Pairabi logo

असोज २१, २०८३, बुधबार                    

लोकतन्त्रको अक्सिजन हो सूचनाको हक

डेक्स

डेक्स

लोकतन्त्रको अक्सिजन हो सूचनाको हक
ADVERTISEMENT

नेपालगन्ज २७, असोज । सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको ११औं वार्षिक साधारण सभा गरिएको छ । सभामा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा थाहा पाउने अधिकार सबै नागरिकको भएकाले सहजरूपमा सबै निकायले सूचनाहरु पारदर्शी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक सरोकारका कार्यमा सूचना अझ बढी महत्वपूर्ण हुन्छ, सूचना प्रदान गर्ने कार्यलाई सहज बनाउन र सेवा प्रदायक निकायविचको समन्वय हुनुपर्छ ।”  मेयर बिष्टले सूचना र सुशासनको क्षेत्रमा संस्थाले उल्लेख्य कार्य गरेको भन्दै सूचना पाउने अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकाले सूचना अधिकारी तोकेर प्रवाह गरिरहेको बताउनुभयो । 

सूचना र सुशासन विज्ञ डिजिटल राइट्स नेपालका अध्यक्ष टंकराज आर्यालले सूचनाको हक सबैभन्दा बलियो साधनको रुपमा रहेकाले सुशासन प्रबद्र्धनका लागि यसको प्रयोग व्यापक रुपमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र, लोकतन्त्रको अक्सिजनको रुपमा सूचनाको हक छ, हाम्रो ठाउँमा बाटो घाटो निमार्ण, बजेट, योजना खर्च, गुणस्तरियता लगायतका बारेमा हाम्रो चासो स्वाभाविक हो, ती कुराको खोजी गर्न, पारदर्शिता र उत्तरदायित्वका लागि सूचनाको हक प्रयोग गर्नुपर्दछ ।” 

पारदर्शी संस्कृतिको विकासका लागि सुशासन प्रर्णाली चुस्त बनाउन सूचनाको हक बलियो साधन भएको भन्दै यसको प्रयोग नागरिक स्तरबाट अभियानको रुपमा आफैबाट शुरुवात गर्नुपर्ने आग्रह गर्नुभयो । 

सभामा नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले संस्थाले संचालन गरेको अभियानले यहाँका लक्षित नागरिकले आफनो अधिकारलाई उपभोग गर्न पाएको उदाहरण दिदै भन्नुभयो, अरु संस्थाभन्दा फरक काम छ यसको, नागरिकको अधिकार तथा पहिचान गराउनमा सफल भएको छ ।” सार्वजनिक सरोकारका सवाललाई सम्बोधन गर्न नागरिक अभियान संचालन गरिएको उहाँको भनाई थियो । 

सामाजिक अभियन्ता क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्णले नेपालगन्जको सरसफाई मात्र नभई यहाँका थुप्रै स–साना समस्याहरुलाई समाधानका लागि नागरिक सचेतना अभियानको आवश्यकता रहेको बताउनुभयो । 

सभामा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्धवारिका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, उच्च अदालत बार एशोशिएशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नागरिक समाज अगुवा नन्दलाल बैश्य, मुस्लिम महिला मैमुना सिद्दिकी लगायतले बोल्नु भएको थियो । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीले एक दशक अघिको सूचनाको हक सम्वन्धी अभियानलाई संस्थागत गरिएको बताउनुभयो । त्यस अवसरमा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले संस्थाको बार्षिक प्रगतिबारे जानकारी गराउनु भएको थियो । 

संस्थाले यसवर्ष कर्मचारी प्रोत्साहन पुरस्कार संस्थाका कार्यालय सहायका सिमा हमाललाई नगद रु एक हजार पाँच सय प्रदान गरि पुरस्कृत गरेको छ । 

संस्थाले जिल्लामा सूचनाको हकको कार्यन्वयनका लागि विभिन्न अभियान तथा कार्यक्रम संचालन गरेपछि सार्वजनिक निकायहरुले त्यसको कार्यान्वयन गर्न थालेका छन ।

संस्थाले विगत १० वर्षमा विभिन्न सार्वजनिक सरोकारको सवालमा करिब दुई हजार बढी सूचना माग गरेको छ भने एक हजार बढी नागरिकलाई यस बारे सचेत गराइएको प्रतिबेदनमा उल्लेख छ । 

संस्थाले सार्वजनिक सरोकारको सवालमा समेत उच्च अदालतमा रिट दायर गर्ने अभियान पनि संचालन गर्दै आएको छ । हालसम्म करिब २० वटा सार्वजनिक सवालमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरि सोको कार्यान्वयनका लागि आदेश गरेको संस्थाले जनाएको छ । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…