Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण

डेक्स

डेक्स

स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज १८ भदौ । बाँकेस्थित दुई वटा अस्पतालबाट सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुचिबाट हटाएपछि नागरिक समाजले सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

नागरिक समाज तथा सर्बसाधारणको अगुवाईमा स्वास्थ्य मन्त्री र स्वास्थ्य बीमा बोर्डलाई ज्ञापनपत्र पठाइएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले आज सोमबार जिल्ला प्रशास कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो । 

स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्र भएकाले स्वास्थ्य बीमा कार्यक्रम देशका सम्पुर्ण अस्पतालहरुमा लागु गर्नुको सट्टा केही दिन अघि सरकारले देशका २६ वटा अस्पतालहरुमा सेवा प्रदायक स्वास्थ्य संस्थाको सुचिबाट हटाइएकोले उक्त निर्णयलाई सच्चयाउन आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बाँकेस्थित फत्तेबाल आँखा अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य विमा कार्यक्रम लागु गरि उक्त अस्पतालमा हरेक नागरिकको स्वास्थ्य उपचारको पहुच बृद्धि गरि पुनः सुचिमा समाबेशका लागि सरकारसंग जोडदार माग गरिएको ज्येष्ठ नागरिक अगुवा कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । 

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । बर्तमान संबिधानको धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भएको हो ।

सरकारले बीमा प्रिमियम तिर्ने गरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ । नागरिकको स्वास्थ्य अधिकारलाई प्रत्याुभत गर्नका लागि सबै अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम लागु गरि नागरिकको उपचार सेवालाई प्रभावकारी बनाउन जोड दिइएको छ । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…