Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

लोकतन्त्रको अक्सिजन हो सूचनाको हक

डेक्स

डेक्स

लोकतन्त्रको अक्सिजन हो सूचनाको हक
ADVERTISEMENT

नेपालगन्ज २७, असोज । सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको ११औं वार्षिक साधारण सभा गरिएको छ । सभामा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा थाहा पाउने अधिकार सबै नागरिकको भएकाले सहजरूपमा सबै निकायले सूचनाहरु पारदर्शी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक सरोकारका कार्यमा सूचना अझ बढी महत्वपूर्ण हुन्छ, सूचना प्रदान गर्ने कार्यलाई सहज बनाउन र सेवा प्रदायक निकायविचको समन्वय हुनुपर्छ ।”  मेयर बिष्टले सूचना र सुशासनको क्षेत्रमा संस्थाले उल्लेख्य कार्य गरेको भन्दै सूचना पाउने अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकाले सूचना अधिकारी तोकेर प्रवाह गरिरहेको बताउनुभयो । 

सूचना र सुशासन विज्ञ डिजिटल राइट्स नेपालका अध्यक्ष टंकराज आर्यालले सूचनाको हक सबैभन्दा बलियो साधनको रुपमा रहेकाले सुशासन प्रबद्र्धनका लागि यसको प्रयोग व्यापक रुपमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र, लोकतन्त्रको अक्सिजनको रुपमा सूचनाको हक छ, हाम्रो ठाउँमा बाटो घाटो निमार्ण, बजेट, योजना खर्च, गुणस्तरियता लगायतका बारेमा हाम्रो चासो स्वाभाविक हो, ती कुराको खोजी गर्न, पारदर्शिता र उत्तरदायित्वका लागि सूचनाको हक प्रयोग गर्नुपर्दछ ।” 

पारदर्शी संस्कृतिको विकासका लागि सुशासन प्रर्णाली चुस्त बनाउन सूचनाको हक बलियो साधन भएको भन्दै यसको प्रयोग नागरिक स्तरबाट अभियानको रुपमा आफैबाट शुरुवात गर्नुपर्ने आग्रह गर्नुभयो । 

सभामा नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले संस्थाले संचालन गरेको अभियानले यहाँका लक्षित नागरिकले आफनो अधिकारलाई उपभोग गर्न पाएको उदाहरण दिदै भन्नुभयो, अरु संस्थाभन्दा फरक काम छ यसको, नागरिकको अधिकार तथा पहिचान गराउनमा सफल भएको छ ।” सार्वजनिक सरोकारका सवाललाई सम्बोधन गर्न नागरिक अभियान संचालन गरिएको उहाँको भनाई थियो । 

सामाजिक अभियन्ता क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्णले नेपालगन्जको सरसफाई मात्र नभई यहाँका थुप्रै स–साना समस्याहरुलाई समाधानका लागि नागरिक सचेतना अभियानको आवश्यकता रहेको बताउनुभयो । 

सभामा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्धवारिका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, उच्च अदालत बार एशोशिएशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नागरिक समाज अगुवा नन्दलाल बैश्य, मुस्लिम महिला मैमुना सिद्दिकी लगायतले बोल्नु भएको थियो । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीले एक दशक अघिको सूचनाको हक सम्वन्धी अभियानलाई संस्थागत गरिएको बताउनुभयो । त्यस अवसरमा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले संस्थाको बार्षिक प्रगतिबारे जानकारी गराउनु भएको थियो । 

संस्थाले यसवर्ष कर्मचारी प्रोत्साहन पुरस्कार संस्थाका कार्यालय सहायका सिमा हमाललाई नगद रु एक हजार पाँच सय प्रदान गरि पुरस्कृत गरेको छ । 

संस्थाले जिल्लामा सूचनाको हकको कार्यन्वयनका लागि विभिन्न अभियान तथा कार्यक्रम संचालन गरेपछि सार्वजनिक निकायहरुले त्यसको कार्यान्वयन गर्न थालेका छन ।

संस्थाले विगत १० वर्षमा विभिन्न सार्वजनिक सरोकारको सवालमा करिब दुई हजार बढी सूचना माग गरेको छ भने एक हजार बढी नागरिकलाई यस बारे सचेत गराइएको प्रतिबेदनमा उल्लेख छ । 

संस्थाले सार्वजनिक सरोकारको सवालमा समेत उच्च अदालतमा रिट दायर गर्ने अभियान पनि संचालन गर्दै आएको छ । हालसम्म करिब २० वटा सार्वजनिक सवालमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरि सोको कार्यान्वयनका लागि आदेश गरेको संस्थाले जनाएको छ । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…