Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बाँकेका तीन कार्यालयसंग सूचना माग

डेक्स

डेक्स

बाँकेका तीन कार्यालयसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज ३ साउन । 

नेपालगन्ज शहरमा इ–रिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने इ–रिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । इ–रिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक पटक पहल गरेपनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन । 

यसैक्रममा नेपालगन्जका अधिकारकर्मीले उपमहानगरपालिका कार्यालय र यातायात व्यवस्था कार्यालयसंग सूचना माग गरेका छन । अधिबक्ताहरु विश्वजित तिवारी, बसन्त गौतम, बलबहादुर चन्द र विकास आचार्यले उपमहानगपालिकासंग हालसम्म त्यस कार्यालयमा के कतिको संख्यामा इ रिक्सा र चालक अनुमती पत्र, दर्ता, र अनुमती प्रदान गरिएको छ ? रुट परमिटको व्यवस्था छ छैन ? ई रिक्सा दर्ता ऐन नियम, कानून, ई रिक्सा दर्ता ऐन नियम, कानून र कार्यविधी के रहेको छ ? इ–रिक्सा व्यवस्थापनका लागि के कस्तो पहल भईरहेको छ ? नेपालगन्ज नगरभित्र अव्यवस्थित रुपमा इ–रिक्सा संचालन भईरुहेको, जसका कारण यात्रु, सवारी आवागमनमा समस्या रहेकोले यसको समाधान हुन नसक्नुको कारण के हो ? र ई–रिक्सा संचालनका लागि कार्यालयले अनुमती दिने आधार के के हो ? भनेर सूचना माग गर्नुभएको छ । 

सुचनाको हक सम्वन्धी ऐन २०६४ को धारा २७ अन्र्तगत थाहा पाउने अधिकार अन्र्तगत जानकारी तथा अध्ययनका लागि सूचना माग गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष समेत रहनुभएका विश्वजित तिवारीले बताउनुभयो । 

ती चार जनाले आजै बाल गृहमा संचालित विद्यालयको स्वीकृतिका बारेमा डुडुवा गाउँपालिकासंग पनि सूचना माग गर्नुभएको छ ।

सुधार गृहमा थुनामा रहेका कानूनको विवादमा परेका बालकहरुको अध्ययनका लागि बाल सुधार गृहभित्र माध्यमिक तहको विद्यालय खोल्ने अनुमतीका लागि पटक पटक प्रयास गर्दा पनि अनुमती नदिएको र सुधार गृहमा विद्यालय खोल्न सकिने भनी शिक्षा मन्त्रालयले निर्णय गरिसकेको बालसुधार गृह भक्तपुर र विराटनगरमा विद्यालय संचालन अनुमती भईसकेको अवस्थामा यहा विद्यालय संचालन अनुमतिको लागि के पहल भएको छ बारे सूचना माग गरिएको छ ।

तीन वटै कार्यालयमा आज सूचना माग गरिएको निवेदन दिएको छ । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…