नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मुश्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ ।
फातिमा फाण्डेसन, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको बालविवाह विरुद्धको परियोजना समिक्षा गोष्ठीमा सो जानकारी दिइएको हो ।
उपमहानगरपालिकाका खास गरी वडा नं १४ र १५ मा किशोरी, महिला तथा अभिभावकसँगको सहकार्यमा फातिमा फाण्डेसनले सञ्चालन भएको विभिन्न बाल विवाह विरोधी अभियानले ७०.०३ प्रतिशत बालविवाह कम भएको र अहिले पनि १२.७५ प्रतिशत बालविवाह कायम रहेको देखिएको फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिनुभयो ।
उहाँले बालविवाह विरुद्धको अभियानलाई निरन्तरता दिने विषयमा चुनौती थपिएको उल्लेख गर्दै मदरसाको मात्रै पहुँच भएका किशोरी अहिले विद्यालय गएर पढन थालेको बताउनुभयो ।
अध्यक्ष सिद्धिकीले भन्नुभयो‘हामीलाई धर्मगुरुको अलि बढी डर थियो तर उहाँहरु पनि अहिले हाम्रो साथमा हुनुहुन्छ ।’ किशोरीलाई विद्यालय लैजानका लागि पोशाक र पुस्तकको केही समस्या भएको जानकारी दिदै उहाँले बालविवाह विरोधी अभियानलाई निरन्तरता दिन स्थानीय सरकारसँग पनि सहकार्य गर्न प्रश्ताव गरेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत मञ्जु पाण्डेले उपमहानगरपालिकाको वाड नं १९ मा किशोरी परामर्श केन्द्र स्थापना भएको जानकारी दिदै किशोरी विकास कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ की अञ्जली राउले आफू बालविवाहको दुष्चक्रमा फसेको जानकारी दिदै अभिभावलाई बुझाएपछि त्यसबाट मुक्त भएको जानकारी दिनुभयो ।
‘मैले यसका लागि धेरै नै सर्घष गर्नुपरेको छ, सायद त्यही सघर्षका कारण आज मेरो विवाह भएको छैन’उहाँले आफ्नो अनुभव सुनाउदै भन्नुभयो ।
उहाँ भन्नुहुन्छ ‘ाम धेरै पटक मेरो, बावा र आमासँग रोए त्यसपछि उहाँहरु मेरो कुरामा सहमत हुनुभयो र अहिले म कलेज पढदै छु । अञ्जलीले खास गरी किशोरी समूहमा आवद्ध भएपछि बालविवाह विरुद्धको अभियानमा एक बर्षअघि मात्रै लागेको बताउनुभयो । उहाँ कलेजको दश जोड दुईमा अध्ययनरत हुनुहुन्छ ।
परियोजनाका संयोजक उमेश गुप्ताले उपमहानगरपालिकाको वडा नं १४ र १५ मा सबैभन्दा वढी बालविवाहको समस्या भएको जानकारी दिदै बालविवाहको प्रमुख कारण गरिबी भएको बताउनुभयो ।
‘मधेसी समुदायमा किशोरीको कुरा सुन्ने प्रचलन हुदैन, त्यसैले पनि उनीहरुको समूह नै गठन गरेर काम हुदै आएको छ ’उहाँले भन्नुभयो ।
उहाँले महिलालाई नीतिगत तहमा पहुँच पु¥याउने र आर्थिक शसक्तिरकणमा जोड दिएको उल्लेख गर्दै स्थानीय स्रोत र साधनमा समेत महिलाको पहुँच बढेको बताउनुभयो ।
सो फाण्डेसनले किशोरी, महिलाको समूह बनाएर बालविवाहका बाहेक सीप विकास र क्षमता अभिवृद्धिमार्फत तरकारी खेती, बाख्रा पालन लगायतका आयआर्जनका काम समेत गरेको छ ।