Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

आँखा पक्ने संक्रमण, चार दिन विद्यालय बन्द

डेक्स

डेक्स

आँखा पक्ने संक्रमण, चार दिन विद्यालय बन्द
ADVERTISEMENT

भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोगको संक्रमण यहाँ फैलिएको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । 

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या देखिने गरेको भिजन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले बताउनुभयो । उहाँका अनुसार अहिले देनिक विरामीहरुको संख्या बढेको छ । 

आँखा पक्ने समस्या अहिले बालबालिकाहरुमा बढी देखिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा यो संक्रमण फैलिएको छ । 

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । 

यसैविच बालबालिकामा आँखा पाक्ने संक्रमण बढ्दै गएपछि नेपालगन्ज क्षेत्रका निजी विद्यालयहरु चारदिनका लागि विद्यालय बन्द भएका छन । प्याब्सन नेपालगन्ज नगर समितिले आजदेखि चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन नगर सचिव मानबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार शुक्रबारसम्म बिदा छ भने अब आइतबारदेखि विद्यालय सञ्चालन हुनेछ । 

प्याब्सनले बिदाका अवधीमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन भन्दै आँखाको समस्याबाट बच्ने उपाय लेखिएको पर्चा वितरण गरेको छ । पछिल्लो समय नेपालगन्जमा आँखा पाक्ने प्रकोप बढ्दै गएको छ । 

बालबालिकालाई उक्त प्रकोपबाट बचाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन नेपालगन्ज नगर समितिले जनाएको छ । सामुदायिक (सरकारी) विद्यालय बन्द गर्ने विषयमा भने नेपालगन्ज उपमहानगरपालिकाले केही निर्णय गरेको छैन ।
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…