Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

अवधी समुदायमा भौंरी पर्व

डेक्स

डेक्स

अवधी समुदायमा भौंरी पर्व
ADVERTISEMENT

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले  भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व मनाउने गरिन्छ । 

मधेशी समुदायका अवधी भाषीहरुले भौंरी पर्व धुमधामसंग मनाएका हुन । यो पर्व मान्ने समुदायका व्यक्तिहरु भौरी पर्वका दिन विहानै घरको गोठ लिपपोत गर्छन । भौंरी पकाउन गुहुँको पिठो मुछी पुर्णिमा आर्थत पुर्ण गोलो आकारको परिकार बनाउने गर्छन ।

गोलो अकारको परिकार बनाई सकेपछि गाई गोरुको गोबरबाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाईगोरु बस्ने गोठमै कन्डाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जसलाई भौरी भन्ने गरिन्छ । 

अवधी समुदायमा यो पर्वको छुट्टै महत्व छ । गाई गोरु नै घरको सम्पती हो भन्ने विश्वाशले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पुजा गर्ने गरिन्छ । सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । 

घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गरिन्छ । विशेष गरि दही, भेली र चिनीसंग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत जाने र ज्वाईलाई ससुरालीमा बोलाएर भौरीसंग मिठो परिकार खाने खुवाउने प्रचलन रहेको नेपालगन्ज ६ का अवधी अगुवा शिवप्रसाद पाठकले बताउनुभयो । 
 
ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

यो पनि

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…