हो भनेर बुझ्नुपर्ने उनले बताइन् । ‘स्वास्थ्यका लागि र जीवन जिउने कलाका लागि पनि हो । संस्कारी छोराछोरी बनाउन, जीवन र जगत बुझेको मान्छे बनाउन खेलकुद जरुरी छ,’ उहाँले भन्नुभयो ।  

 


 

 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …