Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

अवधी समुदायमा भौंरी पर्व

डेक्स

डेक्स

अवधी समुदायमा भौंरी पर्व
ADVERTISEMENT

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले  भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व मनाउने गरिन्छ । 

मधेशी समुदायका अवधी भाषीहरुले भौंरी पर्व धुमधामसंग मनाएका हुन । यो पर्व मान्ने समुदायका व्यक्तिहरु भौरी पर्वका दिन विहानै घरको गोठ लिपपोत गर्छन । भौंरी पकाउन गुहुँको पिठो मुछी पुर्णिमा आर्थत पुर्ण गोलो आकारको परिकार बनाउने गर्छन ।

गोलो अकारको परिकार बनाई सकेपछि गाई गोरुको गोबरबाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाईगोरु बस्ने गोठमै कन्डाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जसलाई भौरी भन्ने गरिन्छ । 

अवधी समुदायमा यो पर्वको छुट्टै महत्व छ । गाई गोरु नै घरको सम्पती हो भन्ने विश्वाशले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पुजा गर्ने गरिन्छ । सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । 

घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गरिन्छ । विशेष गरि दही, भेली र चिनीसंग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत जाने र ज्वाईलाई ससुरालीमा बोलाएर भौरीसंग मिठो परिकार खाने खुवाउने प्रचलन रहेको नेपालगन्ज ६ का अवधी अगुवा शिवप्रसाद पाठकले बताउनुभयो । 
 
ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…