Pairabi logo

असोज २६, २०८३, सोमबार                    

काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल

डेक्स

डेक्स

काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल
ADVERTISEMENT

जाजरकोट, १२ कात्तिक : शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिइएको  छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने  स्थानीयको भनाइ छ । 

अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन् । ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत सुलिगाड खोला तर्नुपर्ने विवशता रहेको छ  । जीर्ण रहेका ती काठका लाप्काबाट आवतजावत गर्दा दुर्घटनाको सम्भावनासमेत हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताउनुभयो । 

डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ । सुलिगाडबाट पैदल हिँडेर तालसम्म दुई दिनमा पुग्न सकिन्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्गसमेत भरपर्दो भएमा आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्ला वर्षमा तालसम्म पुग्नका लागि धेरैको चासो बढेको छ । 

फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ रिग्मोगाउँ नजिकै रहेको छ । समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल चार दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको गहिराइ एक सय ४५ मिटर भन्ने गरेता पनि स्थानीयका अनुसार छ सय ५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् । दिनमा मौसमअनुसार पटक–पटक रङ परिवर्तन गर्ने यस ताल अङ्ग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अङ्ग फोक्सोजस्तो पनि देखिन्छ ।

फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगाडबाट माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । स्थानीयले कतै काठेपुल, कतै ठोसो, कतै लाप्कु, साँकुलगायतका विभिन्न स्थानीय नाम भन्ने गर्दछन् । परापूर्वकालमा खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाका लागि भनेर भेरिवा वा खोलाको एक किनाराबाट अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ । 

डोल्पाका अधिकांश खोलानालामा झोलुङ्गे पुल निर्माण जारी रहे पनि सुलिगाडबाट फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । सुलिगाडबाट फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झोलुङ्गे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का वडाध्यक्ष निमा लामाले बताउनुभयो ।

उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हुँदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । 

 पदमार्गका बीच–बीचमा होटल तथा अन्य सुविधा भएमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटामा समस्या आएका ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…