Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा १५ बर्षदेखिका खानेपानी आयोजना अलपत्र

डेक्स

डेक्स

बाँकेमा १५ बर्षदेखिका खानेपानी आयोजना अलपत्र
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा १५ बर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन । 
बजेट, जनश्रमदानको अभाव र बैकल्पिक खानेपानीको स्रोतका कारण उपभोक्ता सचेत नहुँदा जयसपुर खानेपानी आयोजना लगायतका अन्य आयोजना समेत अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ । 
‘खानेपानीका सबै संरचना तयार छन तर खानेपानीको पाईप बिछ्याउन सकिएको छैन’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले भन्नुभयो । 
उहाँले गत आबमा करिव दुई किलोमिटर मात्रै पाइप विछ्याइएको जानकारी दिदै पूरानो जिर्ण भएको खानेपानी आयोजनाबाट पानी चुहावट हुने समस्याको समाधान गरिएको बताउनुभयो । 
प्रमुख न्यौपानेले उक्त खानेपानी आयोजनामार्फत नेपाल भारत सीमा क्षेत्रसम्म खानेपानी पु¥याउने योजना भएको जानकारी दिदै अहिलेसम्म ४६ धारामा खानेपानी जडान भएको उल्लेख गर्नुभयो । अझै १५ धारा जडानको लागि माग भएको छ । 
जयसपुर खानेपानी आयोजनाका अध्यक्ष बाकरअलि राईले बाटो विस्तारका कारण बिछ्याएएका पाईपलाईन भताभुङ्ग भएकाले खानेपानी आयोजना सम्पन्न हुन कठिनाई भएको उल्लेख गर्दै कम्तिमा अझै पनि १०० किलोमिटर पाइप बिछ्याउन आवश्यक भएको बताउनुभयो । 
उहाँले खानेपानी आयोजनाबाट धारा जडान भएपनि खानेपानी नियमित नभएको र राम्रो स्वच्छ खानेपानी नआएको गुनासो गर्दै १५ धारा केही दिनमा नै जडान गरिने जानकारी दिनुभयो । सो खानेपानी आयोजना वि.स २०६४ सालदेखि सुरु भएको थियो । उक्त खानेपानी आयोजनाका लागि अहिले रु. २० लाख बजेट विनियोजन भएको छ । 
जिल्लाको बैजनाथ गाउँपालिकाको बनकटुवा खानेपानी आयोजना पनि अलपत्र परेको छ । 
सडकको संरचनाका कारण आधा भन्दा बढी त्यहाँ बिछ्याइएका पाइपलाई ध्वस्त भएकाले पुनः पाईप बिछ्याउने योजना रहेको छ । सडक विस्तार हुँदा केही पाईप काटिएको र केही सडकबाट नै हटाइएको थियो । सो खानेपानी आयोजनाका लागि रु. ६० लाख बजेट विनियोजन भएको र खानेपानी आयोजनामा ५० धारा जडान गरेर पानीको वितरण सुरु भएको डिभिजन प्रमुख न्यौपाने बताउननुहुन्छ ।  

खजुरा गाउँपालिकाको राधापुर खानेपानी आयोजना पनि अलपत्र अवस्थामा रहेको छ । सडक विस्तार हुँदा त्यहाँका पाईप हटाइएकोले खानेपानी आयोजनाको काममा कठिनाई भएको छ । सो आयोजनामा विद्युतको बक्यौता वडा कार्यालयले तिरेपछि करिब ५० धारामा खानेपानी वितरणको काम सुरु भएको छ । उक्त खानेपानी आयोजनाका लागि रु.६० लाख बजेट विनियोजन भएको छ ।  
त्यस्तै पुरानो नौवास्ता खानेपानी आयोजना पनि अहिले ३७५ धारा जडान गरी खानेपनाी वितरण भएको छ । सो आयोजनाका लागि रु. २० लाख बजेट विनियोजन भएको छ । 
‘यसले पछिल्लो समय गति लिएको छ’ डिभिजिन प्रमुख न्यौपाने भन्नुहुन्छ ।  
नरैनापुरमा अझै सम्पन्न भएन खानेपानी आयोजना
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा खानेपानीको ओभरहेड टयाङ्की बनेको लामो समयसम्म कुनै खानेपानी आयोजनामार्फत खानेपानीको वितरण भएको छैन । त्यहाँ स्थानीयले हयाण्ड पाइपको पानी खान बाध्य छन । 
‘सबै वडामा ओभरहेड टयाङ्की छ तर  खानेपानी आयोजना पूरा भएका’े छैन डिभिजन प्रमुख न्यौपानेले भन्नुभयो । सो पालिकामा १२ खानेपानीका आयोजना छन । बजेट अभावका कारण त्यहाँका आयोजना पूरा हुन नसकेको बताइएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…