Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका निमार्ण

डेक्स

डेक्स

दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका निमार्ण
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो ।

भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही छिमेकी वडाका स्थानीय, नगर प्रहरी, दमकल कर्मचारी लगायत ४०३ जनालाई दक्ष बनाइएको छ । खोज तथा उद्धारका ४, आगलागी नियन्त्रण सम्बन्धि ५ र प्राथमिक उपचारका ५ गरी १४ वटा तालिम सञ्चालन गरेर चार सय दक्ष स्वयंसेवक उत्पादन गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज विहीबार विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० माथि छलफल गरिएको छ ।

सरोकारवालासंग गरिएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले नगरस्तरीय स्वयंसेवक व्युरो गठन र सञ्चालन सम्बन्धि व्यवस्था, वडा र समुदायस्तरमा स्वयंसेवक समिति गठन र परिचालन, स्वयंसेवकको काम र कर्तब्य, स्वयंसेवकको बीमा र सुरक्षा लगायत निर्देशिकामा भएको व्यवस्था र कार्यविधिबारे जानकारी गराउनुभएको थियो ।

डाँगीले तालिमका लागि स्वयंसेवक छनौट गर्दा सामुदायिक आकस्मिक प्रतिकार्य टोलीमा आबद्ध हुन इच्छुक, कम्तीमा ५० प्रतिशत महिला, युवा र स्वयंसेवीलाई प्राथमिकता दिइएको बताउनुभयो । 

छलफलमा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले विपद प्रतिकार्यको पूर्व तयारी स्वरुप दक्ष स्वयंसेवक उत्पादन गरी उचित परिचालनका लागि निर्देशिकालाई अन्तिम रुप दिन लागिएको बताउनुभयो । विष्टले सरोकारवालाहरुले दिएको सुझाबलाई समेटेर कार्यपालिका बैठकबाट पारित गरी निर्देशिका कार्यान्वयनमा ल्याउने उल्लेख गर्नुभयो ।

सबैखाले विपदसंग जुध्न सक्ने गरी आफूलाई सक्षम बनाउने क्रममा नेपालगञ्ज उपमहानगरपालिका लागिपरेको बताउँदै उहाँले जोखिमयुक्त घरहरुलाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक आवास बीमा कार्यक्रम यसै बर्षदेखि लागू गरिएको जानकारी दिनुभयो ।

भूकम्प, आगलागी, महामारी, डुबान लगायत सबैखाले विपद व्यवस्थापनका लागि थुप्रै प्रयासहरु गरिएको नगर प्रमुख विष्टको भनाई छ । 

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपदसंग जुध्न सबैले आ–आफ्नो तर्फबाट पूर्व तयारी गर्नुपर्ने बताउँदै अहिले बढी जोखिमका देखिएका हिसाबले वडा नम्बर ३ र ७ लक्षित क्रियाकलाप बढी भएपनि सबै वडाले आफूलाई सक्षम बनाउने गरी पूर्व तयारी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

छलफल कार्यक्रममा वातावरण र विपद शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनका लागि भइरहेका प्रयास र उपलब्धिसंगै स्वयंसेवक परिचालन निर्देशिकाको आवश्यकता र महत्व तथा सुपर परियोजना संयोजक शिव सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा परियोजनामार्फत भइरहेका गतिविधिहरुबारे प्रकाश पार्नुभएको थियो ।

छलफल कार्यक्रमको सहजीकरण आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नुभएको थियो ।

नगरभित्र जुनसुकै संघसंस्थाले तालिम दिएपनि उनीहरुलाई एकीकृत गर्ने उद्देश्य निर्देशिकाको रहेको छ । ज्ञवालीले त्यसलाई स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमा रोष्टर बनाएर राखिने समेत बताउनुभयो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना -सुपर_ ले विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दार सम्बन्धि तालिम दिएको हो ।

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …