Pairabi logo

माघ ०९, २०८२, बिहीबार                    

डुडुवाका ८५ जना महिला आत्मनिर्भर बन्दै

डेक्स

डेक्स

डुडुवाका ८५ जना महिला आत्मनिर्भर बन्दै
ADVERTISEMENT

डुडुवा (बाँके) १६ साउन । बाँके डुडुवा गाउँपालिकाका ८५ जना महिलाहरुलाई सिपमुलक व्यवसायतर्फ आत्मनिर्भर बनाइएको छ । लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाले समुहमा आबद्ध ८५ जना महिलाहरुलाई सिपमुलक तालिममार्फत स्वरोजगारी प्रदान गरिएको छ । 

डुडुवा गाउँपालिका वार्ड नं. ५ अन्र्तगत विभिन्न समुहमा आबद्ध महिलाहरुलाई सिलाई कटाई तालिम, ढाँका व्याँग बनाउने तालिम, जुत्ती चप्पल बनाउने तालिम र ढाँका कपडा उत्पादन गर्ने तालिम प्रदान गरिएको छ । 

तालिम पश्चात महिलाहरुलाई रोजगार बनाउनका लागि गाउँपालिकाले ९ वटा सिलाई कटाई मेसिन, ९ वटा ढाँका व्याग बनाउने मेसिन, २ वटा जुत्ती चप्पल बनाउने मेसिन र ५ वटा ढाँका कपाडा उत्पादन गर्ने मेसिन महिला समुहलाई हस्तान्तरण गरिएको छ । 
ती महिलाहरुले समुहमा उत्पादन गर्ने सामाग्री विक्रीवितरण गरि आय आर्जन गरिने उद्यम विकास सहजकर्ता सुनिता थारुले बताउनुभयो । उहाँका अनुसार महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरु स्थानीय बजारमार्फत विक्री गर्नेछन । दुईदेखि तीन महिनासम्म सञ्चालित तालिममा पुष्पा शर्मा, गिता विक, शान्ति क्षेत्री र भी लागुनले तालिम दिनुभएको थियो । 

गाउँपालिकाका बेरोजगार महिलाहरुलाई उद्यम विकास कार्यक्रममार्फत सिप प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले प्रभावकारी कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

उहाँका अनुसार गाउँमा थुप्रै महिलाहरु बेरोजगार भई घरभित्र बसिरहेकाले उनीहरुलाई सिप सिकाएर आर्थिक रुपमा आत्मनिर्भर बनाइनेछ । सिप सिकेका महिलाहरुले उत्पादन गर्ने सामाग्रीको बजारीकरणका लागि पालिकाले विशेष पहल गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले पालिका अन्र्तगत सम्पुर्ण महिलाहरुलाई शसक्तिकरण तथा दक्ष बनाइ आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

आज एक कार्यक्रमका विच सिप सिकेका महिलाहरुलाई तालिमको प्रमाण पत्र र मेसिनहरु प्रदान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्ग लगायतले बोल्नुभएको थियो । 


गाउँपालिकाको सबै वडाका महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरि स्वरोजगार बनाइने योजना रहेको छ । 
 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …