Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी

सम्वाददाता

सम्वाददाता

भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी
ADVERTISEMENT

नेपालगन्ज २३ कार्तिक । पश्चिम जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाँकेबासी पनि चिन्तित बनेका छन । पश्चिम क्षेत्रमा ठुलो भुकम्प जाने अनुसन्धानले देखाएपछि यहाँका संरचनाले थप जोखिम निम्त्याएको छ । 

भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि नेपालगन्जमा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं ३ र ७ बढी जोखिम भएकोले सुपर परियोजनाले विशेष अभियान संचालन गरेको छ । 

भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि दुई वडामा चार सय जना स्वयम्सेवकलाई तालिम प्रदान गरि दक्ष बनाइएको आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार विपत जुनसुकै समयमा आउने भएकाले विपतको पहिचान गरि पुर्व तयारी आवश्यक रहेको छ । 

परियोजनाले नेपालगन्ज उपमहानगरपालिकासंगको सहकार्यमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । नेपालगन्जमा जोखिमयुक्त ठाउँहरुको नक्सांकन गरेर सुपर परियोजनाले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसका लागि वडा नम्बर ३ र ७ लाई छनौट गरी पूर्व तयारीका कामहरु भइरहेका छन् । यो संगै यहाँका अन्य वडाहरुमा पनि सचेतीकरणका कार्यक्रम भइरहेका छन् । जोखिम न्युनीकरणका लागि पुर्वतयारी जरुरी रहेको छ । नेपालगन्जका पुराना घर, सानो गल्ली सडक, खुल्ला मैदानको अभाव, छिमेकीको जीर्ण घरका कारण भुकम्पको उच्च जोखिम रहेको छ ।

पुर्व तयारीबारे अभिमुखीकरण 
भुकम्पजस्ता विपतले मानिसको ज्यान लिन्दैन हामीले बनाएका कमजोर संरचनाले भत्किएर ज्यान जाने जोखिम भएकाले पुर्व तयारी गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्जमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले आज वडा नम्बर ८ र ११ का सरोकारवालासंग विपत पुर्व तयारी सम्वन्धी अभिमुखीकरण गरेको छ । 

नेपालगन्जमा विपतबाट बच्न तथा पुर्व तयारीका लागि नक्साङ्कन गर्ने, नक्सा पास गरेर घर निमार्ण गर्ने, सचेतना अभिबृद्धि गर्ने, घरका विजुली बत्तीको तार वाइरिङ्ग राम्रो गर्ने, प्राथमिक उपचारको तालिम लिनुपर्ने, सिमुलेसन गर्नुपर्ने जस्ता कार्य गर्नुपर्ने युनिसेफका नरेश निदालले जोड दिनुभयो । उहाँले जोखिम नक्सांकनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सक्ने कुरामा जोड दिनुभयोे । 

कार्यक्रममा युनिसेफका नरेश निदालले भूकम्पको जोखिम, जोखिम न्यूनीकरणका लागि सुपरले गरिरहेका गतिविधि, सरोकारवालाको चासो र सक्रियता, नागरिक दायित्व र भुकम्पको प्राविधिक ज्ञानका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले वडा स्तरमा विपद व्यवस्थापन समिति गठन, विपद पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्दारमा सामान खरिद र भण्डारण, विपद व्यवस्थापन कोष स्थापना, विमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका गतिविधि वडास्तरमा हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपत समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप शाह, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश वाजपेयीले भूकम्पको जोखिम कम गर्न आवश्यक पूर्व तयारी र सावधानीका लागि क्रियाकलाप संचालन गरी नागरिक सचेतनाको काम गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादले भूकम्पबाट हुने क्षती न्यूनीकरणका लागि नेपालगन्जमा भइरहेका प्रयास सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा वडास्तरका जनप्रतिनिधी, वडा सचिव, स्थानीय लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…