Pairabi logo

माघ ०२, २०८२, बिहीबार                    

नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार

डेक्स

डेक्स

नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि करिव दुई सय जनशक्ति तयार गरिएको छ । 
सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले आज यहाँ आयोजना गरेको कार्याशाला गोष्ठीमा सो जानकारी दिइएको हो । 

उपमहानगरपालिकाको वडा नं (३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । ‘हामीले चार सय  जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौँ, जसले विपद्का बेला खोज तथा उद्धारलगायतका काम गर्न सकोस्’, उहाँले भन्नुभयो, ‘उनीहरूका लागि आवश्यक सबै प्रकारका तालिम प्रदान गरिएको छ ।’ 


उक्त दुई वडा भूकम्पको उच्च जोखिममा रहनाका साथै आगलागी वा अन्य विपद्का घटना हुँदा आवतजावत गर्न कठिनाइ हुने  क्षेत्रका रुपमा लिइएको छ । ती वडामा भूकम्प तथा आगलागीका घटनामा समुदायमा चेतना जगाउने काम  र भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यासलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका परामर्शदाता डा सुजन मल्लले विपद्मा प्रतिकार्य क्षमता बढाउन नसेकेको बताए । विपद्का लागि बेग्लै चार तहको संयन्त्र आवश्यक परेको र यसका लागि स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिए । 

‘राज्यको जलवायु परिवर्तनमा बजेट छ तर विपदमा बजेट कम छ’ डा मल्लले भन्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्लाई उपमहानगरका तर्फबाट उच्च प्राथमिकता दिइएको जानकारी दिँदै यसमा नागरिकको पनि  दायित्व  रहेको उल्लेख गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपद् पूर्वतयारीका लागि बजेट खर्च गर्न नपाउने प्रावधान रहेकाले कार्यक्रम सञ्चालनमा समस्या आएको बताउनुभयो । 

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अधिकृत शिव सुवेदीले बीमामार्फत पनि भूकम्पीय जोखिम कम गराउन सकिने चर्चा गर्दै सबै सरोकार भएका समुदाय विपद्मा चनाखो हुन आवश्यक रहेको बताउनुभयो। विपद्का लागि उपमहानगरपालिकाले विपद् राहत कोषमा ८० लाख बजेट विनियोजन गरेको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ ।

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…