Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

डुडुवाका ८५ जना महिला आत्मनिर्भर बन्दै

डेक्स

डेक्स

डुडुवाका ८५ जना महिला आत्मनिर्भर बन्दै
ADVERTISEMENT

डुडुवा (बाँके) १६ साउन । बाँके डुडुवा गाउँपालिकाका ८५ जना महिलाहरुलाई सिपमुलक व्यवसायतर्फ आत्मनिर्भर बनाइएको छ । लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाले समुहमा आबद्ध ८५ जना महिलाहरुलाई सिपमुलक तालिममार्फत स्वरोजगारी प्रदान गरिएको छ । 

डुडुवा गाउँपालिका वार्ड नं. ५ अन्र्तगत विभिन्न समुहमा आबद्ध महिलाहरुलाई सिलाई कटाई तालिम, ढाँका व्याँग बनाउने तालिम, जुत्ती चप्पल बनाउने तालिम र ढाँका कपडा उत्पादन गर्ने तालिम प्रदान गरिएको छ । 

तालिम पश्चात महिलाहरुलाई रोजगार बनाउनका लागि गाउँपालिकाले ९ वटा सिलाई कटाई मेसिन, ९ वटा ढाँका व्याग बनाउने मेसिन, २ वटा जुत्ती चप्पल बनाउने मेसिन र ५ वटा ढाँका कपाडा उत्पादन गर्ने मेसिन महिला समुहलाई हस्तान्तरण गरिएको छ । 
ती महिलाहरुले समुहमा उत्पादन गर्ने सामाग्री विक्रीवितरण गरि आय आर्जन गरिने उद्यम विकास सहजकर्ता सुनिता थारुले बताउनुभयो । उहाँका अनुसार महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरु स्थानीय बजारमार्फत विक्री गर्नेछन । दुईदेखि तीन महिनासम्म सञ्चालित तालिममा पुष्पा शर्मा, गिता विक, शान्ति क्षेत्री र भी लागुनले तालिम दिनुभएको थियो । 

गाउँपालिकाका बेरोजगार महिलाहरुलाई उद्यम विकास कार्यक्रममार्फत सिप प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले प्रभावकारी कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

उहाँका अनुसार गाउँमा थुप्रै महिलाहरु बेरोजगार भई घरभित्र बसिरहेकाले उनीहरुलाई सिप सिकाएर आर्थिक रुपमा आत्मनिर्भर बनाइनेछ । सिप सिकेका महिलाहरुले उत्पादन गर्ने सामाग्रीको बजारीकरणका लागि पालिकाले विशेष पहल गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले पालिका अन्र्तगत सम्पुर्ण महिलाहरुलाई शसक्तिकरण तथा दक्ष बनाइ आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

आज एक कार्यक्रमका विच सिप सिकेका महिलाहरुलाई तालिमको प्रमाण पत्र र मेसिनहरु प्रदान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्ग लगायतले बोल्नुभएको थियो । 

गाउँपालिकाको सबै वडाका महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरि स्वरोजगार बनाइने योजना रहेको छ । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …