Pairabi logo

माघ १३, २०८२, सोमबार                    

भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी

सम्वाददाता

सम्वाददाता

भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी
ADVERTISEMENT

नेपालगन्ज २३ कार्तिक । पश्चिम जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाँकेबासी पनि चिन्तित बनेका छन । पश्चिम क्षेत्रमा ठुलो भुकम्प जाने अनुसन्धानले देखाएपछि यहाँका संरचनाले थप जोखिम निम्त्याएको छ । 

भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि नेपालगन्जमा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं ३ र ७ बढी जोखिम भएकोले सुपर परियोजनाले विशेष अभियान संचालन गरेको छ । 

भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि दुई वडामा चार सय जना स्वयम्सेवकलाई तालिम प्रदान गरि दक्ष बनाइएको आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार विपत जुनसुकै समयमा आउने भएकाले विपतको पहिचान गरि पुर्व तयारी आवश्यक रहेको छ । 

परियोजनाले नेपालगन्ज उपमहानगरपालिकासंगको सहकार्यमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । नेपालगन्जमा जोखिमयुक्त ठाउँहरुको नक्सांकन गरेर सुपर परियोजनाले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसका लागि वडा नम्बर ३ र ७ लाई छनौट गरी पूर्व तयारीका कामहरु भइरहेका छन् । यो संगै यहाँका अन्य वडाहरुमा पनि सचेतीकरणका कार्यक्रम भइरहेका छन् । जोखिम न्युनीकरणका लागि पुर्वतयारी जरुरी रहेको छ । नेपालगन्जका पुराना घर, सानो गल्ली सडक, खुल्ला मैदानको अभाव, छिमेकीको जीर्ण घरका कारण भुकम्पको उच्च जोखिम रहेको छ ।

पुर्व तयारीबारे अभिमुखीकरण 
भुकम्पजस्ता विपतले मानिसको ज्यान लिन्दैन हामीले बनाएका कमजोर संरचनाले भत्किएर ज्यान जाने जोखिम भएकाले पुर्व तयारी गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्जमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले आज वडा नम्बर ८ र ११ का सरोकारवालासंग विपत पुर्व तयारी सम्वन्धी अभिमुखीकरण गरेको छ । 

नेपालगन्जमा विपतबाट बच्न तथा पुर्व तयारीका लागि नक्साङ्कन गर्ने, नक्सा पास गरेर घर निमार्ण गर्ने, सचेतना अभिबृद्धि गर्ने, घरका विजुली बत्तीको तार वाइरिङ्ग राम्रो गर्ने, प्राथमिक उपचारको तालिम लिनुपर्ने, सिमुलेसन गर्नुपर्ने जस्ता कार्य गर्नुपर्ने युनिसेफका नरेश निदालले जोड दिनुभयो । उहाँले जोखिम नक्सांकनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सक्ने कुरामा जोड दिनुभयोे । 

कार्यक्रममा युनिसेफका नरेश निदालले भूकम्पको जोखिम, जोखिम न्यूनीकरणका लागि सुपरले गरिरहेका गतिविधि, सरोकारवालाको चासो र सक्रियता, नागरिक दायित्व र भुकम्पको प्राविधिक ज्ञानका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले वडा स्तरमा विपद व्यवस्थापन समिति गठन, विपद पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्दारमा सामान खरिद र भण्डारण, विपद व्यवस्थापन कोष स्थापना, विमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका गतिविधि वडास्तरमा हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपत समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप शाह, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश वाजपेयीले भूकम्पको जोखिम कम गर्न आवश्यक पूर्व तयारी र सावधानीका लागि क्रियाकलाप संचालन गरी नागरिक सचेतनाको काम गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादले भूकम्पबाट हुने क्षती न्यूनीकरणका लागि नेपालगन्जमा भइरहेका प्रयास सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा वडास्तरका जनप्रतिनिधी, वडा सचिव, स्थानीय लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …